४३ दिनपछि खुल्यो राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार

२ चैत्र २०७७, सोमबार १७:३१

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको धितोपत्र कारोबार ४३ दिनपछि आजबाट खुल्ला भएको छ । नेपालको एक मात्र नेपाल स्टक एक्सचेन्जमा आजबाट सो कम्पनीको शेयर कारोबार फुकुवा भएको छ ।

धितोपत्र नियम अनुसारको आवश्यक कागजपत्र नबुझाएको र वित्तीय विवरणहरु समयमा अध्यावधिक नगरेको भन्दै नेपाल स्टक एक्सचेन्जले गत माघ १८ गतेदेखि सो कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो ।

लामो समयदेखि शेयर कारोबार बन्द हुँदा लगानीकर्ताहरु अन्योलमा पर्दै आएका थिए । राष्ट्रिय बीमा कम्पनीले २०७५÷७६ को अपरिष्कृत वित्तीय विवरण र अन्य अपरिष्कृत त्रैमासिक तथा अर्धवार्षिक वित्तीय विवरणहरु नेप्सेको वेवसाइटमा लगानीकर्ता र सरोकारवाला निकायले अध्ययन गर्न सक्ने गरी पठाउने प्रतिबद्धता गरेकाले कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

कोरोबार फुकुवा भएसँगै आज सो कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३१० रुपैयाँले घटेको छ । कम्पनीको शेयर प्रतिकित्ता १६,६७० हुँदा कारोबार रोक्का भएकोमा आज कारोबार बन्द हुँदा १६,३६० रुपैयाँमा बन्द भएको छ । साताको दोस्रो दिन राष्ट्रिय बीमा कम्पनीको दुई हजार पाँच सय २० कित्ता शेयर खरिद बिक्री भई चार करोड २२ लाख ५३ हजार ७७६ रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*