नेपाल इन्स्योरेन्सको साधारणसभा चैत्र २७ गते, बुक क्लोजको मिति घोषणा

६ चैत्र २०७७, शुक्रबार ०९:२९

काठमाडौं । नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीको ७२ औं बार्षिक साधारणसभा यही चैत्र २७ गते शुक्रबार सिनामंगल स्थित एयरपोर्ट होटेलमा हुने भएको छ । सो कम्पनीले आज सूचनामार्फत बार्षिक साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको साधारणसभाबाट १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष ७६/७७ मा आर्जित मुनाफाबाट कूल चुक्ता पुँजिको ८% अर्थात ९ करोड २० लाख २५ हजार ७९ रुपैयाँ बराबरको बोनस शेयर र २% अर्थात २ करोड ३० लाख ६ हजार २ सय ७० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा एजेण्डाको रुपमा लैजाने निर्णय गरिसकेको छ । कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड ३ लाख १३ हजार ४ सय ८५ रुपैयाँ छ । बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजि एक अर्ब २४ करोड २३ लाख ३८ हजार ५६३ रुपैयाँ पुग्नेछ ।

साधारण सभामा अध्यक्षको वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने कम्पनीले प्रकाशित गरेको सूचनामा जनाइएको छ ।

यसैबीच, कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीले वितरण गर्न लागेको १० प्रतिशत लाभांश लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*