शिखर इन्स्योरेन्सको दुई आर्थिक वर्षको साधारणसभा आज, बोनस अनुमोदन हुँदै र हकप्रद निष्काशन मुख्य एजेण्डा

९ चैत्र २०७७, सोमबार ११:२१

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५।०७६ र २०७६।०७७ को बार्षिक साधारणसभा आज हुँदैछ । कम्पनीको १५ र १६ औ वार्षिक साधारणसभा एकै पटक गर्न लागेको हो ।

आज हुँदै गरेको साधारणसभामा कम्पनीले प्रस्तावित बोनस शेयर पछि कामय पुँजीको थप ३० प्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव साधारणसभामा लैजाने मुख्य एजेण्डा प्रस्तावको रुपमा रहेको छ ।

कम्पनीले ३० प्रतिशत हकप्रद शेयरबाट कायम शेयर पुँजीमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २७.७६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

कम्पनीले गत साउन ४ गतेदेखि ३० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो । हकप्रद शेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ३६ करोड रुपैयाँ पुगेको थियो। यसै पुँजीमा प्रस्तावित २७.७६ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ७३ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको आजको वार्षिक साधारण सभामा यहि पुँजीको पुनः ३० प्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले बोनस शेयर वितरण पछि कायम हुने शेयर पुँजीमा सर्वसाधाण शेयरधनीको हिस्सा ४९ प्रतिशत पुर्याउने विशेष प्रस्ताव समेत पारित हुनेछ । हाल संस्थापक शेयर पुँजीको हिस्सा ६० प्रतिशत रहेको छ भने सर्वसाधारणको ४० प्रतिशत छ ।

सो कम्पनीले जनाए अनुसार साधारसभामा सर्वसाधारण समुहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*