प्रुडेन्सियल इन्स्योरेन्सको ७७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

२ बैशाख २०७८, बिहीबार १८:१३

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरधनी महालक्ष्मी विकास बैंकको नाममा रहेको करिब ७७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो नाममा रहेको ७६ हजार ९ सय ८२ शेयर कित्ता बिक्रीको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति समक्ष निवेदन दिएको र सो निवेदनमाथि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको कम्पनीले जनाएको छ ।

महालक्ष्मी विकास बैंकले आफ्नो नाममा रहेको शेयर कित्ता बिक्रीका लागी अनुमती माग संचालन समितिको बैठकमा पेस भएसंगै रित पुराई बिक्री अघी बढाउन स्वीकृती दिएको र संस्थापक शेयर बिक्री गर्न सबैभन्दा पहिला सोही बीमा कम्पनीका संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने नियम अनुसार कुनै सस्थापक शेयरधनिले उक्त शेयर किन्न चाहेमा सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात सहित केन्द्रीय कार्यालय कमलादी काठमाडौँमा किन्न चाहेको शेयर संख्यासहित निवेदन दिन भनिएको छ ।

३५ दिन भित्र लिन चाहेको शेयर खरीदमा कुनै पनि निवेदन नपरेमा प्रचलित नियमअनुसार उक्त संस्थापक शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*