बीमितको हकमा काम नगरे प्रदेश तथा शाखा प्रमुखलाई कारबाही गर्ने अध्यक्ष ओझाको चेतावनी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा पेशाप्रति इमान्दार बन्न र बीमा व्यवसाय दिगो हुनेगरी काम गर्न बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार विराटनगरमा कोशी प्रदेशस्थित बीमकका प्रदेश तथा...
भरोसाको नाममा धोका: एनआईएमबि क्यापिटलको एसआईपी योजनाले लगानीकर्तालाई बनायो सास्तीको पात्र
काठमाडौँ । साना लगानीकर्तालाई लक्षित गर्दै सञ्चालन गरिएको एनआईएमबि क्यापिटल लिमिटेडको सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) योजनामा हाल व्यापक असन्तुष्टि र गुनासो उत्पन्न भएको छ । प्रारम्भमा राम्रो प्रतिफल दिने, लगानीकर्तालाई लामो समयको लागि नियमित बचत र लगानीको अभ्यास गराउने...
बीमा कम्पनीहरुले बढाए दावी भुक्तानीको दायरा, ११ महिनामा ७३ अर्ब दावी भुक्तानी, कुनको कति ?
काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरु बीमा दावी भुक्तानीको दायरा बृद्धि गर्दै अघि बढीरहेका छन् । विशेषगरी निर्जीवन बीमा कम्पनीहरुले दावी भुक्तानी दोहोरो अंकले बृद्धि गराउन सफल भएका हुन् । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सञ्चालित बीमा कम्पनीहरुले...
रिलायबल नेपाल लाइफले पायो ‘ए माइनस’ रेटिङ, जोखिम व्यवस्थापनमा उत्कृष्ट, वित्तीय अवस्था कस्तो ?
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको इस्युअर रेटिङ सुधार भएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको रेटिङ ‘केयर–एनपी ट्रिपल बी प्लस (आईएस)’ बाट सुधार गरी ‘केयर–एनपी ए माइनस (आईएस)’ मा पुर्याएको हो । ‘केयर–एनपी ए माइनस (आईएस)’...
जीवन बीमा पोलिसी सरेण्डर ११%ले बढ्यो, ११ महिनामा बाहिरियो १३ अर्ब ५४ करोड
काठमाडौं । नेपाली जीवन बीमा क्षेत्रमा बीमा पोलिसी सरेण्डर बढ्दै गएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुबाट साढे १३ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा १३ अर्ब...
‘बण्डल प्रोडक्ट’ मार्फत सबै प्रदेशमा बीमा क्रान्ति ल्याउने अध्यक्ष ओझाको योजना
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले ‘बण्डल प्रोडक्ट’ विकास गरेर सबै प्रदेशमा बीमाको अभियान संचालन गर्न प्राधिकरण अग्रसर रहेको बताएका छन् । प्राधिकरणको आयोजनामा आज कोशी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल, विराटनगरमा कोशी प्रदेश सरकारसँग बीमा...
बीमा क्षेत्रले बढाउँदै रोजगारी, ३७ कम्पनीमा साढे १२ हजार कर्मचारी आवद्ध
काठमाडौं । नेपाली बीमा क्षेत्र पछिल्लो समय राजगारीको लागि आकर्षण गन्तव्य बन्दै गएको छ । हाल सञ्चालनमा रहेका बीमा कम्पनीमा कुल १२ हजारबढी मानिसहरुले रोजगारी पाएका छन् । बीमा कम्पनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधा तथा क्षमता अभिबृद्धि तालिमले...
खस्किंदै सिमेन्ट उद्योगको व्यापारः १३ कम्पनीले गुमाए ४ अर्ब २३ करोडको बजार, कुनको अवस्था कस्तो?
काठमाडौँ । सिमेन्ट उद्योगहरुले चार अर्बबढी रुपैयाँको व्यापार गुमाएको छ । वर्षदिनको अवधिमा मुलुकका १३ सिमेन्ट कम्पनीको कुल व्यापार ४ अर्ब २३ करोड १० लाख रुपैयाँले घटेको हो । रेटिङ एजेन्सीहरुबाट संकलित तथ्याङ्कअनुसार सन् २०२३ मा ३२ अर्ब १३...
रिलायबल नेपाल लाइफको सीईओमा लोहनी पुनः नियुक्त
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नारायण बाबु लोहनीलाई पुनः नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको १५५ औं बैठक असार १९ गते बसेको बैठकले लोहनीलाई आगामी चार वर्षको लागि पुनः सीईओमा नियुक्त गर्ने...
बीमा सम्बधी अन्तराष्ट्रिय अभ्यास र नेपालमा यसको प्रभाव
पृष्ठभूमि मानिसको जीवन, सम्पत्ति तथा दायित्वको वित्तीय नोक्सानीको क्षतिपूर्ति प्रदान गरिने प्रक्रिया नै बीमा हो । बीमा जोखिम व्यवस्थापनको एक महङ्खवपूर्ण औजार हो । जीवन वा सम्पत्तिको नोक्सानीबाट हुने क्षति न्यूनीकरण गर्न र सम्पत्तिको आर्थिकसुरक्षा प्रदान गरी जोखिम व्यवस्थापन...
साउनदेखि नियुक्त हुने कर्मचारीले पेन्सन तथा उपदान नपाउने, सामाजिक सुरक्षा प्रणाली लागू
काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२र०८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ। अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानलाई परिपत्र गर्दै सामाजिक सुरक्षा...
पोखरा नुडल्सको बेइमानीः हटपटमा विषादीयुक्त व्यापार, लाखौं ग्राहकको स्वास्थ्यमा खतरा
काठमाडौँ । बजारमा दैनिक उपभोग्य वस्तुका रूपमा बिक्री हुँदै आएको हटपट नामको चाउचाउ गुणस्तरहीन रहेको खुलासा भएको छ । पोखरा नुडल्स प्रालिले उत्पादन गर्दै आएको उक्त चाउचाउ एक महिनामै ३० हजारभन्दा बढी कार्टन बिक्री हुने गरेको पाइएको छ ।...
स्वास्थ्य बीमालाई थप सजिलो बनाउने निर्णय, जुनसुकै सरकारी अस्पतालमा उपचार पाइने
काठमाडौं । सरकारले स्वास्थ्य बीमालाई थप सजिलो बनाउने निर्णय गरेको छ । देशभरी सञ्चालनमा रहेका प्रथम सेवा बिन्दु केन्द्रहरु तोकिएका सबै सरकारी अस्पतालमा बीमितहरुले उपचार सेवा पाउने गरी स्वास्थ्य बीमा बोर्डले निर्णय गरेको हो । उक्त नयाँ व्यवस्था आगामी...
१५ स्टील उद्योगको व्यापारमा २१ अर्बको गिरावट, ११ कम्पनी अझै अर्ब क्लबमा, कुनको आम्दानी कति?
काठमाडौं । देशको भौतिक पूर्वाधार विकास सुस्त भएपछि स्टील डण्डी उद्योगको व्यापार एक वर्षमै २१.३४ प्रतिशतले घटेको छ । पूर्वाधार निर्माणको माग घट्दै जाँदा स्टीलजन्य वस्तुको बिक्रीमा गिरावट आएको हो । तर पछिल्लो समय लगानीयोग्य वातावरण तयार भइरहेको र विद्युत...
नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो साउन ६ गतेदेखि ३४.७८३ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर १० बराबर ३.४७८३ को अनुपातमा निष्कासन...
पुनर्बीमा सम्बन्धीत रहेर बीमा प्राधिकरणसँग छलफल, कमिशनको हेराफेरीमा गुनासो
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपालमा संचालित पुनर्बीमा कम्पनी, बीमकका पुनबीमा शाखाका पदाधिकारी, तथा ब्रोकर कम्पनीहरुसँग छलफल गरेको छ। बिहीबार काठमाडौंको म्यारिअट होटलमा आयोजित उक्त छलफलमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, नेपाल बीमक संघका अध्यक्ष विरेन्द्र वैदवार क्षेत्री,...
संवैधानिक नियुक्ति सम्बन्धी फैसलाले न्यायाधीशमाथि नै गम्भीर प्रश्न, एउटै मुद्दामा फरक व्याख्या र फैसला हुन्छ र ! श्रीमान ?
समाचार टिप्पणी न्यायालय अर्थात अदालत भन्ने बित्तिकै संसारभर नै एउटा चित्र अगाडि आउँछ आँखामा पट्टी लगाएर तराजु समातेको तस्बीर । हो न्यायालय स्वतन्त्र, निष्पक्ष, पारदर्शी, संविधान र कानूनहरूको पालना गराउने र विधिशास्त्रीय तरीकाले काम हुने थलो हो । न्यायालयमा...
जगदम्बा स्टीलको भट्टी बिस्फोटमा करोडौंको क्षति, पुनर्बीमा हिमालयन रि इन्स्योरेन्समा
काठमाडौं । शंकर ग्रुपको मुख्य लगानी रहेको जगदम्बा स्टीलको बारास्थित कारखानामा रहेको मुख्य भट्टीमा हिजोराति शक्तिशाली विस्फोट हुँदा करोडौं मूल्यको क्षति भएको छ । सो बिस्फोटको क्षति हिमालयन रि इन्स्योरेन्स कम्पनीमा पर्ने देखिएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनी...
जीवन बीमा कम्पनीको लघु बीमा व्यवसाय १२.३५% ले घट्यो, नेपाल–सूर्यज्योति र एशियन लाइफको उच्च ग्रोथ
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा दुई अर्ब पाँच करोड ८४ लाख रुपैयाँको लघु बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघु बीमा व्यवसाय गरीरहेका १२...
ऋणको दलदलमा अशोक स्टीलः व्यापारमा ३ अर्बको गिरावट, बजारमा घट्दै माग
काठमाडौँ । वर्षदिनमा अशोक स्टील इन्डस्ट्रिज प्रालिको आम्दानी ४६.१४ प्रतिशतले घटेको छ । कम्पनीले सन् २०२४ मा ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको स्टीलको कारोबार गरेको हो । जुन सन् २०२३ मा कम्पनीले ६ अर्ब ६६ करोड...




















