बीमा सम्बन्धी अनुसन्धान तथा तथ्याङ्क सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज बीमा सम्बन्धी अनुसन्धान तथा तथ्याङ्क सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बीमकहरूबाट प्राप्त हुने दैनिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक तथ्याङ्कहरूमा एकरूपता तथा गुणस्तर सुनिश्चित गर्ने,...
बीमक र पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी अन्तरक्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज नेपाल राष्ट्र बैंकसँग बीमक तथा पुनर्बीकका लागि विदेशी मुद्रा सटही सिफारिश सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा व्यवसायको विस्तारसँगै पुनर्बीमा, बीमा सम्बन्धी अन्तर्राष्ट्रिय कारोबार...
बैंक मौज्दात लगानीका लागि नेपाल बीमा प्राधिकरणद्वारा शिलबन्दी प्रस्ताव आह्वान
काठमाडौं। नेपाल बीमा प्राधिकरणले आफ्नो बैंक मौज्दात रकम लगानी गर्न विभिन्न वाणिज्य बैंक तथा विकास बैंकबाट शिलबन्दी प्रस्ताव माग गरेको छ। प्राधिकरणले लगानी नीति अनुसार मुद्दती निक्षेपमा रकम राख्नुपर्ने भएकाले इच्छुक बैंक तथा विकास बैंकलाई अधिकतम प्रतिफल (व्याजदर) उल्लेख...
बीमा प्राधिकरणको अध्यक्षका लागि १० पुस्ते विवरण हेरेर योग्य व्यक्ति खोज्दै छौंः अर्थमन्त्री डा. वाग्ले
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बीमा प्राधिकरणका लागि योग्य व्यक्तिलाई ल्याउने बताएका छन् । चेम्बरको आयोजनामा ’आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण तथा अर्थतन्त्रका समसामयिक विषयमा छलफल तथा संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले...
सुदूरपश्चिममा बीमा प्रवर्द्धनात्मक छलफल तथा अन्तर्क्रिया कार्यक्रम
काठमाडौं । नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, कैलालीको आयोजनामा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तह, शैक्षिक संस्था, सञ्चार क्षेत्र, बीमक, व्यवसायी तथा अन्य सरोकारवालासँग बीमा प्रवद्र्धनात्मक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन्। जेठ २४ गतेदेखि २९ गतेसम्म...
बीमा प्राधिकरणको कोशी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशस्तरीय ‘बीमा सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता’ सम्पन्न भएको छ। मोरङ उद्योग व्यापार संघको सभाहलमा आयोजित प्रतियोगितामा कोशी प्रदेशका विभिन्न ६ विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। बीमा सम्बन्धी ज्ञान,...
सरकारी पाँच संस्थाहरुले बीमाको पुनर्बीमा नेपाल पुनर्बीमामा गनुपर्ने
काठमाडौं । सरकारले सरकारी पाँच संस्थाहरुले बीमाको पुनर्बीमा नेपाल पुनर्बीमामा गनुपर्ने बताएको छ। कर्मचारी सञ्चय कोष नागरिक लगानी कोष निक्षेप तथा कर्जा बीमा बोर्ड र सामाजिक सुरक्षा कोषले सञ्चालन गर्ने सुरक्षण नेपाल पुनर्बीमा कम्पनी मार्फत गर्ने व्यवस्था सरकारले मिलाउने...
नेपाल बीमा प्राधिकरणद्वारा कोशी प्रदेशमा आयोजित रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५८औं वार्षिकोत्सवको अवसरमा कोशी प्रदेश कार्यालयद्वारा आयोजित रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरमा आयोजित उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा कुल १७८...
‘अभिकर्ताहरुको एकता आजको आवश्यकता’ भन्ने मूल नारासहित बीमा अभिकर्ता संघको आठौँ राष्ट्रिय महाधिवेशन सुरू
काठमाडौँ । पेशागत बीमा अभिकर्ता संघ नेपाल (राष्ट्रिय ट्रेड युनियन संघ) को आठौँ राष्ट्रिय महाधिवेशन (साविक तेस्रो) शुक्रबारदेखि बसुन्धरामा भव्य रुपमा सुरू भएको छ । ‘अभिकर्ताहरुको एकता आजको आवश्यकता’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महाधिवेशनले देशभर छरिएर रहेका...
गण्डकी प्रदेशले तीन दिन अभिकर्ता परीक्षा सञ्चालन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय, पोखराले तीन दिन जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ। बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ता (अभिकर्ता) को परीक्षा लिएर मात्र इजाजतपत्र प्राप्त गर्न सकिने व्यवस्था भएकाले प्रदेशले जीवन बीमा...
नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेशद्वारा हुम्लामा बीमा सचेतना कार्यक्रम आयोजना
काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले हुम्ला जिल्लामा विभिन्न सरोकारवालाहरूसँग बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यालये मंसिर १२ गते शुक्रबार खार्पुनाथ गाउँपालिकासँग, मंसिर १३ गते समकोट वडा नम्बर ५ स्थित विभिन्न महिला समूहका...
षडानन्द नगरपालिकामा बीमासम्बन्धी अन्तरक्रिया सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा भोजपुरको षडानन्द नगरपालिका मा बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा तेस्रो पक्ष बीमाअन्तर्गत पर्ने विषयहरू कर छुट, जीवन बीमाको बोनस गणना, कृषि तथा बाली बीमाका शुल्क र...
शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनमा धनकुटाको शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहमा बीमाको बारेमा पहुँच, दाबी प्रक्रिया, अनुदानका व्यवस्था तथा वर्तमान चुनौतीहरू लगायतको बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न...
नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच एपीआई इन्टिग्रेशन सम्झौता
काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि कात्तिक २५ गते मंगलबार एपीआई इन्टिग्रेशन सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत...
मोहन्याल गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, कैलालीको आयोजनामा मोहन्याल गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय उपस्थित थिए भने विशेष अतिथिको रूपमा उपाध्यक्ष कमल ब....
भोलि र पर्सि गण्डकी प्रदेशले बीमा अभिकर्ताको परीक्षा गर्दै
काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले भोलि र पर्सी जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ। बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ता (एजेन्ट) हरूले परीक्षा दिएर मात्र ईजाजतपत्र लिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको अनलाई...
नेपाल बीमा प्राधिकरणद्वारा बीमाङ्की विश्लेषकहरूसँग छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बीमाङ्की तथा बीमाङ्की विश्लेषकहरूसँग छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा...
भोलिदेखि ४ दिनसम्म बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दै प्राधिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले भोलि असोज २८ गतेदेखि लगातार ४ दिनसम्म बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ। प्राधिकरणले असोज २८, २९, ३० र ३१ गते बिहान ११ बजेदेखि दिउँसो १२ः३० बजेसम्म परीक्षा सञ्चालन गर्ने जनाएको हो। परीक्षा...
बीमा रकम हिनामिनामा कोशी अस्पतालका तीन कर्मचारी बर्खास्त, बिरामीकै उजुरीपछि पर्दाफाश
काठमाडौँ । कोशी अस्पतालको औषधि पसल (फार्मेसी) मा कार्यरत तीन जना कर्मचारीलाई स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको प्रमाणित भएपछि सेवाबाट बर्खास्त गरिएको छ । करार सेवामा कार्यरत दुई जना फार्मेसी सहायक र एक जना कार्यालय सहयोगीलाई अनियमिततामा संलग्न रहेको...
नयाँ र पृथक बीमा योजना ल्याएर आम नागरिकलाई समेट्नु बीमकको दायित्व होः सुशील सुवेदी
काठमाडौँ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील सुवेदीले बीमा कम्पनीहरूले बजारमा ल्याउने नयाँ–नयाँ पोलिसीबारे आम नागरिकलाई आधारभूत जानकारी दिनु बीमा कम्पनीकै प्रमुख दायित्व भएको बताएका छन् । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ‘जीवन बीमा ज्ञान दिग्दर्शन’ नामक पुस्तक सार्वजनिक गर्ने...


















