आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको छलाङ, जीवन बीमा कोष ११०% ले बृद्धि, खुद बीमा शुल्कसहितका सबै सूचांकमा प्रगति

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको जीवन बीमा कोष ११०.८७ प्रतिशतले बृद्धि भएको छ भने अधिकांश सूचांकमा उल्लेख्य प्रगति भएको देखिएको छ । कम्पनीले...


महालक्ष्मी विकास बैंकले एक लाख ६६ हजार कित्ता एसियन लाइफको शेयर लिलाम गर्दै

काठमाडौँ । महालक्ष्मी विकास बैंकको आफ्नो स्वामित्वमा रहेको एसियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर यहि वैशाख २६ गते लिलाम बिक्री गर्न लागेको छ । बैंकले कम्पनीको एक लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर लिलामी बिक्रीका लागि लिलाम बढाबढको सूचना...


लकडाउनकै बीचमा प्राइम लाइफको फड्को, जीवन बीमा कोषमा १४ अर्ब, खुद बीमा शुल्क र मुनाफा दुवै बढ्यो

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी थप अब्बल बनेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषको आकार १४ अर्बको पुर्याउन सफल भएको छ । गत आवको सोही अवधीमा...


युनियन लाइफको जीवन बीमा कोष ८७ प्रतिशतले बृद्धि, मुनाफा घट्दा अन्य सूचांक कस्तो ?

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार जीवन बीमा कोष उल्लेख्य रुपमा बृद्धि भएको छ भने मुनाफामा सामान्य संकुचन देखिएको छ । नयाँ जीवन बीमा...


नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २१ औं वर्षमा, खर्बमाथिको जीवन बीमा कोष, लगातार सबैभन्दा ठूलो

काठमाडौं । २०५८ साल बैशाख २१ गते औपचारिक रुपमा स्थापना भएको नेपाल लाईफ इन्स्योरेन्स आजदेखि २१ औं वर्षमा प्रवेश गरेको छ । २१ औं बार्षिकोत्सवको अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अझै सरल जीवन बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको...


नेशनल लाइफ इन्स्योरेन्स छिरेको २६ वर्षपछि सिईओ बन्दै सुरेश खत्री

काठमाडौं । मानिसले धैर्यता गरेमा एक दिन समय आउँछ भन्ने कुरा अबको केही दिनपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओ बन्दै गरेका सुरेश प्रसाद खत्रीलाई हेर्नुपर्दछ । २६ वर्ष पहिले एक्जुकेटिभ एसिस्टेन्टबाट जीवन बीमा क्षेत्रमा प्रवेश गरेका खत्री गत पुस...


युनियन लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ ११ मा हुने, शेयरधनीको हात खाली

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आगामी २०७८ साल जेठ ११ गते आव २०७५।०७६ को वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षमा आर्जित मुनाफाबाट लाभांश दिने निर्णय नगरेकाले यस साधारणसभाबाट शेयरधनीहरुले आर्थिक लाभ लिन पाउने छैनन्...


लकडाउनका बीच रिलायन्स लाइफको बीमा व्यवसायमा उल्लेख्य प्रगति, सवा दुई अर्बको जीवन बीमा कोष, मुनाफा २५ प्रतिशतले बृद्धि

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार सो कम्पनीले लकडाउनकै बीचमा उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको देखिएको छ । नयाँ कम्पनीको रुपमा चार...


एलआइसी नेपालका पूर्व कम्पनी सचिव भुजेल नेपालमा लाइफमा, कम्पनी सचिव पदमा लिए शपथ

काठमाडौं । लामो समयसम्म एलआईसी नेपालमा कम्पनी सचिवको रुपमा कार्यरत बिनोद भुजेलले सो कम्पनीबाट राजिनामा दिएका छन् । भुजेलले एलआइसी नेपाल छोडेर नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा हिजो आइतबार शपथ लिएर कार्यभार सम्हालिसकेका छन् । भुजेलले एलआईसी नेपालमा दिएको...


युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेको छ । कम्पनीको वैशााख १६ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि उपासना पौडेललाई नियुक्ति गरेको हो । वैशाख १६ गतेबाट नै...


एकतिहाई कर्मचारीबाट बीमा सेवा सूचारु गर्न निर्देशन

काठमाडौं । सरकारले जारी गरेको निषधाज्ञाको समयमा इजाजतपत्र प्राप्त बीमा कम्पनीहरुलाई बीमा समितिले सेवा प्रवाह गर्न निर्देशन दिएको छ । कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण नेपालमा पनि फैलिएसँगै स्थानीय प्रशासनहरुबाट निषेधाज्ञाको आदेश जारी भएको समयमा इजाजतपत्र प्राप्त बीमा कम्पनीहरुलाई...


३८ बीमा कम्पनीले नौ महिनामा उठाए एक खर्ब १६ अर्ब बीमा शुल्क

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कूल एक खर्ब १६ अर्ब ८८ करोड रूपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले ९३ अर्ब ८६...


एलआईसी नेपालको कम्पनी सचिवमा गिरी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोशन (एलआईसी) नेपालको कम्पनी सचिव तथा कानुन अधिकृत पदमा कार्यरत सुदर्शन गिरी नियुक्त भएका छन् । सो कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा गिरीलाई नियुक्त गरेको हो । साथै यस अघि सो पदमा कार्यरत विनोदकुमार...


‘सुरक्षित जीवन बीमा पोलिसी’ परिमार्जन गर्दै नेपाल लाइफ, बीमा शुल्कमा छुट सुविधा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफले आगामी जेठ १ गतेदेखि लागू हुने गरी सुरक्षित बीमा पोलिसी संशोधन गर्दैछ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सूचना अधिकारी दिग्बिजय सिंहका अनुसार उक्त पोलिसी बन्द गरी जेठ १ गतेदेखि...


गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनी सचिव परिवर्तन गरेको छ । कम्पनीको वैशाख १२ गते आइतबार बसेको संचालक समितिको १६८ औं बैंठकले रिक्त कम्पनी सचिव पदमामा परिपालन विभाग प्रमुखको रुपमा कार्यरत कानून अधिकृत बोधलाल पुरीलाई नियुक्ति गरको...


ज्योति लाइफको जीवन बीमा कोष दोब्बरले बृद्धि, मुनाफा बढ्दा अन्य सूचांक कस्तो ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधीमा कम्पनीको जीवन बीमा कोष दोब्बरले बृद्धि भएको छ भने मुनाफासहितका सूचांकहरु उत्साहप्रद देखिएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक...


आइएमई लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले म्यादी बीमा अन्तर्गको मृत्यु बीमा दाबी भुक्तानी गरेको हो । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका वृख बहादुर लिम्बु परिवारलाई कम्पनीले बीमा दाबी वापतको १२ लाख...


चार करोडको बीमा गरेको ३३ दिनमा बीमितको मृत्यु, रिलायबल नेपाल लाइफले १७ महिनापछि गर्यो दावी भुक्तानी

काठमाडौं । पेशाले निर्माण व्यवसायी, मसिना कन्ट्रक्सन कम्पनीका मालिक हरि प्रसाद पन्तले जीवनमा धेरै रकम कमाए र सिध्याए । २०७६ सालको दशैंअघि उनलाई बीमा गर्ने भूत चढ्यो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ता राजेन्द्र सिं साउदले...


आइएमई लाइफ इन्स्योरेन्सद्धारा पाँच लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । पश्चिम नवलपरासीको सरावल गाउँपालिका– ६ मा बीमित स्व. नरसिंह कहारको परिवारले पाँच लाख १५ हजार ७४३ रुपैयाँ वरावरको बीमा दावी भुक्तानी आफ्नै घरमा प्राप्त गरेका छन् । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पश्चिम नवलपरासीमा बीमितको मृत्यु पश्चात् बीमा...


लक्ष्मी बैंकको ‘ओरेन्ज सेभिङ प्लस’ खातामा ४.५% ब्याजदरको साथै बिमा सुविधा

काठमाडौं । लक्ष्मी बैंकको प्रिमियम बचत खाता ‘ओरेन्ज सेभिङ प्लस’ बाट ग्राहकहरूले अब ४.५% वार्षिक ब्याज दरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् । ‘ओरेन्ज सेभिङ प्लस’ खाता भएका ग्राहकले रु. १ लाख सम्मको वार्षिक स्वास्थ्य बिमा र...