मिथिला लघुवित्तको मुनाफा १ करोड ३३ लाख, कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मिथिला लघुवित्त वित्तीय संस्थाले १ करोड ३३ लाख २४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको भन्दा ३८.७३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको...
निरन्तर तेस्रो दिन समेत घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा निरन्तर तेस्रो दिन समेत सुनको मूल्य घटेको छ । सुन आज तोलामा ५०० रुपैयाँले घटेको हो । मंगलबार छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५०...
स्वावलम्बन लघुवित्तको मुनाफा ८२ प्रतिशतले घट्यो, अधिकांश सूचक ओराला, खराब कर्जा चुलियो
काठमाडौँ । स्वावलम्बन लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ८२.७० प्रतिशतले घटेर ४ करोड १५ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा...
नेशनल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २२ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी (एक अर्ब ८ करोड ४२ लाख ६ हजार २१९...
रिलायबल नेपाल लाइफको वित्तीय विवरण सार्वजनिक, जीवन बीमा कोषमा साढे आठ अर्ब, अन्य सूचांकमा सुधार
काठमाडौं । रिलायबल नेपाल लाइफले चालु आवको अर्ध बार्षिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा आठ अर्ब ४३ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । अघिल्लो वर्ष कम्पनीको...
दोस्रो त्रैमासमा नेशनल लाइफको उल्लेख्य प्रगति, ७१ अर्बको जीवन बीमा कोष, मुनाफा १६ प्रतिशतले बृद्धि
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको अर्ध बार्षिक वित्तीय विवरण प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले बीमा व्यवसाय, जीवन बीमा कोष र मुनाफा सबैमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । नेशनल लाइफले गत...
बाँसबारी काण्डमा मुछिएका अरुण चौधरीलाई रिहा गर्न अदालतको आदेश
काठमाडौँ । बाँसबारी जग्गा घोटाला प्रकरणमा मुछिएका व्यवसायी अरुण चौधरीलाई भोलि रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । म्याद थपका लागि उपस्थित गराउँदा अदालतले माघ २२ देखि लागू हुने गरी दुई दिनको म्याद थप गरेपनि मंगलबारसम्ममा रिहा...
राष्ट्र बैंकमा रोजगारीका लागि आवेदन दिएका २ हजारले फर्म नै भर्न जानेनन्, पुन आवेदन दिन आग्रह
नेपाल राष्ट्र बैंकका रोजगारी खोज्ने २ हजार ४५४ जनाले आवेदन भर्न नजाने पछि पुन आवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैंकले ती आवेदकले भरेको अनलाइन फर्ममा तोकिएको विवरण पेश नगरेको र आवश्यक कागजत प्रविष्ट नगरेको भन्दै पुनः आवेदन...
आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश प्रतिनिधि सभामा पेश
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक अध्यादेश तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० संसदमा पेश गरेको छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेस गरेका हुन् । उक्त अध्यादेशमा...
सिउरी न्यादी पावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
काठमाडौँ । सिउरी न्यादी पावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले जारी पूँजीको ४९ प्रतिशत अर्थात् ३ अर्ब ३ करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन...
पूर्व मिस नेपाल सुगारिका केसी मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा नियुक्त
काठमाडौं । पूर्व मिस नेपाल सुगारिका केसी मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा नियुक्त भएकी छन् । कम्पनीको माघ २२ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । केसीलाई आगामी वार्षिक साधारण सभाबाट...
रेड्मी नोट १३ सिरिज नेपालमा लन्च, कस्तो छ यस्का बिशेषता?
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले एक भव्य कार्यक्रम आयोजना गर्दै नेपालमारेडमी नोट १३ सिरिज सार्वजनिक गरेको छ । सोमबार होटल अलफ्टमा आयोजित एक शानदार लन्च कार्यक्रममा टेक ब्लगर्स तथा पत्रकारहरुको उपस्थितिमा शाओमीलेआफ्नो रेड्मी नोट १३ सिरिज अन्तर्गत रेड्मी...
शिक्षा र स्वास्थ्यमा लगानी वृद्धि आवश्यक छः अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा र स्वास्थ्यमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् । नुवाकोट दुप्चेश्वर –२ गाउँखर्कस्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री महलते धेरै जग्गा जमिन नभएका ठाउँमा रोजगारीको सम्भावना न्यून रहेको हुँदा...
बाँसबारी जग्गा प्रकरण : बाबुको अंश खाने तीनैलाई बराबर दण्ड, ‘राज्यले जग्गा फिर्ता माग्ने होइन, जफत गर्ने हो’
काठमाडौं । बाँसबारी छालाजुक्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अर्वपति व्यापारी विनोदकुमार चौधरीका भाइ अरुण चौधरीको १० घण्टा बयान लिएको र बयानका क्रममा अरुणले आफुहरुबाट गल्ती भएको भए जग्गा फिर्ता दिन तयार रहेको...
हप्तौंदेखि शेयर विक्रीको भुक्तानी नपाउँदा लगानीकर्ता तनावमा, नयाँ ब्रोकरको पनि उस्तै ताल, के गर्दैछ नियामक ?
काठमाडौँ । पछिल्लो समय ब्रोकर कम्पनीले हप्तौंसम्म शेयर विक्रीको रकम भुक्तानी नगरेको भन्दै लगानीकर्ता तनावमा परेका छन् । शेयर बेचेको २४ घण्टाभित्र ईडीआईएस नगर्दा क्लोजआउटमा पर्ने गरेका लगानीकर्ता ब्रोकर कम्पनीले लामो समयसम्म भुक्तानी नदिँदा तनावमा परेका हुन् । ब्रोकरमाथिको...
आधा दर्जन वाणिज्य बैंकलाई पुँजीकोषको दबाब: ऋण दिन नसक्ने अवस्थामा, लाभांशमा समेत बाधा
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अहिले साढे ६ खर्ब रुपैयाँ बढी तरलता छ । अहिले वाणिज्य बैंकहरूसँग मात्रै ५४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप छ । बैंकहरूले आफूसँग भएको निक्षेपको ९० प्रतिशतसम्म ऋण लगानी गर्न पाउँछन् । तर,...
१० बीमा कम्पनीको शेयरमूल्य बढ्दा १३ को घट्यो, कुनको कति? (एलटीपीसहित)
काठमाडौं । सोमबार नेप्से १४ अंकले बढेर २०७६ को विन्दुमा कामय भएको छ । आज बीमा सेक्टरमा तीव्र उतारचढाव हुँदा १० बीमा कम्पनीहरुको शेयरमूल्य बढ्यो भने १३ कम्पनीको शेयरमूल्य ओरालोतर्फ लाग्यो । आज समग्रमा नेप्सेमा सूचीकृत १४८ कम्पनीहरुको शेयरमूल्यमा...
वाणिज्य बैंकहरुमा कुनको सेयर मूल्य कति ?
काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । निरन्तर दिन दिन घटेको बजार आज सुधार आएको हो । बजारमा सुधार आएसँगै आज वाणिज्य बैंक समूहको सेयर १.५९ प्रतिशतले बढेर ११३८.६० बिन्दुमा बन्द भएको हो ।...
विमानस्थल सुरक्षा प्रमुख डीआईजी चन्दले लिए राजीनामा फिर्ता
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा फिर्ता लिएको खबर छ । चन्दको राजीनामा ‘रीतपूर्वक’ नभएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरिदिएको बताइएको छ । २९ वर्ष प्रहरी सेवामा...
प्रभु महालक्ष्मी लाइफबाट झण्डै साढे १ करोड सहित गाडी लिएर बाहिरएका थिए रमेश भट्टराई
काठमाडौं । प्रभु महालक्ष्मी लाइफका तत्कालीन सिईओ रमेश भट्टराईले जागिर छोडेर भीआरएस सुविधाको साथै गाडि समेत लिएर बाहिरिएका छन् । अवैध नियुक्त भएका सिईओ भट्टराई आफनो कार्यकाल नसकि नैतिकताका आधारमा बीचमै निस्किए पनि जाँदाजाँदै आफूलाई फाईदा पुग्ने निर्णय गरेर...




















