नेपाल खानेपानी संस्थानका १९८ पदका विज्ञापन रद्द

काठमाडौं । नेपाल खानेपानी संस्थानले खुला, आन्तरिक तथा बढुवा प्रतियोगिताबाट पदपूर्ति गर्ने गरी यसअघि प्रकाशित १९८ पदका सबै विज्ञापन रद्द गरेको छ। संस्थानले २०८३ वैशाख ६ गते गोरखापत्रमा सूचना प्रकाशित गरी विभिन्न पदमा कर्मचारी माग गरेको थियो। लोक सेवा...


बाढी प्रभावित हाइड्रोको शेयर कारोबारमा विशेष निगरानी राख्न सेबोनको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालै आएको विनाशकारी बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित हुन सक्ने जलविद्युत आयोजनासहित सूचीकृत कम्पनीको धितोपत्र कारोबारमा विशेष निगरानी राख्न निर्देशन दिएको छ । त्रिशूली तथा भोटेकोशी नदी प्रणाली आसपास सञ्चालनमा...


नेपाल बीमा प्राधिकरणद्वारा प्रधानमन्त्री बिपद कोषमा १० करोड हस्तान्तरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवा, नुवाकोट क्षेत्रमा आएको बिनाशकारी बाढीबाट प्रभावित जनताको राहत स्वरुप प्रधानमन्त्री विपद कोषमा १० करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपाल बीमा प्राधिकरणले हिजो अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण...


रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले पुर्याएको क्षति, खोज–उद्धार तथा राहत र पुनस्र्थापनाका विषयमा छलफल गर्न बैठक बोलाएका हुन्। बैठक सिंहदरबारस्थित रास्वपाको संसदीय दलको...


प्रधानमन्त्री र गृहमन्त्रीको खेलाँचीले अर्थतन्त्र थप चौपट, चाडपर्वमा सामान आयातमा समस्या

समाचार टिप्पणी देश, काल, परिस्थिति मात्रै होइन सामान्य राजनीति समेत नबुझेका र परराष्ट्रनीति र कुटनीतिमाथि नै इगो लिएका व्यक्तिहरुको हातमा देश पुगेपछि कसरी डुब्छ र जनता निसास्सिन्छन् भन्ने उदाहरण आजको नेपालको परिस्थितिलाई हेरे पुग्छ । रसुवागढी नाकामा आएको भीषण...


बेत्रावतीको एउटै घरमा २४ वटा शव फेला

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १०, बेत्रावतीस्थित एउटै घरभित्र २४ वटा शव फेला परेका छन्। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले ज्यान गुमाएका २४ जनाको शव एउटै घरमा फेला परेको हो। सुरक्षाकर्मीको टोलीले उक्त घरबाट...


लाभांश वितरणका लागि प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको बुकक्लोज मिति तय

काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले लाभांश वितरण गर्नका लागि बुक क्लोजको मिति तय गरेका छन् । दुवै फण्डहरुले भदौ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएका छन्। बुक...


बाढी–पहिरोले मुख्य सडक प्रभावित, पृथ्वी राजमार्गदेखि रसुवाको पासाङल्हामु सडकसम्म अवरुद्ध

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। विशेषगरी धादिङ, रसुवा, नुवाकोट, ललितपुर र काभ्रेका सडकमा आवागमनमा समस्या देखिएको छ। नेपाल प्रहरीका अनुसार धादिङको पृथ्वी राजमार्ग दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध...


आज २७ जिल्लामा बाढीको जोखिम, त्रिशुलीको जलसतह उल्लेख्य बढ्ने

काठमाडौं । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज २७ जिल्लामा बाढीको जोखिम रहेको छ भने तीमध्ये दुई जिल्लामा उच्च र बाँकी जिल्लामा मध्यम जोखिम रहेको छ। आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप,...


हिमाली र पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । आज देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका...


रिलायबल नेपाल लाइफको वार्षिकोत्सवमा प्यारातालमा वृक्षारोपण तथा सरसफाइ

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ९औँ वार्षिकोत्सव सम्पन्न भई १०औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीको आईबीआरडी शाखाको आयोजनामा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। पुनर्वास नगरपालिका–९, प्यारातालस्थित पार्कमा आयोजित कार्यक्रममा स्थानीय क्षेत्रको हरियाली प्रवद्र्धन तथा वातावरण...


रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ९३९ नाघ्यो, ३ हजार ९२५ बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या ९३९ नाघेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ९३९ जनाको शव फेला परेको हो। त्यसैगरी बाढीका कारण ३ हजार ९२५ जना सम्पर्कविहीन हुँदा खोज...


शिखर पावर डेभलपमेन्टको १ लाख ११ हजार कित्ता शेयरको लक–इन अवधि सकिँदै

काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको १ लाख ११ हजार कित्ता साधारण शेयरको लक–इन अवधि समाप्त हुने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार उक्त शेयरको लक–इन अवधि २०८३ असोज २ गते समाप्त...


रसुवा बाढी प्रभावितका लागि शंकर ग्रुपद्वारा ४ करोड आर्थिक सहयोग

काठमाडौं । बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि शंकर ग्रुपले ४ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । ग्रुपका निर्देशक दीपा अग्रवालसहित वरिष्ठ व्यवस्थापन टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ४ करोड रुपैयाँको...


आज विदेशी मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १६ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५१.९७ रुपैयाँ र बिक्रीमूल्य १५२.५७ रुपैयाँ तोकिएको छ। त्यसैगरी एक क्यानेडियन डलरको खरीददर १०९.४१ रुपैयाँ र बिक्रीदर १०९.८५...


राजनीतिक सहकार्यमा चुके बालेन, समन्वय अभावको मूल्य चुकाउँदै जनता

नबराज न्यौपाने काठमाडौं । सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीसँग भेटे गरेको तस्विर सहितको समाचार बाहिर आयो । बालेन्द्र शाह र रवि लामिछानेबीचको भेटवार्तामा प्रधानमन्त्रीले राज्यका सबै संयन्त्र सेना, प्रहरी र कर्मचारीहरु परिचालन गरेर उद्धार र राहत...


नेशनल लाइफद्वारा रसुवाका बाढीपीडितलाई एक करोड ५१ लाख हस्तान्तरण

काठमाडौं । यही भदौं १० गते रसुवा हुँदै आएको बिनाशकारी बाढीपीडितहरुलाई राहत स्वरुप नेशनल लाइफ इन्स्योरेन्सले एक करोड ५१ लाख रूपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री विपद राहत कोषमा जम्मा गर्न नेशलन लाइफ इन्स्योरेन्सले सो रकमको चेक अर्थमन्त्री डा....


बाढीपहिरो पीडितका लागि माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवा जिल्लास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अध्यक्ष रोशन केसीले उक्त सहयोग...


तातोपानी नाका बन्द गर्ने चिन सरकारको निर्णय

काठमाडौं । चीनले नेपाल–चीन व्यापारको महत्वपूर्ण स्थलमार्ग तातोपानी नाका अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । कोदारी क्षेत्रमा क्षतिग्रस्त सडक मर्मत गरी नाका पुनः सञ्चालनको तयारी भइरहेका बेला चिनियाँ पक्षले अर्को सूचना जारी नभएसम्मका लागि नाका बन्द रहने...


सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ७० लाख सहयोग

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापना र भौतिक पुनर्निर्माणका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो...