नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप...
गभर्नर पौडेलद्वारा बाढीप्रभावित बैंकका सीईओसँग छलफल, साढे ९ अर्ब कर्जा जोखिममा
काठमाडौं। रसुवा जिल्लामा आएको बाढीले बैंक तथा वित्तीय संस्थाको पूर्वाधार, सेवा प्रवाह र कर्जा–निक्षेप कारोबारमा पारेको प्रभावबारे नेपाल राष्ट्र बैंकले प्रभावित बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, डेपुटी गभर्नर किरण पण्डित र...
रिलायबल नेपाल लाइफको ९औँ वार्षिकोत्सव: उत्सवभन्दा सेवामा जोड, बाढीपीडितलाई ५१ लाख सहयोग
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले स्थापनाको ९औँ वर्ष पूरा गरेको अवसरलाई औपचारिक उत्सवभन्दा सामाजिक उत्तरदायित्व, सेवा र समुदायप्रतिको प्रतिबद्धता अभिव्यक्त गर्ने अवसरका रूपमा मनाएको छ । कम्पनीले आफ्नो ९औँ वार्षिकोत्सवको अवसरमा देशभर विभिन्न सामाजिक तथा समुदाय केन्द्रित...
बाढीपीडितको राहतमा ३ करोड दिइसकेको कृषि विकास बैंकले फेरि पठायो १० लाखको खाद्य सामग्री
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने...
उद्धार कोषमा रकम पठाउँदा सावधान रहन राष्ट्र बैंकको ७ बुँदे निर्देशन
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली क्यूआर कोड तथा नक्कली बैंक खाता विवरण प्रयोग गरी अनधिकृत रूपमा रकम संकलन तथा ठगी भइरहेको भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। रकम जम्मा गर्नुअघि आधिकारिक...
बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा बज्राचार्य, कार्यकारी निर्देशकमा शेर्पा
काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बज्राचार्यलाई समितिको नेतृत्वको जिम्मेवारी दिएको हो। मन्त्रालयले समितिको कार्यकारी निर्देशकमा आचार्य नुर्बु शेर्पालाई नियुक्त गरेको छ। त्यसैगरी सदस्यहरूमा खेन्पो शेनाङ्ग ग्याम्जो...
बाढीपीडितको घर पुनर्निर्माणमा शिवम् सिमेन्टको साथ, ११ हजार बोरा सिमेन्ट र २१ लाख सहयोग
काठमाडौँ । भदौ १० गते गएको विनासकारी बाढीले प्रभावित रसुवा जिल्लासहित बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शिवम् सिमेन्टले राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने घोषणा गरेको छ । यसअन्तर्गत,...
छोरीको उज्ज्वल भविष्यका लागि आमाले गराइन् आइएमई लाइफमा १८ लाखको जीवन बीमा
काठमाडौँ । इटहरी–३, सुनसरी निवासी सुनिता बान्तवा राईले आफ्नी नानी निसुमा तामाङ्गको उज्ज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्यले जीवन बीमा गराएकी छन्। निसुमा तामाङ्गका लागि आइएमई लाइफ इन्स्योरेन्स अन्तर्गतको बाल उज्ज्वल जीवन बीमा योजनामा २० वर्ष अवधिको बीमा गरिएको हो।...
पाकिस्तानका प्रधानमन्त्रीले टेलिफोनमार्फत दिए समवेदना, राहत पठाउँदै
काठमाडौं । नेपालको रसुवामा गएको भिषण बाढी पहिरोबारे मित्र राष्ट्र पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले र नेपाली समकक्षी बालेन्द्र शाहलाई आज अपरान्ह टेलिफोनमार्फत समवेदना व्यक्त गरेका छन् । टेलिफोन संवादमा पाकिस्तानी प्रधानमन्त्री सरिफले आपतकालिन सहायता काठमाडौं पठाएको जानकारी गराएका छन्...
वार्षिकोत्सवमा सेवाको सन्देश दिँदै रिलायबल नेपाल लाइफ, चितवनमा बृहत् रक्तदान कार्यक्रम
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ९औँ वार्षिकोत्सव तथा १०औँ स्थापना दिवसको अवसरमा चितवन रिजनद्वारा आयोजित बृहत् रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। चितवन रिजनअन्तर्गतका भण्डारा, टाँडी, हाकिमचोक, नारायणगढ तथा गैँडाकोट शाखाका कर्मचारीहरू, एजेन्सी म्यानेजरहरू, अभिकर्ताहरू, बीमितहरू...
बालेन र रविबीच भेटवार्ता, भोटेकोशी बाढी प्रभावितको उद्धार र पुनःस्थापनाबारे छलफल
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ। भेटमा उनीहरुबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत...
दाङमा २ हजार ७२४ रूख काटेर ८१ लाख हिनामिना, नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको भालुवाङ–लमही सडकखण्डमा सडक क्षेत्राधिकारभित्रका रूख कटान गरी सरकारी सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख राम पुकार जयसवालसहित नौ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको...
शिवम् होल्डिङ्सको साधारण सभा सम्पन्न, लाभांशसहित १ करोड कित्ता आईपीओ प्रस्ताव पारित
काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिड.ग्स लिमिटेडले आर्थिक वषए २०८२।०८३ को बार्षिक साधारण सभा कम्पनीका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा काठमाडौंमा सम्पन्न गरेको छ । उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले सभा समक्ष प्रस्तुत गरेको कम्पनीको बार्षिक...
बाढीपीडितका लागि हिमालयन बैंकको ३ करोड १ लाख सहयोग
काठमाडौँ । हिमालयन बैंक लिमिटेडद्वारा भदौ १० गते बिहान रसुवा जिल्ला भई बग्ने भोटेकोशी नदीमा अचानक आएको गेग्य्रान सहितको बाढीबाट भोटेकोशी र त्रिशुली नदी किनारका तथा अन्य प्रभावितहरुको सहयोगको लागि आर्थिक सहायता प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत...
भारी गिरावटमा समेत यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३.८९ अकंले घटेर २५१३.४२ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको ९३ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँको कारोबार भएको हो ।...
पुँजी बजारमा भारी गिरावटः हाइड्रो र निर्जीवन बीमाबाट भाग्दै लगानीकर्ता, यी कारण छ डरै-डर!
काठमाडौँ । पछिल्ला केही महिनादेखि सुस्त गतिमा अघि बढिरहेको नेपाली शेयर बजारमा रसुवामा आएको विनाशकारी बाढीले थप दबाब सिर्जना गरेको छ । तिब्बततर्फबाट आएको अचानकको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनाको क्षति भएको प्रारम्भिक...
सोमबार राताम्यमा समेत यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता
काठमाडौँ । शेयर बजार राताम्य बनेको छ । पछिल्ला केही महिनादेखि सुस्त गतिमा अघि बढिरहेको नेपाली शेयर बजारमा रसुवामा आएको विनाशकारी बाढीले थप दबाब सिर्जना गरेको हो । लगानीकर्ता हाइड्रोपावर निर्जीवन बीमा कम्पनीको शेयर बिक्री गरेर बाहिरिरहेका छन् ।...
कन्याममा आइएमई लाइफ सनराइज ग्रुपको एजेन्सी रिफ्रेसमेन्ट तथा अवार्ड कार्यक्रम सम्पन्न
काठमाडौँ । आइएमई लाइफ सनराइज ग्रुपको आयोजनामा इलामको पर्यटकीय स्थल कन्यामस्थित शेर्पा–२ होटलमा दुईदिने “एजेन्सी रिफ्रेसमेन्ट तथा अवार्ड कार्यक्रम–२०८३” सम्पन्न भएको छ। भदौ १३ र १४ गते सञ्चालन भएको उक्त कार्यक्रमको अध्यक्षता आइएमई लाइफ सनराइज ग्रुपका संस्थापक बुद्धिसागर ढुंगेलले...
काठमाडौंमा ग्यास अभाव, वैकल्पिक बाटोबाट आपूर्तिको तयारी
काठमाडौँ । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि उपभोक्ताले पुनः अभावको सामना गर्न थालेका छन्। बजारमा ग्यास सहज रूपमा नपाएपछि विभिन्न स्थानमा उपभोक्ताको चाप बढ्न थालेको छ। पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा बाढीका कारण सडकको केही भाग...
हिमालयन बैंकका नवनिर्वाचित अध्यक्ष डा. बैकुण्ठ अर्यालले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । हिमालयन बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्ष डा. बैकुण्ठ अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । डा. अर्यालले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । हिमालयन बैंकको सञ्चालक...




















