आज संसदका नौ समितिमा बैठक, विधेयकदेखि सुशासनसम्मका विषयमा छलफल

काठमाडौँ । संघीय संसद् मातहतका नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको तथा राष्ट्रियसभाको बैठक शुक्रबार बस्ने भएपछि आज एकै दिन धेरै समितिका बैठक बस्न लागेका हुन् । अर्थसमितिको बैठक...


आज कति छ डलर, युरो र पाउण्डको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । यस्तै,...


राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको अर्को डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आज बसेको बैठकलडेपुटी गभर्नरमा रावललाई नियुक्त गरेको हो। रिक्त डेपुटीमध्ये एकमा पण्डित २०८२ चैत २४ गते नियुक्त भएका थिए। रावल केन्द्रीय बैंकका कार्यकारी निर्देशन हुन्।...


घाइते बोकेको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण

काठमाडौं । भैरहवामा भएको सडक दुर्घटनाका घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याउँदै गरेको माउन्टेन एयरको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ । उडानका क्रममा मौसम प्रतिकूल भएपछि सुरक्षालाई ध्यानमा राख्दै पाइलटले हेलिकोप्टरलाई धादिङको गजुरी गाउँपालिका–५ स्थित वडा कार्यालय नजिकैको...


पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले भदौ ३ गते जिल्ला प्रहरी परिसर ललितपुरका नाममा उक्त आदेश जारी गरेको हो। पत्रिकामा प्रकाशित समाचारलाई...


‘१८औँ नाडा अटो शोमा गाडी मात्रै होइन, एआईदेखि ‘मेड इन नेपाल’सम्मको झलक’

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र नभई उद्योगको अवस्था, उपभोक्ताको रुचि र आगामी दिनको दिशासमेत देखाउने मञ्चका रूपमा स्थापित छ। यही कारण १८औँ नाडा अटो शो २०२६ लाई नाडाले आफ्नो ५०औँ स्थापना वर्षको स्वर्ण जयन्तीसँग...


सन नेपाल लाइफद्वारा बागमतीका एडीएम तथा इमर्जिङ सन क्लबका उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौँ ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आयोजनामा भदौ ३ गते बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२।८३ का एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। भक्तपुरस्थित रोयल थाई...


यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका ११ निर्णय

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बैठकले ११ वटा निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन्। यी हुन् ११ निर्णय – सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन...


ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको तलब मासिक ५ हजार बढ्यो

काठमाडौं । सरकारले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब वृद्धि गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको...


जापानबाट २ अर्ब ७३ करोड अनुदान लिने सरकारको निर्णय

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल (एटीसी) सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट प्राप्त...


प्रधानमन्त्री र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच ‘हेट टु हेट’ भेटवार्ता

काठमाडौं । लामो समयदेखि चिसिएको सम्बन्ध र आर्थिक नीतिका विषयमा देखिएको मतभेदका बीच प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच बुधबार ‘हेट टु हेट’ भेटवार्ता भएको छ । सरकार सञ्चालन, आर्थिक नीति, निजी क्षेत्रको विश्वास र अर्थतन्त्रलाई चलायमान बनाउने...


वालेन्द्र शाहसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौँ । वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य काम तथा हासिल गर्ने उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्रीहरूले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति...


झुटा विवरण देखाएर शिक्षक सेवा आयोगको परीक्षा, शिक्षक केसीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको सुन्दरबजारस्थित आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक नवराज केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । झुटा विवरण पेस गरी शिक्षक सेवा आयोगको परीक्षामा सहभागी भई माध्यमिक तहमा स्थायी नियुक्ति लिएको आरोपमा अख्तियारले केसीविरुद्ध...


नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

काठमाडौँ ।  नेपालको बीमा क्षेत्रमा गौरवशाली ईतिहास बोकेको यस नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको ७९औं वर्ष पूरा गरी ८० वर्षमा प्रवेश गरेको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । कम्पनीको ७९औँ वार्षिकोत्सवको अवसरमा आगामी...


नेपाल लाइफको अवार्ड कार्यक्रममा नाराबाजी, अभिकर्ताहरु पक्राउ

काठमाडौं । नेपाल लाइफको अभिकर्ताको लिडरसिप एक्सीलेन्ट अवार्ड कार्यक्रममा अभिकर्ताहरुले विरोध जनाएका छन् । अभिकर्ताहरुले निरन्तर नाराबाजी गर्दै विरोध जनाएपछि प्रहरीले उक्त विवाद मिलाउन उपस्थित भएको थियो । कार्यक्रममा निरन्तर नाराबाजी गरेसँगै प्रहरीले अभिकर्ताहरुलाई प्रकाउ समेत गरेका छन् ।पेशागत...


जेलमा रहेका आफन्त छुटाइदिने भन्दै रकम असुल्ने ‘बिचौलिया’ पक्राउ

काठमाडौं । उच्च पदस्थ व्यक्तिहरूसँग आफ्नो सम्पर्क र सम्बन्ध रहेको दाबी गर्दै थुनामा रहेका व्यक्तिका आफन्तलाई मुद्दा मिलाइदिने र थुनामुक्त गराइदिने आश्वासन दिएर रकम असुल्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ घर भई...


मार्जिन ऋण कारोबारमा नयाँ व्यवस्था प्रस्ताव, लगानीकर्ताको जोखिम नियन्त्रणमा जोड

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजारमा मार्जिन ऋण कारोबारलाई व्यवस्थित गर्न ‘मार्जिन ऋण कारोबार नियमावली, २०८३ (मस्यौदा)’ तयार गरेको छ। मस्यौदाले मार्जिन ऋण कारोबारमा लगानीकर्ता संरक्षण, बजार निष्पक्षता, जोखिममा आधारित नियमन, पारदर्शिता तथा वित्तीय स्थायित्वलाई प्राथमिकता...


बुधबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.२६ अकंले घटेर २६२२.२२ बिन्दुमा कायम भएको छ । आज ३४६ कम्पनीको ९५ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ५८ लाख रुपैयाँको कारोबार भएको हो । बुधबार ११०...


साहस उर्जासहित यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । पछिल्लो समय शेयर बजार निरन्तर घटिरहेको छ । साहस उर्जाको आज सर्वाधिक कारोबार भएको छ । त्यस्तै, सोलु हाईड्रोपावर, रिलायन्स स्पिङ्ग मिल्स, मनकामना इन्जिनियरिङ्ग, खानी खोला, रिदि पावर, विकास हाईड्रोपावर, युनाईटेड मोदी, आँखु खोला र माउन्टेन इनर्जीको...


अनिश्चितताको भुमरीमा शेयर बजारः सक्रिय लगानीकर्ता भागे, अझै छैन सुधार हुने संकेत !

काठमाडौँ । शेयर बजार पछिल्लो समय सुस्त गतिमा अघि बढिरहेको छ । कारोबार गतिविधि कायम रहे पनि बजारले स्पष्ट दिशा लिन नसक्दा लगानीकर्तामा अन्योल बढेको छ । नेप्सेमा बेलाबेला सुधारको संकेत देखिए पनि त्यसले स्थायी उकालो गति लिन सकेको...