गृहमन्त्री रमेश लेखकले राजीनामा नदिए सदन चल्न नदिने

काठमाडौं । विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिए सदन चल्न नदिने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको बैठकले आफ्नो अडानबाट ब्याक नहुने निर्णय गरेको...


डा. सुनिल शर्माको घरमा भेटियो स्पीटिङ कोब्रा सर्प, उद्धारकर्ता नै घाइते

काठमाडौं । नेपालमा विश्वकै दुर्लभ मानिने स्पिटिङ कोब्रा नामक गोमन साँप भेटिएको छ । पूर्वी नेपालको विराटनगरमा यस्तो दुर्लभ मानिने स्पिटिङ कोब्रा सर्प भेटिएको हो । विराटनगर महानगरपालिका–४, नोबेल अस्पतालका सञ्चालक तथा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाका सांसद डा.सुनील...


प्रदर्शनको पूर्वसन्ध्यामा राजावादीको प्रस्तावः राजसंस्थालाई संविधानमा समावेश गरौं

काठमाडौं । प्रदर्शनको पूर्वसन्ध्यामा राजावादीहरूले राजसंस्थालाई संविधानमा समावेश गर्न प्रस्ताव गरेका छन्। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले अपील जारी गर्दै ‘संविधानप्रदत्त अधिकार प्रयोग गरेर देशमा विद्यमान निषेध अन्त्य गर्दै सबै विचार र संस्था अट्ने नवीन समझदारी कायम गर्ने...


सन् २०३५ सम्म भारत एसियाको दोस्रो ठूलो जीवन बीमा बजार बन्ने

काठमाडौं । एलियान्ज ग्लोबल इन्स्योरेन्स रिपोर्ट २०२५ का अनुसार भारतले सन् २०३५ सम्ममा जापानलाई पछि पार्दै एसियाको दोस्रो ठूलो जीवन बीमा बजार बन्ने प्रक्षेपण गरिएको छ। रिपोर्टअनुसार भारतको जीवन बीमा बजारले प्रत्येक वर्ष औसत १०.५ प्रतिशतले वृद्धि गर्ने अनुमान...


ओली र देउवासहित सत्तारुढ दलका नेताहरुबिचको छलफल सकियो, गृहमन्त्रीले संसद्‌मा बोल्ने

काठमाडौं ।  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तारुढ दलका नेताहरुबिचको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले उठेका विषयमा संसदमा प्रस्ट...


सिटिजन्स बैंकका ग्राहकलाई हिल्टन होटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले नक्सालस्थित हिल्टन काठमाडौं होटलमा छुट पाउने भएका छन्। बैंक र उक्त होटल बीच भएको सम्झौताअनुसार होटलले सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई आफ्नो सेवा तथा सुविधामा १० प्रतिशत छुट दिनेछ। बैंकले...


समस्याग्रस्त सहकारीसहित २१ कम्पनीलाई कर बुझाउन १५ दिने अल्टिमेटम

काठमाडौं । समयमा कर नतिरेपछि मध्यस्तरीय करदाता कार्यालयले २१ वटा कम्पनीलाई १५ दिने ‘अल्टिमेटम’ दिएको छ । कार्यालय अन्तर्गत रहेका ती कम्पनीहरूलाई कर, मूल्य अभिवृद्धि कर ९भ्याट० र अन्तःशुल्क तिर्न बाँकी रहेको कर कार्यालयले जनाएको छ । तोकिएको समयभित्र...


शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर किन पुगे प्रधानमन्त्री निवास ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । संसदमा विपक्षीले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान राखेका बेला मन्त्री लेखक र सभापति देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार...


हिमालयन लाइफको नगद लाभांश घोषणा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने...


तोलामा १६ सयले घट्यो सुनको भाउ, अब प्रतितोला कति?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउमा उच्च गिरावट आएको छ। यस दिन सुन प्रतितोला १६०० सय रुपैयाँले सस्तिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ३०० रुपैयाँ रहेको छ। अघिल्लो दिन...


बजेट लगत्तै अर्थमन्त्री फेरिँदै !, कांग्रेससँग गृह र अर्थ मन्त्रालय साट्ने तयारी

काठमाडौं । एमाले निकट विश्वस्त स्रोतका अनुसार बजेट लगत्तै अर्थमन्त्री बिष्णु पौडेललाई हटाएर नयाँ अर्थमन्त्री बनाउने बारे प्रधानमन्त्री ओलीले छलफल सुरु गरेका छन् । अर्थमन्त्री पौडेलले अपेक्षा अनुसार सुधार गर्न नसकेपछि प्रधानमन्त्री ओली नयाँ अर्थमन्त्रीको खोजीमा जुटेका छन् ।...


अनलाइन परिक्षा सन्चालनमा अन्योलता: तत्काल समाधान खोजिनुपर्छ

नेपाल बीमा प्राधिकरणले सञ्चालन गर्ने जीवन बीमा अभिकर्ता लाइसेन्स परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ। यसअघि केहीपटक परीक्षा हुने भनिए पनि प्राधिकरणले बारम्बार “आईटी प्रणाली स्तरोन्नति भइरहेको” भनेर मिति सार्दै आएको छ। तर अब यो ढिलासुस्ती गम्भीर समस्याको रुपमा...


प्रतिकित्ता २८० रूपैयाँमा फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम २८० रूपैयाँ...


मधेश प्रदेश सांसदका स्वकीय सचिव पक्राउ, सांसद सिंहको मोबाइल नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मधेस प्रदेश सभा सदस्य सरोज कुमार सिंहका निजी सचिव (स्वकीय सचिव) बिनोद कुमार लाल कायस्थलाई पक्राउ गरेको छ। सांसद सिंहले विभिन्न उपभोक्ता समिति बनाएर सरकारी रकम समितिका खातामा हाल्न लगाएर पछि ति...


मर्जर प्रस्ताव सहित बेष्ट फाइनान्सले बोलायो साधारण सभा

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आउँदो असार १८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे अठ्ठाईसौं वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभाले भविष्यमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्यक सबै काम गर्न...


प्रतिकित्ता ४०० रूपैयाँमा जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर बिक्रीका लागि प्रतिकित्ता न्यूनतम मूल्य ४००...


हकप्रद निष्कासनका लागि बरुण हाइड्रोपावरको बुक क्लोज मिति तय

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि यही जेठ २२ गते बुक क्लोज गर्ने भएको छ। यससँगै जेठ २१ गतेसम्म कम्पनीको शेयर खरीद गर्ने शेयरधनीले मात्रै कम्पनीले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।...


राप्ती हाईड्रोले असार १ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आउँदो असार १ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। यस कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न...


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ १४ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यसअनुसार अमेरिकी डलर एकको खरीददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा रहेको छ। युरोपियन युरो एकको खरीददर १५४...


ट्रेड टावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । ट्रेड टावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आज जेठ १४ गते बिहान १० बजेपछि आवेदन दिन सकिनेछ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति...