सेटिङमा लाइसेन्स लिएका लघुबीमा कम्पनीहरु छानविनमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सुर्य प्रसाद सिलवालले तीन अर्ब रुपैयाँ घुस सेटिङमा लघुबीमा कम्पनीको लाइसेन्स वितरण काण्डमा सिआईबी र सम्पत्ति शुद्धिकरण विभागले हात हालेको छ । २०७९ सालको आम निर्वाचनको बेला तत्कालिन कांग्रेस, एमाले र माओवादीले...
नेपाल माइक्रो इन्स्योरेन्सको अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो । धितोपत्रसम्बन्धी ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका क्रममा श्रेष्ठ पक्राउ परेको प्रहरीको भनाइ छ ।
ग्रामिण विकास लघुवित्तका ऋणीहरुको बीमा गार्डियन माइक्रो लाइफमा गर्न सीईओको निर्देशन, सेटिङको आशंका
काठमाडौँ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाका सबै ऋणहरुको बीमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा मात्रै गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले निर्देशन दिएको खुलासा भएको छ । कम्पनीका सीईओ श्याम कुमार कटुवालले कर्मचारीहरुलाई ऋणीहरुको बीमा गार्डियन माइक्रोमा गर्ने निर्देशन...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई दिइएको लाइसेन्स नै गैर कानुनी, छानविन भए हुनसक्छ लाइसेन्स नै खारेज
काठमाडौं । प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स कम्पनीले गैरकानुनी रुपमा लाईसेन्स लिएको पाइएको छ । फर्जी र झुठा कागजात पेश गरेर प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले लघु बीमाको लाइसेन्स लिएकोले छानविन भएको अवस्थामा खारेज हुने सम्भावना प्रबल छ । बीमा ऐनले झुठा...
तेस्रो त्रैमाससम्ममा लघु निर्जीवन बीमा कम्पनीले गरे साढे ९८ करोडको ब्यवसाय, कुनले कति ?
काठमाडौं । चार वटा लघु निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷०८३ को तेस्रो त्रैमाससम्म अर्थात् चैतसम्म ९८ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुलक आर्जन गरेका छन्। सबैभन्दा बढी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले २७ करोड ८२ लाख रुपैयाँ...
स्टार माइक्रोको शेयर लिँदा गृहमन्त्री गुरुङले खुवाए प्रतिकित्ता ५० रुपैयाँ घुस !
काठमाडौं । लघु बीमा कम्पनीहरुको शेयर तत्कालिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले घुस सेटिङमा प्रतिशेयर दुई सय रुपैयाँसम्म घुस सेटिङ गरेर बिक्री गरेको सम्बन्धमा बीमापोष्टमा पटक पटक समाचार प्रकाशित भएको थियो । तीन बर्ष पुरानो उक्त समाचार...
लघुबीमा कम्पनीहरूमा एकै घरानाको १५ प्रतिशतभन्दा बढी शेयर लगानी हुँदा पनि प्राधिकरण मौन
काठमाडौं । लघुबीमा कम्पनीहरूमा प्रत्यक्ष रूपमै १५ प्रतिशतभन्दा बढी शेयर लगानी हुँदा पनि बीमा प्राधिकरण मौन बसेको पाइएको छ। नियामक निकाय नै यसरी चुप बस्नुलाई आशंकाको रुपमा पनि हेरिएको छ । बीमा ऐन, २०७९ ले बीमा कम्पनीमा एकै व्यक्ति...
दीपक भट्टको कम्पनीमा गृहमन्त्री सुदन गुरुङको सेयर, स्टार माइक्रो इन्स्योरेन्समा कालोधनको लगानी !
काठमाडौं । पछिल्लो पटक नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सुर्य प्रसाद सिलवालले सेटिङमा माइक्रो इन्स्योरेन्स कम्पनीको लाइसेन्स वितरण गरेका थिए । सो मध्ये अधिकांश दीपक भट्टले लाइसेन्स पाएका थिए । रोचक कुरा के छ भने सोही दीपक भट्टले लाइसेन्स...
नेपाल माइको इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा स्थगित
काठमाडौं । नेपाल माइको इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारण सभा (एजीएम) स्थगित गरेको जनाएको छ। यसअघि २०८३ वैशाख १० गते भरतपुरस्थित चितवन मिडटाउन होटलमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाइएको थियो। तर विशेष कारणवश सो मितिमा सभा...
लिबर्टी माइक्रो लाइफको गोलबजार र हेटौंडा शाखा उद्घाटन
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सेवा विस्तार योजना अनुरुप यही चैत्र १३ गते मधेश प्रदेश अन्तर्गत गोलबजारमा तथा चैत्र १४ गते बागमति प्रदेशको राजधानी हेटौंडामा शाखा उद्घाटन गरेको छ । गोलबजार उप–शाखाको उद्घाटन, गोलबजार न. पा....
लिबर्टी माइक्रो लाइफको २१औं शाखा कार्यालय दमकमा उद्घाटन
काठमाडौं । झापा जिल्लाको दमक नगरपालिका–८ मा लिबर्टी माईक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको २१औं शाखा कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ । उक्त कार्यालयको उद्घाटन दमक–८ का वडाध्यक्ष धर्म प्रसाद दाहाल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादवले संयुक्त...
लघु जीवन बीमा कम्पनीहरुको व्यवसाय ७२ करोड, क्रेष्ट र गार्डियनबीच कडा प्रतिस्पर्धा
काठमाडौं । नेपालमा सञ्चालित लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा ७२ करोड नौ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित तीन वटा लघु जीवन...
नेपाल माइक्रो इन्स्योरेन्सले बैशाख १० गते बोलायो साधारण सभा, के छन् एजेण्डा ?
काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा बैशाख १० गते बस्ने गरी आव्हान गरेको छ । कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले सभा चितवन मिडटाउन होटल भरतपुरमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो...
लघु निर्जीवन बीमा कम्पनीले आठ महिनामा कमाए ८२ करोड बीमाशुल्क
काठमाडौं । चार वटा लघु निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/०८३ को आठ महिना अर्थात् फागुनसम्म ८२ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुलक आर्जन गरेका छन्। सबैभन्दा बढी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले २२ करोड ८० लाख रुपैयाँ...
लघु जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ६३ करोड रुपैयाँ, कुनको कति ?
काठमाडौं । नेपालमा सञ्चालन रहेका लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ६३ करोड ७५ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरण मंगलबार सार्वजनिक गरेको विवरण अनुसार तीन लघु बीमा...
लघु निर्जीवन बीमा कम्पनीले सात महीनामा गरे ७३ करोडको व्यवसाय
काठमाडौं । नेपालमा लघु निर्जीवन बीमा व्यवसाय गरिरहेका ४ वटा कम्पनीहरूले चालू आर्थिक वर्षको सात महीनामा ७३ करोड ६२ लाख रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणको एक तथ्यांकअनुसार चालू आवको सात महीनामा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले...
नेपाल माइक्रो इन्स्योरेन्सले कमायो १ करोड ३५ लाख नाफा
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमाससम्ममा १ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिमा कम्पनीले साढे २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन...
वित्तीय सूचांकमा बलियो बन्दै क्रेष्ट माइक्रो लाइफ, ९२% ले बढ्यो समग्र व्यवसाय
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित गरेको गरेको वित्तीय विवरण अनुसार बीमा व्यवसायका साथै मुनाफामा उच्च बृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीको महाविपत्ती...
लिवर्टी माइक्रो लाइफको नाफा २५ प्रतिशत बढ्यो, समग्र वित्तीय अवस्था कस्तो?
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज प्रकाशित गरेको चालू आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा झण्डै २५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले गत आवको ६ महीनासम्म ५८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा...
लिबर्टी माइक्रो लाइफमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?
काठमाडौँ। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका भित्र तथा बाहिरका शाखाहरुका लागि कर्मचारी माग गरेको हो । कम्पनीले बर्दिबास, गैंडाकोट, बेसीसहर, भैरहवा, बुटवल, नुवाकोट, बनेपा, जनकपुर, लम्की, कटारी, इटहरी, बिर्तामोड, बर्दघाट, टांडी,...
















