ठगी तथा हुण्डी नाइकेका रुपमा चिनिएका सफलराज कुँवर सिंगापुरबाट नेपाल फर्किनासाथ पक्राउ
काठमाडौं । ठगी तथा हुण्डी नाइके भनेर चिनिएका सफलराज कुँवर त्रिभुवन विमानस्थल ओर्लिने वित्तिकै पक्राउ परेका छन् । सिंगापुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आर्लिनेवित्तिकै कुँवर पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार कुँवरलाई शनिबार राति प्रहरीले अध्यागमनको डेस्क...
भित्रि वस्त्रमा १ किलो ३०० ग्राम सुन ल्याएर ल्याउने श्रीलंकन महिला पक्राउ
काठमाडौं । दुबईबाट अवैध सुन ल्याउने श्रीलंकन महिला पक्राउ परेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति १ बजेतिर ४५ वर्षीया श्रीलंकन महिला कान्ति माथी कावास्कर पक्राउ परेकी हुन् । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट काठमाडौँ आएकी उनी...
बरहथवामा गोली चलाउने वरिष्ठ हवल्दार इलाकाबाट जिल्ला तानिए
काठमाडौं । सर्लाहीको बरहथवामा गोली चलाउने प्रहरी जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय तानिएका हुन् । आन्दोलनकारीले यादवले गोली चलाएको आरोप लगाएपछि उनलाई जिल्ला तानिएर घटनाको छानबिन भइरहेको...
त्रिविको उपकुलपति नियुक्तिमा विवाद, २० गतेको खुल्ला दरखास्त रद्द
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियाका लागि प्रकाशित विज्ञापन रद्द भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना प्रकाशित गरी जारी गरेको खुल्ला दरखास्त रद्द भएको हो । पुस २० गते...
जाजरकोटमा जाडोले मर्दै भूकम्प पीडित, अहिलेसम्म ३१ जनाको मृत्यु
काठमाडौं । चिसोका कारण जाजरकोटमा थप एक जना भूकम्पपीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँका ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको मृत्यु भएको हो । त्रिपालको बसाइले बिरामी भएपछि कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल...
सुरु लगानी गर्ने पार्टनरलाई धोका दिने ‘टुटल एप’ संस्थापक भट्ट पक्राउ
काठमाडौं । राइड सेयरिङ एप टुटलका संस्थापक रहेका शिक्षित भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भट्टलाई पक्राउ गरेको हो । नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमार्फत् उजुरी आएपछि भट्टलाई पक्राउ गरेको एसएसपी भूपेन्द्र खत्रीले बताए ।...
भारतसँगको ‘राष्ट्रघाती’ सम्झौतामा प्रधानमन्त्री प्रचण्डले गरे बचाउ, छिमेकी रिझाउन लिखतमा दोहोरो व्यवस्था
काठमाडौं । हाई इम्प्याक्ट कम्युनिटी डेप्लपमेन्ट प्रोजेक्टका नाममा भारतीय दूतावासमार्फत प्रति आयोजना २० करोडसम्म खर्च गर्न सकिने ‘राष्ट्रघाती) सम्झौताको प्रधानमन्त्री प्रचण्डले समेत बचाउ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारले राष्ट्रियहित प्रतिकूलका कुनै पनि सम्झौता नगरेको र नगर्ने बताएका हुन्...
सांघातिक आक्रमण गर्ने म्यानपावरलाई कारबाही र आफ्ना पदाधिकारीलाई थुनामुक्त नगरे संघर्षमा उत्रिने महासंघको चेतावनी
काठमाडौं । समाजवादी ट्रेड युनियन महासंघले आफ्ना उपाध्यक्षसहित केन्द्रीय सदस्य र वैदेशिक रोजगार पीडितमाथि सांघातिक आक्रमण गर्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न र आफ्ना पदाधिकारीलाई थुनामुक्त माग गरेको छ । समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष नवराज दाहालले विज्ञप्ति जारी गरेर...
नेपाल प्रहरीका ४ हजार ९२ जना सहायक हवलदारको एकैपटक सरूवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीले ४ हजार ९२ जना प्रहरी सहायक हवलदारको एकैपटक सरूवा गरेको छ । प्रहरी प्रधान कार्यालयले यसलाई आवश्यकता अनुसारको सरुवा भनेको छ । सरूवा भएका प्रहरी सहायक हवलदारहरूले माघ महिनादेखिको तलब भत्ता सरूवा भएको दरबन्दीबाटै पाउने...
टीयुको उपकुलपतिका लागि खुल्ला दरखास्त आह्वान
काठमाडौं । लामो समयदेखि रिक्त त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । यसरी खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न लागिएको यो पहिलो पटक हो । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले योग्यता...
सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि परिचर मालीसम्म खुल्या नयाँ भर्ना (सूचनासहित)
काठमाडौं । सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी सहायक निरीक्षक (असई)देखि परिचलमालीसम्म नयाँ भर्ना खुलेको छ । शुक्रबार सूचना प्रकाशन गरेर सशस्त्र प्रहरी बलले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचिकार, ४ जना...
अन्ततः राष्ट्रघाती सम्झौतामा भारतसँग नेपालको हस्ताक्षर, काठमाडौंस्थित भारतीय दुताबासले छुट्टै सरकारको अभ्यास गर्ने
काठमाडौं । नेपालले अन्ततः राष्ट्रघाती सम्झौतामा भारतसँग हस्ताक्षर गरेको छ । काठमाडौंस्थित भारतीय दुताबासले २० करोड रुपैयाँसम्मको विकास आयोजना सिधैं भारत सरकारको तर्फबाट नेपालमा सञ्चालन गर्ने गरी सम्झौता पत्रमा आज हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अर्थ सचिव...
भारतले नेपालले बनाएको स्याटेलाइट प्रक्षेपणमा सहयोग गर्ने, यस्तो छ चारबुँदे सहमति
काठमाडौं । भारतले नेपालले बनाएको स्याटेलाइट प्रक्षेपणमा सहयोग गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ । नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा यस सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएको हो । होटल याक एन्ड यतीमा भएको बैठकमा मुख्य ४ बुँदामा सहमति भएको परराष्ट्र मन्त्रालयका...
पशुपतिको गंगा आरती र दीप प्रज्वलनको भिडिओ सामाजिक सञ्जालमा राख्नेलाई कपिराइटको मुद्दा लाग्ने
काठमाडौं । पशुपति आर्यघाटको बागमती किनारमा हुने गङ्गा आरती तथा कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिचेर सामाजिक सञ्जालमा राख्न नपाइने भएको छ । पशुपति क्षेत्र विकास कोष र बुढासुब्वा डिजिटल प्रालिले संयुक्त सूचना जारी गरेर पशुपति क्षेत्रमा भिडिओ...
स्वास्थ्यमन्त्रीले बजेट काटेपछि वीर अस्पतालका कर्मचारीले तलव पाएनन्, प्रशासनमा ४ दिनदेखि ताला
काठमाडौं । नियमित तलब भत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलित भएपछि मुलुकको जेठो वीर अस्पतालको प्रशासनमा ४ दिनदेखि ताला झुण्डिएको छ । अस्पतालका कर्मचारी संगठनले पटक-पटक जानकारी गराउँदा पनि व्यवस्थापन पक्षले महत्व नदिएको भन्दै तालाबन्दी गरिदिएका हुन् ।...
नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा के-के भयो छलफल ?
काठमाडौं । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र राजनीतिक विषयमा छलफल भएको छ । होटल याक एन्ड यतिमा भएको छलफलमा दुई देशका परराष्ट्रमन्त्रीहरु नारायण प्रकाश साउद र एस जयशंकरले यी विषयमा...
राष्ट्रघाती सम्झौतासँग राष्ट्रिय सभाको ६ सिट साँट्दै एमाले
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले सत्ता गठबन्धनसँग राष्ट्रिय सभाको ६ सिट मागेर राष्ट्रघाती सम्झौतामा सहमति जनाएको छ । एमालेको प्रस्तावमा सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सकारात्मक देखिएसँगै छिमेकी भारतसँग गर्न लागिएको राष्ट्रघाती सम्झौताले सार्थकता पाएको छ । एमाले...
नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत निर्यात गर्ने दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल र भारतबीच विद्युत् निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । आगामी १० वर्षमा १० हजार मेगावाट...
भारतीय विदेशमन्त्री जयशंकर आएकै दिन ज्ञानेन्द्रले भैरहवामा विशेष भाषण गर्दै
काठमाडौं । भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशंकर नेपाल आएकै दिन पूर्व राजा ज्ञानेन्द्र शाह भैरहवामा विशाल आमसभालाई सम्बोधन गर्दै छन् । उनका समर्थकहरुले पूर्वराजा ज्ञानेन्द्रले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् । उनीहरुले पूर्वराजा ज्ञानेन्द्र औपचारिक रुपमा...
सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र जयशंकरबीच भेटवार्ता, राष्ट्रघाती सम्झौताका विषयमा कुराकानी
काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशंकरले सिंहरदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेलगत्तै जयशंकर प्रधानमन्त्रीसँगको भेटवार्ताका लागि सिंहदरबार पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड र भारतीय...


















