महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाई सुरु

काठमाडौं । महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको छ। सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले रायाविरुद्ध उजुरी दिन १० दिनको समय दिएको संघीय संसदले जानकारी दिएको छ । आइतबार...


सुनको मूल्य हालसम्मकै उच्च, एकतोला किन्न १ लाख ३१ हजार ६०० रुपैयाँ चाहिने

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख ३० हजार ९५०...


राजस्व चुहावट र अवैध कारोबारको सेटिङ्ग भत्काउने गरी काम गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन् । सिंहदरबारमा आयोजित राजस्व बृद्वि तथा चुहावट...


ठमेललाई चौबिसै घण्टा खुला गर्ने निर्णयप्रति स्थानीयवासीको विरोध

काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल बजार २४सै घण्टा खुला गर्ने निर्णयमा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुला गर्ने तयारी गरेपछि ठमेल...


कालिन्चोक दर्शनले एक वर्षमा ७ करोड रुपैयाँको व्यापार

काठमाडौँ । कालिन्चोक दर्शनले एक वर्षमा ७ करोड रुपैयाँको व्यापार गरेको छ । पर्यटन आगमन थपिएसँगै कालिन्चोक दर्शनले सन् २०२३ मा ७ करोड ६० लाख रुपैयाँको आम्दानी गरेको हो । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा...


२७ निर्माण व्यवसायीलाई स्पष्टिकरण पेश गर्न ७ दिने अल्टिमेटम

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा कालोसूचीमा राख्न लागिएको हो । अनुगमन कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश...


बढ्यो पेट्रालको मूल्य, अब प्रतिलिटर कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आज अर्थात् चैत १८ मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ । यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ ।


नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजनबाट चलाइयो गाडी

काठमाडौं । नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजनबाट गाडी चलाइएको छ । नेपालमै उत्पादित ग्रिन हाइड्रोजनबाट गाडी चलाउन गरीएको परीक्षण सफल भएको हो । काठमाडौं विश्वविद्यालयले दुई वर्षदेखि थालेको अनुसन्धानको आइतवार बिहान सफल परीक्षण गरिएको हो । विश्वविद्यालयमा स्थापना गरिएको...


सिंगटी हाइड्रोले ५१ प्रतिशत लगानी गरेको हेवा खोला ए को निर्माण ५० प्रतिशत पुरा, १ वर्ष भित्र सम्पन्न हुने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ५१ प्रतिशत लगानी रहेको हेवा खोला ए जलविद्युत आयोजनाको निर्माण करिब ५० प्रतिशत पुरा भएको छ । आयोजनाको निर्माण गत असारबाट मात्रै सुरु भएको थियो भने आगामी माघभित्र सम्पन्न हुने अनुमान गरिएको छ...


सेगवेको नयाँ वर्षमा विशेष अफर, २५ हजारसम्म छुट

काठमाडौँ । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो नेपाली नयाँ वर्ष २०८१ को सु–अवसर पारि सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ‘न्यु एयर न्यु अफर २०८१’ ल्याएको छ । ग्राहकहरुले चैत्र १९ गते बैशाख १८ वैशाखसम्म रहने यस योजना...


आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शत प्रतिशत क्यास ब्याक र पुरस्कारहरू जित्ने मौका

काठमाडौँ। नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी जेट सेट रिवार्ड नामक अफर ल्याएको छ । यो अफर अन्तर्गत आइएमई पे एप मार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १००...


राजश्व अनुसन्धान विभागले पहिलो पटक खोतल्यो १० अर्बको कर छलीको काण्ड, कोटिभिटीविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौँ । प्रधानमन्त्री मतहतमा रहेको राजस्व अनुसन्धान विभाग (डीआरआई)  ले इतिहासमै पहिलो पटक १० अर्ब रुपैयाँको घोटाला खोतल्यको छ । कर छली गरेको आरोपमा पुर्ण रुपमा विदेशी लगानी भएको कम्पनी कोटिभिटी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।...


स्वास्थ्य सामग्री खरिदमा २ करोड ८९ लाख रुपैयाँ घोटाला, विशाल पण्डितसहित ७ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ। स्वास्थ्य सामग्री खरिदमा २ करोड ८९ लाख रुपैयाँ भ्रष्टाचार भएको हस्पिटेक इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विशाल पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पण्डितका अलावा स्वास्थ्य निर्देशनालयका तत्कालीन निर्देशक चन्द्रदेव मेहतालगायतलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...


बाजुरामा शैक्षिकसत्र आगवै पुग्यो पाठ्यपुस्तक

काठमाडौं । नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै बाजुराका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका बाजुराका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाएका हुन् । जिल्लाको तल्लो क्षेत्रका बूढीगङ्गा, त्रिवेणी...


१४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौँ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव गोपाल प्रसाद...


नारायणी आयलले एक वर्षमा गर्यो साढे ६ अर्बको व्यापार

काठमाडौँ । नारायणी आयल रिफाइनरी उद्योग प्राइभेट लिमिटेडले एक वर्षमा साढे ६ अर्ब रुपैयाँ व्यापार गरेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार कम्पनीले सन् २०२३ मा ६ अर्ब ४१ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो ।...


महालेखा परीक्षकमा तोयम राया सिफारिस

काठमाडौँ । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयका सचिव राय सिफारिस भएका हुन् । संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त गरेको हो ।...


एक तोला सुन किन्न एक लाख ३० हजार रुपैयाँ चाहिने

काठमाडौँ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य नयाँ उचाईमा स्थिर रहेको छ । शुक्रबार तोलामा दुई हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आज भने स्थिर रहेको हो । आइतबार छापावाला सुनको मूल्य एक लाख ३०...


नेपाल टेलिकमको संचालकमा कोमल बहादुर खत्री नियुक्त

काठमाडौँ । नेपाल टेलिकमले संचालकमा कोमल बहादुर खत्रीलाई नियुक्त गरेको छ । नेपाल सरकार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको चैत ९ गतेको पत्र अनुसार खत्रीलाई संचालकको जिम्मेवारी दिएको हो । खत्रीले चैत १५ गते गोपनीयता र इमान्दारीताको शपथ...


नागरिक लगानी कोषका अध्यक्ष प्रा. डा. थापा अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त

काठमाडौं । नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा. सुर्यबहादुर थापा अर्थमन्त्री वर्षमान पुनको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । गुल्मी धुर्कोटका थापा त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गतको अर्थशास्त्र विभागका प्राध्यापक समेत हुन् । प्रा.डा. थापालाई सरकारले गत साउन...