करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै, उपभोक्ताको सहभागिता ह्वात्तै बढ्यो
काठमाडौँ। करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हुँदैछ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्नेछ। साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा...
बालेनको विवादित अभिव्यक्तिपछि साढे दुई महिनामा आयो सभामुखको रुलिङ
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले वालेन्द्र शाह ‘बालेन’लाई संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ का विभिन्न व्यवस्थाबमोजिम प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि संसदमा उपस्थित हुन निर्देशन...
बक्यौता विवादले बिगार्यो उद्योग–व्यवसायको माहोल, डेडिकेटेड लाइनको गाँठो फुकाऔं: अध्यक्ष अञ्जन श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विवादले व्यावसायिक वातावरण बिगारेको र लगानीको मनोबल कमजोर बनाएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरण स्थापनाको ४१औँ वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले...
वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको बाटो खुल्दै, अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । सरकारले बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार खारेजीमा परेको कारखानाको वर्तमान अवस्था, विगतमा भएका निर्णय, यसअघि तयार गरिएका अध्ययन तथा प्रतिवेदन र पुनः सञ्चालनका लागि...
नेपाल वायुसेवा निगमका दुई कर्मचारी पक्राउ
काठमाडौँ । नेपाल वायुसेवा निगमका दुई जना कर्मचारी विदेशी मुद्रासहित पक्राउ परेका छन्। आइतबार काठमाडौंबाट मलेसिया जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो। उनीहरूले तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।...
काठमाडौंमा मनाइयो इन्डोनेसियाको ८१औँ स्वतन्त्रता दिवस, झण्डोत्तोलनसहित विविध कार्यक्रम
काठमाडौँ । नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आज आइएमई कम्प्लेक्स, पानीपोखरीमा झण्डोत्तोलनसहित विशेष कार्यक्रम आयोजना गरी इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवस मनाएको छ। कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का निवर्तमान अध्यक्ष समेत...
पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राख्न अदालतको आदेश
काठमाडौँ । अदालतले पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । प्रहरीको मागबमोजिम काठमाडौं जिल्ला अदालतले श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । योसँगै अदालतले श्रेष्ठमाथि अनुसन्धानका लागि...
श्रम मन्त्रालयसँग सहमतिपछि म्यानपावरहरूको आन्दोलन फिर्ता
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउन २२ गतेदेखि वैदेशिक रोजगार क्षेत्रका विभिन्न विषयलाई लिएर सञ्चालन गर्दै आएको आन्दोलन तथा दबाबमूलक कार्यक्रम अन्त्य गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज भएको छलफलपछि संघले आन्दोलनका कार्यक्रम...
आज सुनचाँदीकै भाउ बढ्यो, अब प्रतितोला कति?
काठमाडौं । आज भदौ १ गते नेपाली बजारमा सुनचाँदीकै भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सनु प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको हो । आज सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँ पुगेको...
नाइमा एक्स्पो भव्य रूपमा सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ । साउन २६ गते भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन भएको नाइमा एक्स्पो एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसहित साउन ३१ गते समापन भएको हो । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स...
आज नागपञ्चमी पर्व मनाइँदै
काठमाडौं । हिन्दु धर्मावलम्बीहरूले आज नागपञ्चमी पर्व श्रद्धापूर्वक मनाउँदैछन्। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमीमा नागको पूजा आराधना गरी घरको मूलढोकामा नागको चित्र टाँस्ने तथा धार्मिक विधिअनुसार पूजा गर्ने परम्परा छ। नागपञ्चमीका अवसरमा नागलाई दूध, दही, अक्षता,...
पर्यटनमा चमक, होटलको खातामा अँध्यारो : पाँचमध्ये चार होटल घाटामा
काठमाडौं । नेपालमा पर्यटन व्यवसायले विस्तारै गति समातिरहेको, पर्यटक आगमन बढिरहेको र होटल क्षेत्रले सुधारको अपेक्षा गरिरहेको समयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत होटल कम्पनीहरूको वित्तीय विवरणले भने फरक तस्वीर देखाएको छ । गत आर्थिक वर्ष २०८२/८३ को...
युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष
काठमाडौं । नेपालमा युवालाई स्वदेशमै अवसर सिर्जना गरी विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको खाडल पुर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...
निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग
काठमाडौं । निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउने गरी नयाँ विद्युत् विधेयक निर्माण गर्नुपर्ने मागसहित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन कुमार डाँगीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष माननीय रवि लामिछानेलाई...
भारतीय प्रधान सेनापति सेठ काठमाडौँमा
काठमाडौँ । भारतीय प्रधान सेनापति जनरल धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी आइतबार अपराह्न ४ बजेर १५ मिनेटमा एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपाल भ्रमणका क्रममा प्रधान सेनापति सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता...
५-१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती
काठमाडौं । उद्यमी तथा नाइमाका संस्थापक सौरभ ज्योतीले नेपालमा औद्योगिकीकरणको प्रक्रिया अघि बढाउँदै आगामी ५ देखि १० वर्षमा अटोमोबाइल क्षेत्रलाई ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ लैजान सकिने बताएका छन्। नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा ‘प्रतिभा भित्र्याउने र...
ग्यास मौज्दातबारे र्याडिसनको पक्षमा चेम्बर : ‘व्यावसायिक आवश्यकतालाई गैरकानुनी नजोडौँ’
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र तथा समग्र...
नाटाको नेतृत्वमा भरत जंग पाण्डे, संस्थागत सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) को निर्वाचनमा भरत जंग पाण्डे अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचन परिणाम आएसँगै उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै काँधमा अब एउटा पद मात्रै आएको छैन, नाटालाई नयाँ सोच, नयाँ कार्यशैली...
नाइमा एक्स्पोमा तहल्का मच्चाएको नयाँ टाटा पञ्च ईभीको नेपालभर डेलिभरी सुरु
काठमाडौँ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको नयाँ टाटा पञ्च ईभीको नेपालभर डेलिभरी सुरु भएको छ। उत्साहजनक बुकिङ प्राप्त गरेसँगै सीजी मोटर्सले नेपालभर रहेका आफ्ना शोरुमबाट पञ्च ईभीको डेलिभरी सुरु गरेको हो। नयाँ पञ्च ईभी हालै...
सुनको मूल्यमा उच्च वृद्धि, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १०...




















