सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा उपाध्यायको पुननियुक्ति

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा सुधुम्न प्रसाद उपाध्याय पुननियुक्त भएका छन् । कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले कम्पनीको सिईओमा उपाध्याय पुननियुक्ति दिने निर्णय गरेको हो ।    


शिखर इन्स्योरेन्सद्वारा विपद राहत कोषमा एक करोेड ११ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । देशकै अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले भोटेकोशीमा आएको बिनाशकारी बाढी प्रभावित जनताको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग गर्ने हेतुले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सरकारलाई हस्तान्तरण गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीका...


सर्भेयरमा ‘केहीलाई भ्याइनभ्याइ, धेरैलाई कामकै अभाव’: अटोमेशन र रोटेशनको माग

काठमाडौं । नेपालमा करिब १ हजार २०० बाढी सर्भेयर रहे पनि १ हजारभन्दा कम मात्रै सक्रिय छन् । सक्रिय सर्भेयरमध्ये पनि सबैले नियमित रूपमा काम पाउन नसकेको भन्दै सर्भेयरर्स एशोसिएशनले कामको समान वितरणको माग अघि सारेको छ । सर्भेयरर्स...


जेनजी आन्दोलनको एक वर्षः २३ अर्बको बीमा दाबीमा ९ अर्ब पनि भुक्तानी भएन

काठमाडौं । जेनजी आन्दोलनका कारण भएको क्षतिको बीमा दाबीमा बीमितले पूर्ण भुक्तानी पाउन अझै सकेका छैनन् । आन्दोलन भएको एक वर्ष पूरा हुँदासमेत २३ अर्ब रुपैयाँभन्दा बढीको बीमा दाबीमध्ये बीमा कम्पनीहरूले करिब ९ अर्ब रुपैयाँ मात्र भुक्तानी गरेका छन्...


बीमा रकम विवादको कारण हिल्टन होटल अझै उठ्न सकेन

काठमाडौं । गत वर्षको जेने–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट गम्भीर क्षति पुगेको काठमाडौंको नक्सालस्थित हिल्टन होटल अझै पुनःनिर्माणको चरणमा जान सकेको छैन । होटलको पुनःनिर्माण सुरु हुन नसक्नुमा ठूलो बीमा दाबी र त्यसको भुक्तानीसम्बन्धी विवाद मुख्य कारण बनेको...


अबौंको पूर्वाधारको बीमा नहुँदा, बाढीपछि तीन जलविद्युत आयोजनामाथि ठूलो जोखिमभार

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट नेपाल विद्युत् प्राधिकरणका विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। तीमध्ये नुवाकोटमा रहेका तीन महत्वपूर्ण जलविद्युत् आयोजना भने बीमा नगरिएका आयोजनाका रूपमा देखिएका छन्। बीमा नगरिएका आयोजनामा २४ मेगावाटको त्रिशूली...


निर्जीवन बीमकको औसत सोल्भेन्सी अनुपात ४.३५ प्रतिशत, कुन कम्पनीको जोखिमधारण क्षमता कस्तो?

काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रमा सक्रिय कम्पनीहरूको वित्तीय सक्षमता र जोखिम वहन क्षमताको मापन गर्ने सोल्भेन्सी मार्जिन अनुपात अघिल्लो आवको तुलनामा गत आवमा बढेको छ । अघिल्लो आवको तुलनामा गत आवसम्म आइपुग्दा कम्पनीहरूको औसत सोल्भेन्सी मार्जिन ४.१६ प्रतिशतबाट...


सरकारको राहत प्याकेजः रसुवा बाढी पीडित बीमितले ५० प्रतिशतसम्म अग्रिम बीमा दाबी भुक्तानी पाउने

काठमाडौं । सरकारले रसुवा बाढी प्रभावित बीमितलाई बीमा दाबीको प्रारम्भिक मूल्याङ्कनका आधारमा अग्रिम भुक्तानी उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘रसुवा बाढी पुनरुत्थान प्याकेज’ मार्फत यस्तो व्यवस्था गरिएको हो । मन्त्रालयका अनुसार बाढीबाट भएको...


निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २३ प्रतिशतले बढ्यो, कुनको कति ?

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन गत बर्षको तुलनामा २३ प्रतिशतले वृद्धि भएको छ । गत बर्षको ४ अर्ब ३१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो । चालु आर्थिक बर्षको ५ अर्ब ३२ करोड रुपैयाँ बीमाशुल्क...


साउनमा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ५ अर्ब ७३ करोड, कुनको कति ?

काठमाडौं । साउन महिनामा १५ वटा निर्जीवन बीमा कम्पनीले कुल ५ अर्ब ७३ करोडभन्दा बढी रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरूले साउनमा २ लाख २९ हजारभन्दा बढी बीमालेख जारी गरेका छन् । उपलब्ध तथ्यांकअनुसार साउनमा सबैभन्दा धेरै बीमाशुल्क...


प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३३ लाख सहयोग

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र कम्पनीमा कार्यरत कर्मचारीहरूले रसुवा भोटेकोशी बाढीपहिरो प्रभावितहरूको उद्धार तथा राहतका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । रसुवाको भोटेकोशीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित नागरिक...


रसुवा भोटेकोशी बाढीको प्रारम्भिक बीमा दाबी विवरण साढे १३ अर्ब, कुन कम्पनीको कति ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पुगेको क्षतिबापत विभिन्न बीमा कम्पनीहरूमा प्रारम्भिक रूपमा २५ अर्बभन्दा बढी क्षति भएको रिपोर्ट सार्वजनिक गरिएको भए पनि बीमापोष्टले रुजुको क्रममा संशोधित नयाँ तथ्यांक तयार...


बाढीपीडितका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १ करोड १ लाख सहयोग

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...


नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले विपदबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउनेउद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका तर्फबाट सञ्चालक समितिका सदस्य मणि देव भट्टराई तथा नायब प्रमुख कार्यकारी अधिकृत गणेश...


प्रभु इन्स्योरेन्सद्वारा रसुवा बाढीपीडितका लागि २५ लाख रुपैयाँ सहयोग

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई सहयोग...


भोटेकोशी बाढीपीडितलाई बीमा कम्पनीले अग्रिम दाबी भुक्तानी दिइने, विशेष कार्यदल गठन

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको बीमा दाबीमा बीमा कम्पनीहरूले प्रभावित बीमितलाई अग्रिम भुक्तानी दिने भएका छन् । जलविद्युत् आयोजना तथा ठूला पूर्वाधारमा भएको क्षतिको पूर्ण मूल्याङ्कन गर्न समय लाग्ने भएकाले पुनर्निर्माणका लागि आवश्यक नगद प्रवाह...


प्रभु इन्स्योरेन्सको ८.७० प्रतिशत बोनस शेयर शेयरधनीको खातामा जम्मा

काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीको हितग्राही खातामा ८.७० प्रतिशत बोनस शेयर जम्मा गरेको छ। कम्पनीको ३०औँ वार्षिक साधारणसभाबाट पारित बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भइसकेपछि शेयरधनीको खातामा पठाइएको हो। कम्पनीका...


बाढी प्रभावित क्षेत्रमा दाबीको भुक्तानी सहज गर्न बीमा कम्पनीका सिईओलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बीमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिनुभएको छ। भदौ १० गते गएको रसुवा बाढीका कारण भएको क्षतिपछिको बीमा दाबीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रियाको सन्दर्भमा सोमबार बीमा...


२५ अर्ब ८७ करोडको बीमा दाबीमा इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा मात्रै साढे २० अर्बको दाबी

काठमाडौं । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण विभिन्न बीमा कम्पनीमा परेको प्रारम्भिक बीमा दाबी रकम २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ पुगेको छ। जसमध्ये सबैभन्दा धेरै ठूलो दाबी इन्जिनियरिङ तथा ठेकेदार...


जेनजी आन्दोलनमा थलिएको दि ओरियन्टल इन्स्योरेन्समा रसुवा बाढीको ७४ करोडको बीमा दावी (सच्याइएको)

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट प्राप्त बीमा दाबी सम्बन्धी तथ्यांक नै गलत भएको बीमापोष्टले रुजु गर्ने क्रममा मिति २०८३ भदौ १८ गते बिहान पत्ता लगाएकोले मुख्य विवरण नै गलत भइसकेपछि सोको विवरणको आधारमा तयार पारिएको समाचार सामग्री असान्दर्भिक रहेको...