कामना सेवा विकास बैंकको मुनाफा उल्लेख्य बृद्धि

५ बैशाख २०७८, आईतवार ०८:२०

काठमाडौं । कामना सेवा विकास बैंकले सञ्चालन मुनाफा उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गर्दै उल्लेख्य मुनाफा आर्जन गर्न सफल भएको देखिएको छ ।

विवरण अनुसार बैंकको खुद नाफा ५८ करोड ६१ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधीमा जम्मा २१ करोड ५४ लाख ९० हजार रुपैैयाँ आर्जन गरेको बैंकले यस वर्ष मुनाफा उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको हो ।

चालु आवको चैत्र मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २५.७३ प्रतिशत बृद्धि भएको देखिएको छ भने इम्पेरमेन्ट चार्ज ७६.५५ प्रतिशत घटेसँगै सञ्चालन मुनाफामा १७१ प्रतिशतले बृद्धि भएको हो ।

बैंकको प्रतिशेयर आम्दानीमा बृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ १६ पैसा बढेर २९ रुपैयाँ ४७ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ११.९४ गुणा रहको छ भने प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ३५ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.३७ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप २३.०१ प्रतिशत र कर्जा ४१ प्रतिशत बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*