सेन्ट्रल फाईनान्सको २४ औं साधारणसभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

२३ माघ २०७७, शुक्रबार २३:२८

काठमाडौं । सेन्ट्रल फाईनान्सको २४ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । माघ २३ गते सम्पन्न भएको साधारणसभाले १० प्रतिशत लाभांश पारित गरेको सो फाइनान्स कम्पनीले जनाएको छ ।

सञ्चालक समितिको उक्त प्रस्तावलाई साधारणसभाले पारित गरेको छ । आज सम्पन्न भएको साधारणसभापछि अब आव २०७६।७७ को नाफाबाट ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण हुने फाइनान्सले जनाएको छ । कूल चुक्ता पुँजी ८२ करोड ३३ लाख रुपैयाँ रहेको कम्पनीका शेयरधनीहरुले झण्डै छ करोड रुपैयाँको शेयर प्राप्त गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*