सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ छिट्टै, रेटिङमा यस्तो देखियो कम्पनी

२९ चैत्र २०७७, आईतवार १६:५२

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले निष्कासन गर्न लागेको आईपिओको प्रक्रिया अघि बढेको छ । कम्पनीले साधारण शेयर जारी गर्नुअघि पूरा गर्नुपर्ने रेटिङ सम्पन्न गरेको छ । केयर रेटिङका अनुसार सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ‘बीबीबी माइनस’ रेटिङ पाएको छ। यो अन्य कम्पनीहरुको तुलनामा उत्कृष्ट हो ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले बीबीबी माइनस’ रेटिङ प्रदान गरेको सो कम्प्नीले प्रकाशन गरेको रिपोर्टमा उल्ल्ेख छ । बीबीबी माइनस रेटिङ औषत भन्दा कम्पनीको अवस्था राम्रो रहेको देखाएको छ । यस्तो रेटिङ नतिजासँगै कम्पनीको आईपिओमा लगानी गर्नु सुरक्षित रहेको देखिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिसकेको छ । यद्यपि नेपाल धितोपत्र बोर्डमा औपचारिक प्रक्रिया पूरा गर्न भने बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*