नर्सिङको तलब सरकारी सरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारले तोकेको स्तरभन्दा तल नगर्ने गरी लागू गर्न सबै सरकारी, सामुदायिक, निजी अस्पताल तथा मेडिकल कलेजलाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार...
नेपाल बीमा प्राधिकरणद्वारा बीमाङ्की विश्लेषकहरूसँग छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बीमाङ्की तथा बीमाङ्की विश्लेषकहरूसँग छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा...
शिवम् सिमेन्टको सञ्चालकमा अन्जनी नन्दन मारु नियुक्त
काठमाडौं । शिवम् सिमेन्टको सञ्चालकमा अन्जनी नन्दन मारु नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको असोज २६ गते बसेको बैठकको निर्णयले रिक्त रहेको उक्त पदमा मारुलाई नियुक्त गरेको हो । कम्पनीले साधारण समुहको तर्फबाट मारुलाई सञ्चालकमा नियुक्त गरेको छ...
सुनको मूल्यमा ऐतिहासिक उचाई, सोमबार प्रतितोला कति ?
काठमाडौँ । आज सोमबार सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन तोलामा २ हजार ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँ पुगेको...
जाँचबुझ आयोगले माग्यो जेनजी आन्दोलनमा भएको क्षतिको विवरण
काठमाडौं । भदौ २३ र २४ भएको जेनजी आन्दोलनको घटना सम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले आन्दोलनमा भएको क्षतिको विवरण मागेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको उक्त जाँचबुझ आयोगले जेनजी आन्दोलनमा क्षति पुगेको भए सोको विवरण पेश गर्न...
भोलिदेखि ४ दिनसम्म बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दै प्राधिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले भोलि असोज २८ गतेदेखि लगातार ४ दिनसम्म बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ। प्राधिकरणले असोज २८, २९, ३० र ३१ गते बिहान ११ बजेदेखि दिउँसो १२ः३० बजेसम्म परीक्षा सञ्चालन गर्ने जनाएको हो। परीक्षा...
‘जेनजी समूह’को दबाबमा भोटेकोशी पावर कम्पनीले १० प्रतिशत शेयर नि:शुल्क दिन बाध्य
काठमाडौँ। ‘जेनजी आन्दोलन’को नाममा भोटेकोशी गाउँपालिकाको एक समूहले भोटेकोशी पावर कम्पनीलाई दबाब दिँदै अपर भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर निःशुल्क प्राप्त गरेको छ । भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड नामक समूहले ४५ मेगावाट क्षमताको आयोजनाबाट स्थानीयलाई १०...
वीर अस्पतालका लेखा अधिकृत १ लाख २० हजार घुस सहित पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डी राज दाहाललाई घुस सहित पक्राउ गरेको छ। काठमाडौंस्थित उक्त वीर अस्पतालमा कार्यरत लेखा अधिकृत दाहालले विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम...
जापानिज येनको भाउ बढ्दा कोरियन वोनको घट्यो
काठमाडौं । आज जापानिज येनको भाउ १० पैसाले बढेर खरीददर ९.३७ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ कायम हुँदा कोरियन वोनको भाउ ५ पैसाले घटेर खरीददर ९.९१ रुपैयाँ र बिक्रीदर ९.९५ रुपैयाँ कायम भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी...
दिपेन्द्रको उत्कृष्टको प्रदर्शनले युएईमाथी नेपालको जित
काठमाडौं । दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएई २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि...
बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक
काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’ मा नेपाली सेना सर्वोत्कृष्ट भएको छ । २३ असोजदेखि २५ असोजसम्म बेलायतको वेल्स ब्रेकनमा सञ्चालन भएको उक्त पेट्रोलमा सर्वोत्कृष्ट अंकसहित नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको हो । उक्त अभ्यासमा बेलायतसहित...
सुन तस्करीको अभियोगमा माओवादी नेता महरा पक्राउ
काठमाडौं । सुन तस्करी अभियोगमा पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादर महरा पक्राउ परेका छन् । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न...
आजबाट धनतेरस टाटा उत्सव शुरू, यस्ता छन् फाइदा
काठमाडौं । टाटा मोटर्सका लागि नेपालको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले यस वर्षको दिपावलीसँगै आउँदै गरेको धनतेरस पर्वलाई लक्षित गर्दै देशव्यापी रुपमा “धनतेरस टाटा उत्सव” कार्यक्रम शुरू गरेको छ। हर्ष र उल्लासले भरिएको यस पर्वको अवसरमा शुरू...
एमजी जेडएस ईभीमा समस्या नै समस्या, ब्रेक प्रणालीमा त्रुटि!
काठमाडौँ। नेपाली बजारमा पारामाउण्ट मोटर्सले ल्याएको एमजी जेडएस ईभी एसयूभीमा गम्भीर समस्या देखिएको पाइएको छ । कम्पनीले प्रचारमा यो गाडी पूर्ण सुरक्षित र भरपर्दो रहेको भन्दै प्रचार गरे पनि प्रयोगकर्ताहरुले भोगेका अनुभवले त्यस्तो दावीलाई चुनौती दिइरहेको हो । अन्तर्राष्ट्रिय...
अपर तामाकोशी हाइड्रोपावरको ऋण सेवा ढिलाइपछि रेटिङ ‘डी’ मा घट्यो, बाढीले करोडौं राजस्वमा असर
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको ऋण सेवा ढिला भएको कारण कम्पनीको जारीकर्ता रेटिङ इक्रा नेपालले डी मा घटाएको छ । यसअघि कम्पनीको रेटिङ डबल बी राखिएको थियो। यससँगै कम्पनी ‘विकासशील अवस्था’को अन्तर्गत रहेको वाच सूचीबाट पनि हटाइएको...
सिन्धुलीमा एकाएक जमिन भासियो, दुलर्भ हायु समुदाय अप्ठेरोमा
काठमाडौं । कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिंदा हायु समुदायको बस्ती संकटमा परेको छ। जमिन भासिंदै जान थालेपछि हायु समुदाय थातथलो छाड्ने विकल्पमा पुगेका छन्। शुक्रबार जिल्ला सुरक्षा समितिको टोली स्थल निरीक्षणका लागि पुगेको भए तापनि हायु समुदायले कुनै पनि...
इन्ड्राइभको ब्राण्ड एम्बेस्डरमा स्वस्तिमा खड्का नियुक्त
काठमाडौं । नेपाली चलचित्रकी चर्चित नायिका स्वस्तिमा खड्का इन्ड्राइभको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएकी छिन् । शुक्रबार याक एण्ड यति होटेलमा गरिएको एक कार्यक्रममा इन्ड्राइभले स्वस्तिमा खड्कालाई व्यापारिक विज्ञापनका लागि ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो । पछिल्लो समय इन्ड्राइभ नेपालीहरुको...
जेनजी आन्दोलनले सुध्रिएनन् भ्रष्टहरू, घुस सहित समातिन थाले कर्मचारी
काठमाडौं । भ्रष्टाचार विरुद्धको जेनजी पुस्ताको आन्दोलन उत्कर्षमा पुगेको एक महीना पुग्दा नपुग्दै भ्रष्टहरू फेरि घुसखोरी तर्फै अग्रसर हुन थालेका छन्। भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जेनजी आन्दोलनको एक महीनाभित्रै घुस रकम लेनदेन...
१५ हजार घुस लिदाँ सशस्त्रका इन्स्पेक्टर र जवानको जागिर चट, विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपालका निरीक्षक र एक जवानविरुद्ध घुस प्रकरणमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगले रुपन्देहीको कोटहीमाई गाउँपालिका–५, मझगाँवस्थित सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्टमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक गरिएको छ । बिहीबार सञ्चार मन्त्रालयमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत बैठकका २० निर्णय सार्वजनिक गरेका हुन् ।




















