इलामका बाढी–पहिरो पीडितलाई हेलिकप्टरमार्फत राहत वितरण सुरु
काठमाडौं । कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी–पहिरो पीडितहरूका लागि विभिन्न राहत सामग्री पठाएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत राहत सामग्री पठाएको हो। कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले राहत सामग्रीलाई छिटो र प्रभावकारी...
डा. निकोलस भुसालसहित ३ जना पक्राउ
काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको माइतीघर मण्डलाबाट डा. निकोलस भुसाललाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुसाल र सञ्जीव दाहालसहित ३ जना छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । माइतीघर क्षेत्रमा डानिकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन...
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युतका ७ माग, भन्सार छुटदेखि आरसीओडी थप सम्म
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बाढी प्रभावित जलविद्युत आयोजनाहरुलाई विभिन्न राहत प्याकेज दिन माग गरेको छ । बुधवार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङसँग भेट गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले बाढीबाट क्षति पुगेका जलविद्युत आयोजना पुर्ननिर्माणको...
१० प्रतिशत नि:शुल्क शेयर मागपछि बन्द भएको भोटेकोशी आयोजना खोल्न गृहमन्त्री अर्यालको निर्देशन
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी युवाहरुको नाममा निशुल्क शेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित जलविद्युत आयोजनाहरुका प्रतिनिधिसहितको...
चौधरी ग्रुपद्वारा जेन–जी आन्दोलनका शहीद परिवारलाई रोजगारी दिने घोषणा
धनगढी । चौधरी ग्रुप (सीजी) ले जेन–जी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने घोषणा गरेको छ । समूहले जारी गरेको सूचनाअनुसार इच्छुक शहीद परिवारका सदस्यले आवश्यक कागजातसहित इमेलमार्फत आवेदन दिन सक्ने व्यवस्था...
सानिमा जिआइसी इन्स्योरेन्सका अध्यक्ष कुनाल कयाल नेपाल–भारत उद्योग वाणिज्य संघको उपाध्यक्षमा नियुक्त
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष कुनाल कयाल नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को उपाध्यक्षमा नियुक्त भएका छन् । उनी निक्कीभित्र नेतृत्वदायी भूमिकामा विगत ५ वर्षदेखि सक्रिय छन्। अघिल्लो कार्यसमितिमा संघको कोषाध्यक्ष रहेका उनी हालको कार्यसमितिमा समेत सक्रिय...
सानोठिमीमा शिक्षामन्त्री पुनको निरीक्षण, गुणस्तरीय प्राविधिक शिक्षामा जोड दिन निर्देशन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन निरीक्षणका लागि सानोठिमी पुगेका छन् । मन्त्रालय अन्तर्गतका विभिन्न निकाय सानोठिमीमा रहेकाले निरीक्षणका लागि मन्त्री पुन बुधबार सानोठिमी पुगेका हुन् । मन्त्री पुन शिक्षा तथा मानव स्रोत विकास केन्द्र पुगेका छन्...
राजनीतिक नियुक्ति तत्काल खारेज र दोषीलाई कारबाही गर्न सातै प्रदेशका जेन–जी संयोजकको माग
काठमाडौं । तत्कालिन सरकारहरुले गरेका राजनितिक नियुक्तिहरु तत्काल खारेज गर्ने सातै प्रदेशका जेन–जी संयोजकहरुले माग गरेका छन् । भ्रष्टाचार र जवाफहीनताविरुद्ध गत २३ र २४ भदौमा भएको ‘जेन–जी विद्रोह’को नेतृत्व गरेका युवा अगुवाहरूले विद्रोहको जगमा गठन भएको सुशीला कार्की...
जेनजी आन्दोलनका सहिद परिवारका एक जनालाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक सहिद परिवारका एक जनालाई चौधरी समूहले रोजगारी दिने भएको छ। सिजी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आन्दोलनका क्रममा आफ्ना निजी सम्पत्तिमा ठूलो क्षति पुगेको भए पनि कम्पनीले देश र जनताप्रति आफ्नो...
पोखराको लिची बगान घोटालाः पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । पोखराको चर्चित ‘लिची बगान’ जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारका सामान्य प्रसाशन मन्त्री राजकुमार...
नेपाल र जर्मन सरकारबीच वित्तीय र प्राविधिक सहयोग सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी दुई महत्वपूर्ण सम्झौताहरुमा आज हस्ताक्षर सम्पन्न भएको छ। यी सम्झौताहरुले नेपालको उर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ। नेपाल...
निसानले भारतमा नयाँ एसयूभी टेक्टन सार्वजनिक, आधुनिक डिजाइन र स्मार्ट सुविधासहित नेपालमा पनि आउने तयारी
काठमाडौँ । जापानी कम्पनी निसानले हालै भारतमा नयाँ कार टेक्टन घोषणा गरेको छ । हुन्डाई क्रेटाको अत्यधिक सफलताको पृष्ठभूमिमा निसानले आफ्नो नयाँ एसयूभी टेक्टनलाई सार्वजनिक गरेको हो । मंगलबार भारतमा उक्त टेक्टनको फस्ट लुक समेत सार्वजनिक गरिएको छ, जसमा...
सरकारको उच्च प्राथमिकता नै अवरुद्ध सडक खुलाउनु रहेको छः मन्त्री घिसिङ
काठमाडौं । सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने जनाउँदै अवरुद्ध सडक सञ्चालनलाई पहिलो प्राथमिकता दिएको बताएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मनसुनजन्य विपद्बाट क्षतिग्रस्त मुख्य राजमार्ग, वैकल्पिक सडक,...
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा १२ अर्ब लाग्ने मन्त्रालयको अनुमान
काठमाडौं । यही असोज १८, १९ तथा २० गते र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य...
भगवती स्टिलमा व्यवस्थापनले नै लगाए ताला, बोनस विवादले १७० मजदुर सडकमा
काठमाडौँ । पथलैया औद्योगिक करिडोरमा अवस्थित भगवती स्टिल इण्डष्ट्रिजमा उत्पन्न विवादले उद्योग नै ठप्प बनेको छ। दशैंपछि उद्योग सञ्चालनमा आउनुपर्ने समयमा सञ्चालक पक्षले आफैंले तालाबन्दी गरेपछि करिब १७० मजदुर आक्रोशित बनेका छन्। जितपुर सिमरा उपमहानगरपालिका–१६ नितनपुरमा रहेको यो उद्योगमा...
मधेश प्रदेशले गरिदियो सहिद परिवारका १४० सदस्यको निःशुल्क बीमा
काठमाडौं। मधेश प्रदेश सरकारले मधेसी प्रतिष्ठानसँगको समन्वयमा मधेस आन्दोलनका क्रममा सहिद भएका १४० जनाका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । प्रतिष्ठानका अध्यक्ष शुभम् यादवका अनुसार अब २४ जनाको बीमा गर्न बाँकी छ । मधेस र तत्कालीन नेपाल कम्युनिष्ट...
सिंहदरबार भित्रका जलेका सवारी साधन हटाउने कार्य सुरु
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा राखिएका सवारीसाधन जलेपछि आजदेखि भारी उपकरण प्रयोग गरेर तिनलाई हटाउन प्रारम्भ भएको छ । आगजनीमा क्षतिग्रस्त एक हजार सवारीसाधन सडक विभागका चार वटा भारी उपकरण प्रयोग गरेर ती हटाउन थालिएको विभागले जनाएको...
बाढी पहिरोमा परेर ५२ जनाको निधन, इलाममा सबैभन्दा बढी
काठमाडौं । गत असोज ११ र १२ गते अविरल वर्षाका कारण बाढी पहिरोमा परेर ५२ जनाको निधन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को मंगलबार बसेको बैठकपछि प्राधिकरणले पत्रकार सम्मेलन गर्दै बाढी पहिरोमा परेरमात्रै ५२...
जटिल मोडमा देशको राजनीति, तत्वहरुले पर्दा पछाडि बसेर खेल्दा थप अप्ठेरो
काठमाडौं । जेन जी आन्दोलन र आम जनताले जनदमनका विरुद्धमा गरेको ऐतिहासिक प्रतिवादको बलमा गठन भएको अन्तरिम सरकार यतिबेला देशलाई समृद्धि, स्थीरता र सुशासनको साथै नयाँ सहमतिको आधारमा नयाँ निर्वाचन गर्ने प्रयासमा छ । तर, देशको तरल राजनीतिको फाइदा...
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई मन्त्रालयलको ताकेता
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्न खटाइएका कर्मचारीहरूलाई पत्र प्राप्त भएको मितिले सात दिनभित्र अनिवार्य रमाना दिन सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय र निकायहरूलाई ताकेता गरेको छ। मन्त्रालयले आज एक...




















