आवश्यकता अनुसार प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छः सरकारका प्रवक्ता पोखरेल
काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री बालेन शाहले सम्बोधन नगर्ने विषयमा मन्त्रिपरिषद्मा कुनै छलफल नभएको बताएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले आवश्यकता अनुसार सम्बोधन गर्ने बताएका हुन्। गणतन्त्र...
सहकारीको बचत दुरुपयोगसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले सहकारीको बचत दुरुपयोगसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सहकारी क्षेत्रमा देखिएका विकृति र समस्या समाधानका लागि गठित ‘सहकारीमा...
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय
काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेको छ । सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो। आर्थिक वर्ष ८३।८४ मा बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको ३६६० रूपैयाँ प्रति क्विन्टल र मध्यम धानको...
युरोपेली संघका २२ राष्ट्रका उच्चस्तरीय प्रतिनिधिमण्डललाई प्रधानमन्त्री बालेन्द्र शाहले भेट्ने
काठमाडौं । नेपाल भ्रमणमा रहेको युरोपेली संघको उच्चस्तरीय प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने भएको छ । यसअघि विदेशी कूटनीतिक प्रतिनिधिसँग औपचारिक भेट नगरेका प्रधानमन्त्री शाहले यसपटक भने ईयू सदस्य राष्ट्रका प्रतिनिधिहरूसँग सामूहिक छलफल गर्न लागेका हुन् ।...
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा १६ वर्षदेखि शिक्षक पदमा जागिर, अख्तियारद्वारा मुद्दा दायर
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षण पेशामा संलग्न भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर खन्नाहाले झुट्टा शैक्षिक प्रमाणपत्रका...
रास्वपाको सदस्यता देखाएर गहुँर चिनीको तस्करी, को हुन् विकास लुनिया ?
काठमाडौं । एक खाद्यान्न व्यपारीले रास्वपाको सदस्य हुँ भन्दै खाद्यान्नको अबैध कारोबारमा संलग्न रहेको पाइएको छ । भन्सार बाहिरबाट वस्तु ल्याएर बिक्री गर्न पल्किएका ती व्यापारी ‘सिजनल’ रुप धारणा गरी ‘सिजनल’ तस्करीमा लागेका हुन् । बिराटनगरलाई आधार बनाएर तस्करीको...
कसमस सिमेन्टको चुनढुंगा ढुवानीले उदयपुरगढीमा जनजीवन अस्तव्यस्त, सडकदेखि खेतीसम्म गम्भीर असर
काठमाडौँ । उदयपुरगढी गाउँपालिका–८ स्थित बैजनाथ टोल क्षेत्रका स्थानीयवासीले कसमस सिमेन्ट उद्योग को चुनढुंगा ढुवानी गतिविधिका कारण सडक, वातावरण तथा कृषि क्षेत्रमा गम्भीर असर परेको आरोप लगाउँदै तत्काल स्थायी समाधानको माग गरेका छन्। बैजनाथ टोल विकास संस्थाले आइतबार गाउँपालिकामा...
गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । जेठ १५ गते मनाइने उक्त समारोहका लागि राष्ट्रपतिबाट सम्बोधन गरियोस् भन्ने अनुरोधसहित उनले राष्ट्रपति कार्यालयमा पत्राचार गरेको स्रोतले जनाएको छ । सिंहदरबार स्रोतका अनुसार...
बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक तय भएको हो । प्रधानमन्त्री बालेन शाहको आव्हानमा बैठक बस्न लागेको हो । बैठकमा हुने छलफलको एजेन्डाबारे भने जानकारी...
१२ करोडभन्दा बढी हिनामिना प्रकरण : फरार ज्योति गुरुङलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन आदेश
काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएकी ज्योति गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिनभित्र अदालतमा उपस्थित भई सबुत–प्रमाणसहित प्रतिउत्तर पेश गर्न सूचना जारी गरेको छ। सहकारीका सचिव बोधविक्रम थापाले दायर गरेको लेनदेन मुद्दामा अदालतले...
बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदी...
इजरायली भाँजोपछि अमेरिका–इरान वार्ता अनिश्चित, मध्यपूर्वमा अझै युद्धको खतरा
काठमाडौं । अन्तिम समयमा इरानले भाँजो हालेपछि अमेरिका र इरानबीचको युद्ध लगभग भाँडिने निश्चित भएको छ । अमेरिकाका स्टेट सेक्रेटरी मार्क रोबियोले इजरायलको कारण समस्या उत्पन्न भएको स्वीकार गरेका छन् र भनेका छन्, जुनसुकै पोटेन्सियल डिलभित्र इजरायलले आफ्नो आत्मरक्षाको...
हेटौँडा सिमेन्ट उद्योग पुनर्जीवनको संकेत, सरकारी स्वामित्वका बन्द उद्योग सञ्चालन गर्ने सरकारको तयारी
काठमाडौँ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक सङ्कटसँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् । कुनै बेला बन्द हुने र कुनै बेला पुनः सञ्चालनमा आउने अवस्थाबाट गुज्रँदै आएको उक्त सरकारी उद्योगको वास्तविक अवस्था...
जगदम्बा मोटर्सको व्यापारमा आक्रामक उछाल, ६ महिनामै ९ अर्बको बाइक-स्कुटर बिक्री
काठमाडौं । नेपालको दुईपाङ्ग्रे सवारी बजारमा आक्रामक उपस्थिती बनाइरहेको शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चालु आर्थिक वर्षको पहिलो छ महिनामै ९ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । टीभीएस ब्रान्डका मोटरसाइकल र स्कुटरप्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा कम्पनीको कारोबारले तीव्र...
लगनखेल बसपार्कबाट नक्कली नोटसहित युवक पक्राउ, सबै नोटमा एउटै नम्बर
काठमाडौँ । ललितपुरको लगनखेलबाट प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका–१५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्दै आएका १९ वर्षीय सुरज राई रहेका छन् । ललितपुर महानगरपालिका–१२ स्थित लगनखेल...
बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारले बनायो समिति
काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमासम्बन्धी विवादको प्राविधिक अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले नापी विभागका उपमहानिर्देशक...
खानी रोयल्टीमा ठूलो अनियमितता: २३ करोड ७७ लाख असुल गर्न महालेखाको निर्देशन
काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले खानी तथा खानीजन्य पदार्थबाट असुल हुनुपर्ने करिब रु २३ करोड ७७ लाख ८८ हजार बराबरको रोयल्टी तत्काल उठाउन सरकारलाई निर्देशन दिएको छ। कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनमा एक वर्षभन्दा बढी समयदेखि उत्खननबापतको रोयल्टी नबुझाएको तथा अनुमति...
घरजग्गा कारोबार र धितो फुकुवामा देखिएको समस्या समाधान गर्न विभागको सहजीकरण, सेवा सहज बनाउन पहल
काठमाडौँ । स्थानीय तहबाट घरजग्गा कारोबार र बैंक तथा वित्तीय संस्थामार्फत हुने धितोबन्धकी रोक्का फुकुवासम्बन्धी अनलाइन कारोबारमा देखिएको समस्या समाधान गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले सहजीकरण गरेको छ। नयाँ व्यवस्था कार्यान्वयनका क्रममा स्थानीय तह र बैंक तथा वित्तीय...
हिमालको शुद्धता बोकेको प्रिमियर डिस्टिलरीको ‘८ पीक्स’ सार्वजनिक
काठमाडौँ । प्रिमियर डिस्टिलरी लिमिटेडले ८ पीक्स नामक नयाँ ब्राण्ड बजारमा औपचारिक रुपमा सार्वजनिक गरेको छ । द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक ७ वर्षे रम, ओल्ड मंक लेजेन्ड रम र ब्ल्याक स्टालियन जस्ता प्रिमियम ब्राण्डद्वारा ग्राहकहरुको मन...
१४ महिनादेखि तलब नपाएपछि उदयपुर सिमेन्टका मजदुर आन्दोलित, उद्योगको मुख्य गेटमै धर्ना सुरु
काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग बन्द अवस्थामा रहँदा लामो समयदेखि पारिश्रमिक तथा सेवा–सुविधा नपाएको भन्दै मजदुर तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। १४ महिनादेखि तलब–भत्ता रोकिएको, साथै विभिन्न कानुनी रूपमा पाउनुपर्ने कोष तथा बीमा सुविधासमेत प्रभावित भएपछि उनीहरूले उद्योगको मुख्य...



















