विभिन्न सञ्चारमाध्यमको कार्यालय गेटमै शंकास्पद गाडी पार्किङ, तत्काल छानबिन गर्न महासंघको माग
काठमाडौं । विभिन्न सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारहरूलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित...
आधुनिक कतारका योजनाकार शेख हमाद बिन खलिफाको निधन
काठमाडौं । आधुनिक कतारका प्रमुख योजनाकार तथा पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ। कतारको शाही दरबार (अमिरी दिवान)ले आइतबार उनको निधनको पुष्टि गरेको हो। निधनको कारण सार्वजनिक गरिएको छैन। कतार सरकारले...
कर्णालीमा विद्युत् अवरोध समाधान गर्न यान्त्रिक क्रेन पठाइने
काठमाडौँ । सरकारले कर्णाली प्रदेशमा पटक–पटक हुने विद्युत् अवरोधको समस्या समाधान गर्न आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा उक्त निर्णय गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा लाइन...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
जाजरकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुईजनाको सकुशल उद्धार
काठमाडौं । अविरल वर्षाका कारण जाजरकोटमा आएको पहिरोमा पुरिएर एकजनाले ज्यान गुमाएका छन् भने पहिरोमा पुरिएका दुईजनाको सकुशल उद्धार गरिएको छ। जाजरकोटको भेरी नगरपालिका वडा नम्बर २ स्थित राङ्सी बस्ने अंदाजी ६० वर्षीया जयशिला शाहको अस्थाई आवास (टहरा) मा...
बाढीको त्रासले रोकियो १११ मेगावाटको रसुवागढी जलविद्युत्
काठमाडौँ । ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ। खोलामा बहाव बढ्दै गएपछि आयोजनाको सुरुङतर्फ पानी लैजाने गेट बन्द गरी विद्युत् उत्पादन...
कुवेतस्थित अत्याधुनिक अमेरिकी मिसाइल प्रतिरक्षा प्रणाली ध्वस्त
काठमाडौं । मध्यपूर्वमा जारी युद्धमा कुवेतमा रहेको अत्याधुनिक अमेरिकी प्रविधिको प्याट्रियोट मिसाइल प्रतिरक्षा प्रणालीलाई आज इरानले ध्वस्त पारिदिएको गल्फ टाइम्सले जनाएको छ । गएराति अमेरिकाले इरानका विभिन्न स्थानमा गरेको बमबारीको बदलामा इरानले पनि कुवेत र बहराईनस्थित अमेरिकी बेस क्याम्पमा...
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति
काठमाडौँ । गणेश नेपालीको परिवार र सरकारबीच नौबुँदे सहमति भएको छ ।
आधा दर्जन मन्त्रीले गरे खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन
काठमाडौं । कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँका सुकुम्बासीहरूलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा सारिएको छ भने आज आधा दर्जन मन्त्रीहरूले अवलोकन गरेका छन्। गृहमन्त्री सुदन गुरुङ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री...
थन्किएका २५ लाखभन्दा बढी लाइसेन्स छापिए, अब नयाँ सेवाग्राहीले लामो समय कुर्नु नपर्ने
काठमाडौं । लामो समयदेखि छपाइ हुन नसकेर थन्किएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम अन्तिम चरणमा पुगेको छ। सुरक्षण मुद्रण केन्द्रले पुराना मितिका करिब २९ लाख लाइसेन्समध्ये २५ लाख ९२ हजार ४ सय १७ वटा लाइसेन्स छापिसकेको जनाएको छ।...
एकैपटक ६ देशमा इरानको मिसाइल र ड्रोन हमला
काठमाडौँ । इरानले अमेरिकी हमलाको जवाफी कारबाहीस्वरूप पश्चिम एसियाका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डा र रणनीतिक संरचनालाई लक्षित गर्दै आइतबार मिसाइल तथा ड्रोन हमला गरेको जनाएको छ। इरानले जोर्डन, कुवेत, कतार, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा...
कोशी अस्पतालको अतिक्रमित जग्गा हटाउने प्रक्रिया अघि बढ्यो
काठमाडौं । मोरङको विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमण भएका जग्गा खाली गराउने प्रक्रिया अघि बढेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र गृहमन्त्री सुदन गुरुङको संयुक्त निर्देशनपछि कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया अघि बढेको हो। अतिक्रमित जग्गामा...
कम्पनी विधेयकलाई लगानी र उद्योगमैत्री बनाउन संशोधनको माग
काठमाडौं । उद्योग संगठन मोरङले नेपाल सरकारले सार्वजनिक गरेको कम्पनी विधेयक, २०८३ लाई कम्पनी कानूनलाई आधुनिक, डिजिटल तथा अन्तर्राष्ट्रिय अभ्यास अनुरूप विकास गर्ने सकारात्मक पहलका रूपमा स्वागत गर्दै निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता, लगानी प्रवर्द्धन तथा व्यवसाय सहजतालाई थप सुदृढ...
बाढी पसेपछि कीर्तिपुरका सुकुम्बासीलाई खरिपाटीको होल्डिङ सेन्टरमा स्थानान्तरण
काठमाडौं । अविरल वर्षाका कारण कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी डुबानमा परेपछि खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ। कीर्तिपुरको होल्डिङ सेन्टरबाट ८९ जना सुकुम्बासीलाई खरिपाटी सारिएको हो। केही सुकुम्बासीलाई भक्तपुरको बोडेमा सारिएको छ। सरकारले सुकुम्बासी बस्ती हटाएको तर...
सस्तो ब्याजमा ऋण लिएर ‘घर-घडेरी’ बनाउने बढेः बैंकले बढाए लगानी, कुनले कति दिए कर्जा?
काठमाडौँ । सर्वसाधारण बैंकबाट कर्जा लिएर घर बनाउनेतर्फ आकर्षित हुँदै गएका छन् । पछिल्ला केही वर्ष सुस्त बनेको व्यक्तिगत आवासीय कर्जाको क्षेत्र अहिले पुनः सक्रिय हुँदै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूले घर निर्माण र खरिदका लागि उपलब्ध...
बलेफी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष भाडाको घरमा, एक वर्षमै ४ लाख २० हजार खर्च
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदनमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ र उपाध्यक्ष सरु लामा तामाङका लागि कानून विपरीत घर भाडामा लिएर ४ लाख २० हजार रुपैयाँ खर्च गरेको पाइएको...
एनसेलमा भू–सेवाको ओटीपी नआउने, सिम परिवर्तन गर्न आग्रह
काठमाडौं । भूमि व्यवस्था तथा अभिलेख विभाग र एनसेल आजिआटा लिमिटेडबीच एसएमएस सेवा सम्बन्धी सम्झौता नवीकरण नभएपछि एनसेल सिममा ओटीपी (कोड) आउन बन्द भएको छ। विभागले एक सूचना जारी गर्दै एनसेलले एसएमएस सेवा सम्झौता नवीकरण गर्न ध्यान नदिएको भन्दै...
भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कारबाहीमा
काठमाडौं । वैदेशिक रोजगार विभागले कानुनी व्यवस्था उल्लंघन गर्दै नेपाली कामदारलाई भारतीय विमानस्थलबाट विदेश पठाउने १५९ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ उल्लंघन गरेको ठहर गर्दै ती कम्पनीलाई पहिलोपटक सचेत गराएको...
दिपायल सिलगढी नगरपालिका: एक वर्षमा खाजा–खाना र बैठक भत्तामा ६८ लाख, सवारी मर्मतमा ४५ लाख खर्च
काठमाडौँ । डोटीको दिपायल सिलगढी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा विविध खर्च, सवारीसाधन मर्मत, बैठक भत्ता तथा पदाधिकारी सुविधामा ठूलो रकम खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सार्वजनिक...
‘चुपचाप तमसूक फाड’ नारासहित मिटरब्याज पीडित काठमाडौँतर्फ
काठमाडौँ । जनकपुरबाट असार २५ गते सुरु भएको मिटरब्याजविरुद्धको पैदल न्याय मार्च आज चौथो दिन लालबन्दीबाट अगाडि बढेको छ। राज्यलाई आफ्नो मागप्रति गम्भीर बनाउन र हकअधिकारको सुनिश्चितताका लागि सुरु गरिएको यो यात्रा काठमाडौँ नपुगेसम्म नरोकिने आयोजकहरूले बताएका छन्। मार्चमा...




















