सातै प्रदेशमा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न बालेन शाहको निर्देशन

काठमाडौं । बालेन्द्र शाह (बालेन) ले देशका सातै प्रदेशमा आधुनिक सुविधासहितका बर्न (जलन) उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा बालेनले प्रमुख...


शिक्षा अधिकृतको शरीरमा मोबिल छर्किने वडा सदस्य पक्राउ

काठमाडौं । दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतको शरीरमा मोबिल छर्किने वडा सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य ४२ वर्षीय उत्तम बुढाथोकी...


यातायात कार्यालयको सेवाहरू अनिश्चितकालीन बन्द

काठमाडौं । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र एकान्तकुना ललितपुरले विभिन्न सेवाहरू अनिश्चितकालका लागि बन्द भएको बताएको छ। यातायात व्यवस्था विभागमा रहको सर्भरमा आएको समस्याका कारण ईडीएलभीआरएस प्रणाली अवरुद्ध भएकाले कार्यालयबाट प्रवाह हुने लाइसेन्स वितरण, दुई प्राङ्गे सवारी साधनको...


देशभर वर्षा र पहिरोको असरः १३ स्थानमा राजमार्ग तथा सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो, लेदो र सडक भासिने घटनाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार दिउँसो १ः२० बजेसम्म १३ स्थानका सडकमा सवारी आवागमन प्रभावित भएको जनाएको छ।...


चोरी भएका ५१ वटा मोटरसाइकल र स्कुटर फेला, सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारीसाधन फेला पारेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। प्रहरीका अनुसार सोमबार आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले...


विभिन्न सञ्चारमाध्यमको कार्यालय गेटमै शंकास्पद गाडी पार्किङ, तत्काल छानबिन गर्न महासंघको माग

काठमाडौं । विभिन्न सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारहरूलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित...


आधुनिक कतारका योजनाकार शेख हमाद बिन खलिफाको निधन

काठमाडौं । आधुनिक कतारका प्रमुख योजनाकार तथा पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ। कतारको शाही दरबार (अमिरी दिवान)ले आइतबार उनको निधनको पुष्टि गरेको हो। निधनको कारण सार्वजनिक गरिएको छैन। कतार सरकारले...


कर्णालीमा विद्युत् अवरोध समाधान गर्न यान्त्रिक क्रेन पठाइने

काठमाडौँ । सरकारले कर्णाली प्रदेशमा पटक–पटक हुने विद्युत् अवरोधको समस्या समाधान गर्न आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा उक्त निर्णय गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा लाइन...


सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...


जाजरकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुईजनाको सकुशल उद्धार

काठमाडौं । अविरल वर्षाका कारण जाजरकोटमा आएको पहिरोमा पुरिएर एकजनाले ज्यान गुमाएका छन् भने पहिरोमा पुरिएका दुईजनाको सकुशल उद्धार गरिएको छ। जाजरकोटको भेरी नगरपालिका वडा नम्बर २ स्थित राङ्सी बस्ने अंदाजी ६० वर्षीया जयशिला शाहको अस्थाई आवास (टहरा) मा...


बाढीको त्रासले रोकियो १११ मेगावाटको रसुवागढी जलविद्युत्

काठमाडौँ । ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ। खोलामा बहाव बढ्दै गएपछि आयोजनाको सुरुङतर्फ पानी लैजाने गेट बन्द गरी विद्युत् उत्पादन...


कुवेतस्थित अत्याधुनिक अमेरिकी मिसाइल प्रतिरक्षा प्रणाली ध्वस्त

काठमाडौं । मध्यपूर्वमा जारी युद्धमा कुवेतमा रहेको अत्याधुनिक अमेरिकी प्रविधिको प्याट्रियोट मिसाइल प्रतिरक्षा प्रणालीलाई आज इरानले ध्वस्त पारिदिएको गल्फ टाइम्सले जनाएको छ । गएराति अमेरिकाले इरानका विभिन्न स्थानमा गरेको बमबारीको बदलामा इरानले पनि कुवेत र बहराईनस्थित अमेरिकी बेस क्याम्पमा...


गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

काठमाडौँ । गणेश नेपालीको परिवार र सरकारबीच नौबुँदे सहमति भएको छ ।  


आधा दर्जन मन्त्रीले गरे खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन

काठमाडौं । कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँका सुकुम्बासीहरूलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा सारिएको छ भने आज आधा दर्जन मन्त्रीहरूले अवलोकन गरेका छन्। गृहमन्त्री सुदन गुरुङ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री...


थन्किएका २५ लाखभन्दा बढी लाइसेन्स छापिए, अब नयाँ सेवाग्राहीले लामो समय कुर्नु नपर्ने

काठमाडौं । लामो समयदेखि छपाइ हुन नसकेर थन्किएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम अन्तिम चरणमा पुगेको छ। सुरक्षण मुद्रण केन्द्रले पुराना मितिका करिब २९ लाख लाइसेन्समध्ये २५ लाख ९२ हजार ४ सय १७ वटा लाइसेन्स छापिसकेको जनाएको छ।...


एकैपटक ६ देशमा इरानको मिसाइल र ड्रोन हमला

काठमाडौँ ।  इरानले अमेरिकी हमलाको जवाफी कारबाहीस्वरूप पश्चिम एसियाका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डा र रणनीतिक संरचनालाई लक्षित गर्दै आइतबार मिसाइल तथा ड्रोन हमला गरेको जनाएको छ। इरानले जोर्डन, कुवेत, कतार, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा...


कोशी अस्पतालको अतिक्रमित जग्गा हटाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं । मोरङको विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमण भएका जग्गा खाली गराउने प्रक्रिया अघि बढेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र गृहमन्त्री सुदन गुरुङको संयुक्त निर्देशनपछि कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया अघि बढेको हो। अतिक्रमित जग्गामा...


कम्पनी विधेयकलाई लगानी र उद्योगमैत्री बनाउन संशोधनको माग

काठमाडौं । उद्योग संगठन मोरङले नेपाल सरकारले सार्वजनिक गरेको कम्पनी विधेयक, २०८३ लाई कम्पनी कानूनलाई आधुनिक, डिजिटल तथा अन्तर्राष्ट्रिय अभ्यास अनुरूप विकास गर्ने सकारात्मक पहलका रूपमा स्वागत गर्दै निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता, लगानी प्रवर्द्धन तथा व्यवसाय सहजतालाई थप सुदृढ...


बाढी पसेपछि कीर्तिपुरका सुकुम्बासीलाई खरिपाटीको होल्डिङ सेन्टरमा स्थानान्तरण

काठमाडौं । अविरल वर्षाका कारण कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी डुबानमा परेपछि खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ। कीर्तिपुरको होल्डिङ सेन्टरबाट ८९ जना सुकुम्बासीलाई खरिपाटी सारिएको हो। केही सुकुम्बासीलाई भक्तपुरको बोडेमा सारिएको छ। सरकारले सुकुम्बासी बस्ती हटाएको तर...


सस्तो ब्याजमा ऋण लिएर ‘घर-घडेरी’ बनाउने बढेः बैंकले बढाए लगानी, कुनले कति दिए कर्जा?

काठमाडौँ । सर्वसाधारण बैंकबाट कर्जा लिएर घर बनाउनेतर्फ आकर्षित हुँदै गएका छन् । पछिल्ला केही वर्ष सुस्त बनेको व्यक्तिगत आवासीय कर्जाको क्षेत्र अहिले पुनः सक्रिय हुँदै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूले घर निर्माण र खरिदका लागि उपलब्ध...