नक्कली भुटानी शरणार्थी काण्डमा बालकृष्ण खाँड र टोप बहादुर रायमाझी दोषी ठहर, आरजु राणालाई मुद्दामा ल्याइएन
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी काण्डमा छानविनमा परेका पूर्व मन्त्रीहरु बालकृष्ण खाँड र टोप बहादुर रायमाझीलाई दोषी ठहर गरेको छ । आज जिल्ला अदालतमा भएको सुनुवाईपछि न्यायाधीश तेज बहादुर खड्काको इजलासले यस्तो फैसला सुनाएको हो ।...
विश्वस्तरीय पुरस्कार जितेको प्रोटोन ई.एमएएस–५ अब नेपालमा, स्मार्ट फिचरसहितको नयाँ ईभी छिट्टै सार्वजनिक
काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार–विजेता प्रोटोन ई.एमएएस—५ नेपालमा छिट्टै सार्वजनिक हुने भएको छ । पूर्ण रूपमा विद्युतीय यो कम्प्याक्ट एसयूभीले आधुनिक प्रविधि, स्मार्ट सुविधा तथा विश्वस्तरमा प्रमाणित गुणस्तरमार्फत नेपाली ग्राहकलाई उत्कृष्ट सवारी अनुभव...
फितलो मौद्रिक नीति, सुस्त अर्थतन्त्रलाई ऊर्जा दिन चुक्यो राष्ट्र बैंक
समाचार टिप्पणी नेपालको अर्थतन्त्र यतिबेला असामान्य सुस्तताको चक्रमा फसेको छ। बैंकिङ प्रणालीमा पर्याप्त रकम थन्किएको छ, तर त्यो उत्पादन र व्यवसायसम्म पुग्न सकेको छैन। उद्योगधन्दा क्षमताभन्दा निकै कम उत्पादनमा सीमित छन्। निर्माण व्यवसायले गति गुमाइसकेको छ। पूँजी बजार निरन्तर...
ठूला विद्युतीय सवारी खरिद गर्न बैंकबाट बढी ऋण पाइने, मौद्रिक नीतिले कर्जा–मूल्य अनुपात बढाउने संकेत
काठमाडौं । सरकारले सार्वजनिक सवारीका रूपमा सञ्चालन हुने ठूला विद्युतीय सवारी खरिदका लागि बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध हुने कर्जाको सीमा बढाउने संकेत गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत सार्वजनिक यातायातमा प्रयोग...
वाणिज्य बैंकलाई विदेशी बन्डमा लगानी गर्न नीतिगत सहजता गर्ने छौंः प्रवक्ता गुरु
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु प्रसाद पौडेलले वाणिज्य बैंकहरूलाई विदेशमा जारी हुने बन्डमा लगानी गर्न नीतिगत सहजता गरिने बताएका छन्। आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरिएको मौद्रिक नीतिपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले...
वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गरिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गर्ने व्यवस्था गरेको छ। विदेशी मुद्रा खरिदबाट बैंकिङ प्रणालीमा आउने तरलताको व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा...
राष्ट्र बैंकले बैंकिङ निर्देशन सरल बनाउने, कर्जा र ब्याजदरसम्बन्धी नियम पुनर्लेखन गरिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई जारी गरिएका निर्देशनलाई थप सरल, स्पष्ट र व्यवहारिक बनाउने बताएको छ। मौद्रिक नीतिअनुसार नियमनलाई सहज र सुपरिवेक्षणलाई प्रभावकारी बनाउन हालका निर्देशनमा रहेका भाषागत...
बैंकको खर्च घटाएर ग्राहकलाई सस्तो र गुणस्तरीय सेवा दिने राष्ट्र बैंकको नीति
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको सञ्चालन खर्च घटाई त्यसको प्रत्यक्ष लाभ ग्राहकसम्म पुर्याउने नीति लिएको छ। मौद्रिक नीतिअनुसार वित्तीय क्षेत्र सुधारलाई अघि बढाउँदै बैंक तथा वित्तीय संस्थाको शाखा...
आगामी आर्थिक वर्षमा मुद्रास्फिति ५.५ प्रतिशतभित्र रहने प्रक्षेपण
काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा आगामी आर्थिक वर्षमा मुद्रास्फिति ५.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। वाह्य आपूर्तिजन्य कारण मुद्रास्फीतिमा दबाव बढ्दै गएकोमा आन्तरिक मागमा हुने विस्तारले समेत मुद्रास्फीतिमा केही...
व्यक्तिगत जमानीको असिमित दायित्व हटाइँदै, चेक बाउन्समा कालोसूची व्यवस्था पनि सहज हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत कर्जा प्रवाह, कर्जा व्यवस्थापन तथा बैंकिङ पहुँचसँग सम्बन्धित विभिन्न नीतिगत व्यवस्थामा सुधार गर्ने घोषणा गरेको छ। मौद्रिक नीतिअनुसार कर्जाको सुरक्षणका लागि व्यक्तिगत जमानीबाट असिमित दायित्व सिर्जना हुने...
यूएईद्वारा १११ नेपाली कैदीलाई आममाफी
काठमाडौं। नेपालीहरूको प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ईद अल अधा २०२६ को अवसरमा १११ नेपाली कैदीलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयको निर्देशनअनुसार अबुधाबीस्थित नेपाली दूतावासले यूएई सरकारसमक्ष गरेको अनुरोधका आधारमा उक्त...
काठमाडौंस्थित जर्मन दूतावासमा रोजगारीको अवसर, कसरी दिने आवेदन?
काठमाडौं । काठमाडौंस्थित जर्मनीको संघीय गणतन्त्रको दूतावासले राजदूतावासका लागि रेसिडेन्स म्यानेजर (आवास प्रबन्धक)/हाउसकिपर (गृहकर्मी) पदमा कर्मचारी माग गरेको छ। उक्त पदमा नियुक्त हुने व्यक्तिले राजदूत निवासको दैनिक सञ्चालन व्यवस्थापन, सरसफाइ, मर्मतसम्भार, अतिथि सत्कार, औपचारिक कार्यक्रमको तयारी तथा व्यवस्थापन, भान्सा...
एक्सबक्समा सबैभन्दा ठूलो असर, माइक्रोसफ्टले ४,८०० कर्मचारी कटौती
काठमाडौं। विश्वको अग्रणी प्रविधि कम्पनी माइक्रोसफ्टले संगठनात्मक पुनर्संरचनाअन्तर्गत करिब ४ हजार ८ सय कर्मचारीको रोजगारी कटौती गर्ने निर्णय गरेको छ। यो संख्या कम्पनीका कुल कर्मचारीको करिब २.१ प्रतिशत बराबर हो। यस निर्णयको सबैभन्दा ठूलो प्रभाव कम्पनीको गेमिङ व्यवसाय ‘एक्सबक्स’...
स्वास्थ्यकर्मीमाथि राज्यको धरपकड, मन्त्रीको राजीनामा माग्दा पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा माग गर्ने स्वास्थ्यकर्मी नवेश अधिकारीलाई राज्यले धरपकड गरेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले हिजो सोमबार साँझ साढे ७ बजे जनकपुरबाट पक्राउ गरेको हो। उनको पक्राउपछि मन्त्रीको आलोचना गरेको र...
भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि सरकारले ल्यायो ‘राष्ट्रिय सदाचार नीति’ (पूर्णपाठ)
काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता, स्वार्थको द्वन्द्व तथा नैतिक विचलन नियन्त्रण गर्दै सुशासन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘राष्ट्रिय सदाचार नीति, २०८३’ लागू गरेको छ। असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त नीतिले सार्वजनिक निकाय, राजनीतिक दल, निजी...
एआई चिपको बढ्दो मागले दोस्रो त्रैमासिकमा सामसुङको नाफा ५८ अर्ब डलर पुग्ने
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विस्तारसँगै उच्च क्षमताका मेमोरी चिपको माग तीव्र रूपमा बढेपछि दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो इतिहासकै उत्कृष्ट त्रैमासिक नाफा हासिल गर्ने संकेत दिएको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक वित्तीय विवरणअनुसार सन्...
ट्राफिक कारवाहीबाट एकैदिन साढे २२ लाख जरिवाना संकलन
काठमाडौं । काठमाडौं उपत्यकामा भएको चौबीस घण्टे ट्राफिक कारवाहीमा १ हजार ९९१ चालक कारवाहीमा परेका छन् भने उनीहरूबबाट २२ लाख ४८ हजार ५१२ रुपैयाँ जरिवाना संकलन भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार मापसे गरी सवारी चलाउने...
पासपोर्ट छपाइ अनियमिततामा अर्बौँको क्षति भएको दाबी, लेखा समितिमा उठ्यो विषय
काठमाडौँ । राहदानी (पासपोर्ट) छपाइ प्रक्रियामा भएको भनिएको भ्रष्टाचार तथा अनियमितताको विषय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा उठेको छ। मंगलबार बसेको समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले राहदानी खरिद तथा छपाइ प्रक्रियामा भएको भनिएको अनियमितताबारे तत्काल छानबिन अघि...
सुनचाँदीको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
आजै आउँदै मौद्रिक नीति, लचिलो कार्यदिशासहित कर्जा विस्तारमा जोड
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ। आर्थिक अनुसन्धान विभागले तयार पारेको मस्यौदामाथि व्यवस्थापन तहमा छलफल भइरहेको छ भने त्यसको स्वीकृतिपछि सञ्चालक समितिबाट अन्तिम निर्णय गरी आजै...
















