विष्णु पौडेललाई अझै पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अझै पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजालासले पाँथ दिन म्याद थप गरेको हो। उनलाई...
अन्ततः गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न सरकारले दियो स्वीकृति
काठमाडौं । सुदूरपश्चिमको कैलालीस्थित गेटा अस्पताललाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न अन्ततः सरकारले स्वीकृति प्रदान गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले गेटा अस्पताललाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति दिएको हो। उक्त स्वीकृति पाएसँगै...
यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका ८ निर्णय
काठमाडौँ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न आठ निर्णय गरेको छ । सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए । बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज...
गोविन्द बहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त
काठमाडौँ । सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । वर्तमान मुख्यसचिव सुमनराज अर्याल असार २६ गते अनिवार्य अवकासमा जाने भएपछि सरकारले नयाँ नियुक्ति गरेको हो ।
सिभिल हस्पिटलमा ३ करोडको औषधि घोटाला, आठजना कर्मचारीमाथि मुद्दा
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) को फार्मेसी शाखामा औषधि खरिद, भण्डारण र व्यवस्थापनमा भएको घोटालामा संलग्न आठ जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ। अस्पतालको फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधि आपूर्तिकर्ता कम्पनीहरूसँग...
घुस खाँदा रंगेहात समातिएका नासुविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं । भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेलविरुद्ध ४० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कण्डेलले जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग...
ठेक्का दिलाइदिने भन्दै करोडौं ठगी, अभिषेक गिरी पक्राउ
काठमाडौं । ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा मोरङको विराटनगर महानगरपालिका–८ मधुमारा निवासी ४८ वर्षीय अभिषेक गिरी पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौंबाट सोमबार उक्त मुद्दामा पक्राउ पुर्जी जारी भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई...
बिपी प्रतिष्ठानका बिरामीलाई निजी अस्पताल लैजाने आरोपमा १२ जना पक्राउ
काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई विभिन्न बहाना बनाएर निजी स्वास्थ्य संस्थामा लैजाने प्रयास गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका अनुसार पक्राउ परेकाहरूले बिरामी तथा उनका आफन्तलाई औषधि किनेर ल्याइदिने...
व्यवसायीसँग बालेनको पहिलो संवाद: ‘अर्थतन्त्रको ड्राइभिङ सिटमा निजी क्षेत्र राख्छौं, धरपकड गर्ने उद्देश्य छैन’
काठमाडौं । बालेन शाहले पदभार सम्हालेपछि पहिलो पटक निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग औपचारिक छलफल गरेका छन्। सरकारका पछिल्ला कदमप्रति उद्योगी–व्यवसायीबाट चर्को असन्तुष्टि र चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रमुख छाता संगठनका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा...
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर शिक्षकमा जागिर, परे अख्तियारको फन्दामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा सिरहाका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सिरहाको धनगढीमाई नगरपालिका–स्थित जनता माध्यमिक विद्यालय, वेतहा भवानीपुरमा माध्यमिक तह तृतीय...
विद्युत प्राधिकरणको नयाँ विधिविरुद्ध इप्पानको आपत्ति, खारेजीको माग गर्दै ऊर्जामन्त्रीलाई बुझाए ज्ञापनपत्र
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नेपाल विद्युत प्राधिकरणले जारी गरेको ‘विद्युत शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ तत्काल स्थगन गरी सरोकारवाला निकायका प्राविधिक प्रतिनिधिहरू सम्मिलित कार्यदल गठन गरेर मात्र परिमार्जनसहित लागू गर्न सरकारसँग माग गरेको छ।...
आज मन्त्रिपरिषदको बैठक बस्दै
काठमाडौ । आज बुधबार वालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो साढे ३ बजेदेखि बस्न लागेको हो। बैठकमा सरकारका नियमित कार्यसूची, समसामयिक राजनीतिक तथा प्रशासनिक निर्णयहरूका विषयमा छलफल हुने...
गुणस्तरहीन ‘तेज’ तेल बेच्दै सिद्धार्थ आयल इन्डस्ट्रिज, ९ महिनामै एक अर्बभन्दा बढीको व्यापार
काठमाडौँ । नेपाली बजारमा गुणस्तरहीन तेल बिक्री वितरण गर्दै आइरहेको सिद्धार्थ आयल इन्डस्ट्रिजले ९ महिनामा एक अर्बमाथिको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्मको अवधिमा एक अर्ब एक करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी...
निजी क्षेत्रको चर्को असन्तुष्टिपछि बालेनले खोले संवादको ढोका, ब्यवसायीसँग पहिलो पटक सिंहदरबारमा भेटवार्ता
काठमाडौं । सरकार गठन भएयता निजी क्षेत्रसँग दूरी बढाएको आरोप खेपिरहेका बालेन शाह अन्ततः उद्योगी–व्यवसायीसँग औपचारिक संवादमा बसेका छन्। सरकारका पछिल्ला कदमप्रति उद्योगी–व्यवसायीबाट चर्को असन्तुष्टि र चौतर्फी आलोचना भइरहेका बेला शाह पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्न तयार...
गलत काम गर्नेमाथि निर्मम बन्नू, मिसन १६ खर्ब राजस्व संकलनका लागि लाग्नुस्: अर्थमन्त्री डा.वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई राजस्व संकलन लक्ष्यका लागि इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । सरकारको राजस्व संकलन गर्ने प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ जिम्मेवारी पाएका...
रौतहटको गढीमाई नगरपालिकाका दुई नदीजन्य पदार्थ ठेक्कामा करोडौं भ्रष्टाचार
काठमाडौं । रौतहटको गढीमाई नगरपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा बालुवा, गिट्टी र ग्राभेल ठेक्का सञ्चालनका क्रममा भएको राजस्व हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। यी दुवै मुद्दा असार २३ गते विशेष अदालत,...
घट्यो सुनको मूल्य, बुधबार प्रतितोला कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको...
सिरहाको सब–डिभिजन वन कार्यालय प्रमुख घुस सहित रंगेहात पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले सिरहाको सब–डिभिजन वन कार्यालय बन्दिपुरका कार्यालय प्रमुखलाई घुस सहित रंगेहात पक्राउ गरेको छ। सब–डिभिजन वन कार्यालय प्रमुख (अधिकृत आठौं) राम केवल राय यादवलाई उद्योगको लागि ल्याइएको काठहरू शिलबन्दी अनुसार...
शारजाहबाट कराँची उडेको पाकिस्तानी कार्गो विमान सम्पर्कविहीन
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहबाट पाकिस्तानको कराँचीका लागि उडेको पाकिस्तान के–टू एयरवेजको कार्गो विमान सम्पर्कविहीन भएको छ। विमानसँग सम्पर्क टुटेपछि पाकिस्तानी नौसेना, वायुसेना तथा अन्य सम्बन्धित निकायले खोजी तथा उद्धार अभियान तीव्र बनाएका छन्। बीबीसी उर्दूका...
सरकारको कडाइ : ४४ निर्माण व्यवसायीको लाइसेन्स खारेज
काठमाडौं । सरकारले इजाजतपत्र नवीकरण नगरेका ४४ निर्माण व्यवसायीको लाइसेन्स स्वतः खारेज गरेको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२...



















