नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१ चैत्र २०७७, आईतवार ०९:४७

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २५ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्री खुल्ला भएको छ । एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सो शेयर बैंकले बिक्रीका लागि लिलाममा राखेको हो ।

सो शेयर आज चैत्र १ गतेदेखि चैत्र ६ गतेसम्ममा बढाबढ मूल्यको आधारमा बिक्री गर्न सूचना आह्वान गरिएको छ ।
आजदेखि बिक्री खुल्ला गरिएको लिलाममा न्यूनतम् ४०४ रुपैयाँ मूल्य तोकिएको छ । बढाबढ हुँदा बढि मूल्यमा आवेदन दिने लगानीकर्ताले खरिद खरिद गर्न पाउनेछन् । उक्त संस्थापक शेयरको लागि न्यूनतम १०० कित्ता र अधिकतम् २५००० कित्ता तोकिएको छ ।

त्यस्तै नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर समेत लिलाम बिक्रीमा राखिएको छ । बैंकले कोषको शेयर प्रतिकत्ता १५०४ रुपैयाँ न्यूनतम् मूल्य राखेर लिलाम बढाबढमा सहभागी हुन आह्वान गरेको हो ।

आजदेखि लिलाममा राखिएको उक्त दुई प्रकारका संस्थापक शेयर मध्ये नागरिक लगानी कोषको शेयर खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेकका अन्य कम्पनी तथा व्यक्तिहरुले आवेदन दिन सक्नेछन् भने नेशनल लाईफको हकमा प्रचलित कानून बमोजिम योग्य लगानीकर्ताहरुले आवेदन दिने सक्नेछन् ।

लिलाम गरिएको शेयर खरिद गर्न प्रस्ताव पेश गर्नको लागि बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, ट्रेड टावर, थापाथली काठमाडौँ, तथा विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र विरेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सकिने सूचनामा जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*