राष्ट्र बैंकका ११ निर्देशकहरुको सरुवा, कसको कहाँ ? (सूचिसहित)

३ चैत्र २०७७, मंगलवार १८:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकका ११ जना निर्देशकको सरुवा गरिएको छ । सरुवा गरिएकाहरुमा नौ जना कार्यकारी निर्देशक छन् भने दुई जना बरिष्ठ निर्देशकलाई विभागिय प्रमुखको जिम्मेवारी तोकिएको छ । नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकलाई विभागीय प्रमुख बनाउने प्रचलन छ ।

गभर्नर महाप्रसाद अधिकरीले आज विभागीय प्रमुखहरुको सरुवा गरेका हुन् । कार्यकारी निर्देशकद्धय निलम ढुंगाना र बम बहादुर मिश्र डेपुटी गभर्नर बनेपछि रिक्त रहेको दुई विभागमा निर्देशकलाई निमित्त तोकेर सरुवा गरिएको हो । निर्देशकद्वय दयाराम शर्मा पंगेनी र तुलसी प्रसाद घिमिरेले बरिष्ठ निर्देशक हुन् । बढुवा हुँदा उनीहरुले नै प्राथमिकता पाउने विश्वास गरिएको छ ।

आज गरिएको सुरुवा अनुसार अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्टलाई बैंक सुपरिवेक्षण विभाग, मुकुन्द क्षेत्रीलाई वित्त व्यवस्थापन विभाग, ऋषिकेश भट्टलाई सम्पती तथा सेवा व्यवस्थापन विभाग, प्रदीपराज पौड्यालले विकास बैंक सुपरिवेक्षण विभागको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै, नरेश शाक्यलाई राष्ट्र ऋण व्यवस्थापन विभाग, राम बहादुर मानन्धरलाई बैंकिङ सुमन कुमार अधिकारीलाई लघुवित्त संस्था सुपरिवेक्षण विभाग रामु पौडेललाई विदेशी विनिमय व्यवस्थापन विभाग र डा. प्रकाश कुमार श्रेष्ठलाई अनुसन्धान विभागको जिम्मा तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*