ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर बाँडफाँड केही दिन पर सर्यो

५ चैत्र २०७७, बिहीबार १०:१९

काठमाडौं । आज बाँडफाँड गर्ने तयारी गरिएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर बाँडफाँड सिडिएससीका कारण ढिलाई हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटले सबै तयारी पूरा गरिसकेको भएपनि नतिजा प्रकाशन गर्ने सिडिएससीले आगामी १३ गते शुक्रबार मात्रै उक्त बाँडफाँड गर्ने प्रस्ताव गरेपछि केही दिन ढिलाई हुने भएको हो ।
उक्त शेयरको बाँडफाँड चाँडै गर्ने सम्बन्धमा छलफल चलिरहेको एनएमबी क्यापिटलले जनाएको छ ।

गत फागुन २१ गतेदेखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्कासनमा ल्याएको थियो । सो मध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई १० प्रतिशत छुट्टाएर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिनेछ । सो शेयरमाथि १८ लाख चार हजार ६४८ वटा आवेदन परेको छ ।

कम्पनीले गोलाप्रथा विधिबाट पाँच लाख ९४ हजार जनालाई १० कित्ताको दरले शेयर बाँडफाँड गर्ने प्रि अलोटमेन्ट गरेको जनाएको छ ।

शेयर बाँडफाँडको दिन सिडिएससीको सर्भरमा अत्याधिक चाप आउने हुँदा आगामी चैत्र १३ गते बाँडफाँड गर्नुपर्ने प्रस्ताव अघि सारिएको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*