नेपालमा बैंकको शाखा संख्या १० हजार नाघ्यो, कूल १४३ वटा बैंक सञ्चालनमा

३० चैत्र २०७७, सोमबार १९:३५

काठमाडौं । नेपालमा सञ्चालन भएका बैंकहरुको कूल शाखा संख्या १० हजार नाघेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको आठ महिनाको वित्तीय विवरण अनुसार नेपालका १४३ वटा बैंक तथा वित्तीय संस्थाको कूल १० हजार ४३० वटा शाखा विस्तार गरेका छन् ।

नेपालमा २७ वटा राष्ट्रियस्तरका बाणिज्य बैंक, १९ वटा विकास बैंक, २० वटा वित्त कम्पनी, ७६ वटा लघुवित्त वित्तीय संस्था र एक वटा पूर्वाधार विकास बैंकका ति शाखा कार्यालयहरु रहेको हो । गत असार सम्ममा कूल नौ हजार ७६५ वटा शा कार्यालय रहेकोमा चालु आवको आठ महिनामा ६६५ वटा नयाँ शाखा कार्यालयहरु थपिएका छन् ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार देशभरिका ७४९ वटा स्थानीय तहमा शाखा कार्यालयको पहुँचमा पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार मूल्य सूचांकमा आधारित मुद्रास्फीर्ति ३.०२ प्रतिशत रहेको छ । केन्द्रीय बैंकको तथ्याङ्क अनुसार आयात २.१ प्रतिशतले बढेको छ भने निर्यात ७.८ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, शोधान्तरस्थिति ६८ अर्ब रुपैयाँले बचतमा रहेको छ ।

समीक्षा अवधीमा कूल विदेशी बिनिमय संचिती १२ अर्ब ३७ करोड अमेरिकी डलर बचतमा रहेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार संघीय सरकारको खर्च ५७१ अर्ब दुई करोड र राजश्व परिचालन ५७१ अर्ब २० करोड रुपैयाँ खर्च गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*