२०७८ सालको पहिलो दिन नेप्सेमा ऐतिहासिक रेडर्क, तीन हजार नजिकै पुग्यो नेप्से

२ बैशाख २०७८, बिहीबार १६:१३

काठमाडौं । नयाँ वर्षको पहिलो दिन नेप्सेमा ऐतिहासिक रेडर्क राख्दै यस साताको कारोबार सकिएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचकले हालसम्मकै उच्च बिन्दु चुम्दै ऐतिहासिक नयाँ रेकर्ड राखेको हो । आज नेप्से परिसूचक २० दशमलव ६७ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ४६ अंकमा पुगेको छ।

ऐतिहासिक रेडर्कसँगै बिहीबारसम्मको बजार पुँजीकरण ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको हो । एकै दिन नेप्से उच्च बिन्दुमा तथा बजार पुँजिकरण पनि उच्च बिन्दुमा पुगेका हुन् । नेप्से परिसूचकसँगै बिहीबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव १७ अंकले बढेर ४ सय ९२ दशमलव ४४ अंकमा पुगेको छ ।

बिहिवार २१८ कम्पनीको शेयर कारोबार भएको छ । एकै दिन यतिधेरै कारोबार भएको यो पहिलो घटना हो । आज कूल एक कलोड ९० लाख २० हजार ५२८ कित्ता शेयर ८ अर्ब ६३ करोड रुपैयामा कारोबार भएकोे छ ।

ऐतिहासिक रेडर्क कायम गर्दै अघि बढेको नेप्से बिहिवार तीन हजार नजिक पुगेको छ । दुई हजार सात सय भन्दा माथि पुगेको नेप्से अबको केही दिनमा तीन हजार माथि पुग्ने बजार विश्लेषकहरुको अनुमान छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*