पुँजि बजारमा पहिरो, नेप्से एकै दिनमा ७५ अंकको गिरावट

१२ बैशाख २०७८, आईतवार १५:१२

काठमाडौं । कोरोना महामारी फैलने क्रम बढेको र सरकारले समेत लकडाउन गर्न सक्ने अड्कलबाजीका कारण साताको पहिलो दिन शेयर बजारमा पहिरो गएको छ ।

शेयर मूल्य सूचांक नेप्से आज एकै दिन ७५.७९ अंकले घटेर २५७२.२२ मा सीमित हुन पुगेको छ । गत साता २७०० भन्दा माथि पुगेको नेप्से आज साताको पहिलो दिन गल्र्याम्मै ढल्न पुग्दा बजार पुँजिकरण समेत उच्च अंकले गिरावट आएको छ । आइतबार समग्र बजार २.८६ प्रतिशतले तल झरेको हो । सबै सूचांकहरु राताम्मे भएर शेयर मूल्य तल झरेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटनको ६.७५ प्रतिशतले ह्रास आएको छ भने हाईड्रोपावर ४.३७ र माईक्रो फाइनान्स ३.०६ प्रतिशतले तल झरेको छ । त्यस्तै जीवन बीमा २.६८ र निर्जिवन बीमा समुहको मूल्य परिसूचक ३.३४ प्रतिशतले गिरावट आएको छ ।

उच्च अंकले शेयर मूल्य घटेपनि महिला लघुवित्त र बुटवल पावर कम्पनीको शेयर मूल्य भने उच्च अंकले बढेर सकारात्मक सर्किट लागेको छ । चन्द्रागिरी हाइड्रोपावर र नारायणी विकास बैंकको शेयर मूल्य उच्च अंकले गिरावट आएको छ ।

आइतबार कूल सात अर्ब ४१ करोड २८ लाख ८४ हजार ९०१ रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*