६० करोड रुपैयाँको आईपिओ बैशाख २१ गतेदेखि खुल्दै, कति रुपैयाँको भर्दा उत्तम ?

१३ बैशाख २०७८, सोमबार ११:०९

काठमाडौं । यही बैशाख २१ गतेदेखि ६० करोड रुपैयाँ बराबरको आईपिओ खुल्ला हुने भएको छ । मध्ये भोटेकोशी विद्युत आयोजनाले आगामी बैशाख २१ गतेदेखि ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने निर्णय गरेको छ ।

केयर रेटिङबाट डबल बी इस्युअर रेटिङ पाएको कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको जनाएको छ । निष्काशन गरिने कुल शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिने र बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ । बैशाख २१ गतेबाट सुरु हुने आईपिओमा जेठ ४ गतेसम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ ।

निष्काशन बन्द छिटोमा जेठ ४ गते हुनेछ भने ढिलोमा जेठ २० गते हुनेछ। आईपीओमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्ने मध्य भोटेकोशी आयोजनाले जनाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल रहेका छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम् ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । तर गोलाप्रथाको माध्यम्बाट सर्वसाधारणलाई वितरण गरिने हुँदा १० कित्ता बढि आईपिओ भर्नुको कुनै अर्थ हुँदैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*