नेपालको पुँजि बजार ओभर भ्यालुएड, कूल बजार पुँजिकरणले जिडिपीलाई उछिन्यो

२५ जेष्ठ २०७८, मंगलवार २२:४६

काठमाडौं । नेप्सेको तथ्याङ्क अनुसार आज बजार पुँजिकरण ४१ खर्र्ब नाघेको छ । देशको कूल ग्राहस्थ उत्पादन (जिडिपी) लाई उछिन्न सफल भएको छ । नेपालको पुँजिबजारको इतिहासमा ऐतिहासिक रेडर्क राख्दै अघि पुँजिबजारले देशको जिडिपीलाई उछिन्न सफल भएको हो ।

नेपालको कूल ग्राहस्थ उत्पादन ३९ खर्ब छ । पुँजिबजारले जिडिपीलाई उछिन्नु ओभर भ्यालुएड मानिन्छ । ओभर भ्यालुएड अर्थात बास्तविक मूल्यभन्दा बढि हो । मंगलबार नेप्से २९६० को बिन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार मंगलबार नेप्सेमा कूल बजार पुँजिकरण ४१ खर्ब नौ अर्ब ५७ करोड रुपैंया पुगेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ को अन्त्य सम्ममा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड रुपैयाँ छ ।

आजको तथ्याङ्क अनुसार पुँजिबजार देशको कूल ग्राहस्थ उत्पादन (जिडिपी) को १०४.२० प्रतिशत पुगेको छ । धितोपत्र बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनको ५० देखि ७५ प्रतिशतसम्म रहेको अवस्थालाई ‘अण्डर भ्यालुड’, ७५ देखि ९० प्रतिशतमा रहनुलाई धितोपत्र बजार सन्तुलित अवस्था भन्ने बुझिन्छ भने कुल ग्राहस्थ उत्पादनको तुलनामा धितोपत्र बजारको पूँजीकरण १०० देखि ११५ प्रतिशतसम्म छ भने त्यो ओभर भ्यालुड भएको मानिन्छ ।

आज जिडिपीको १०४ प्रतिशतभन्दा माथि पुगेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि प्रेस बिज्ञप्तिमार्फत शेयर लगानीकर्ताहरुलाई सचेतपूर्वक कम्पनीहरुको विश्लेषण गरेर मात्रै लगानी गर्न र भोलिका दिनमा टाट पल्टिएको अवस्थामा कही कतैं गुनासो गर्ने ठाउँ नहुने स्मरण गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*