बैंकबाट ऋण लिने अनि तिर्दिनँ भन्नेलाई सरकारले नियन्त्रण गर्छः अर्थमन्त्री पुन

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन ऋण तिर्दिनँ भन्नेलाई सरकारले नियन्त्रणमा लिने बताएका छन् । आज बैंकर्स संघसँगको भेटघाटमा उनले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने अनि तिर्दिनँ भन्नेलाई सरकारले नियन्त्रण गर्ने जनाएका हुन् । जनताको निक्षेपबाट दिइएको बैंकको...


भोलि सार्वजनिक बिदाका दिन समेत अधिकांश बैंकले सेवा दिने, कुन कुन शाखा खुल्छन् ?

काठमाडौँ । भोलि देशभर सार्वजनिक बिदा रहेको छ । सरकारले शिवरात्री र नारि दिवसको अवसरमा बिदा दिएको हो । बैंकहरुले भने सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएका छन् । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंक र...


साढे ९ लाखको हात रित्तो हुने सर्वोत्तम सिमेन्टको आइपीओ भोलि बाँडफाँट हुँदै

काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओ भोलि अर्थात् फागुन २५ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आइपीओ शुक्रबार बिहान १० बजे बाँडफाँट हुनेछ । आइपीओमा साढे ९ लाखको हात रित्तो हुने भएको छ ।...


वर्षदिनमा बैंकिङ प्रणालीमा थपियो साढे ७ खर्ब निक्षेप, खाता संख्या कति ?

काठमाडौँ । बैंकिङ प्रणालीमा एक वर्षको अवधिमा साढे ७ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष पुष मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा कुल ६१ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । गत आर्थिक...


महालक्ष्मी विकास बैंकद्वारा नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले श्री त्रिनगर माध्यामिक विद्यालय धनगढी, कैलालीमा अध्यनरत छात्रा हिरा कुमारी जोशीलाई जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । बैंकले कक्षा दशमा अध्ययन गरी रहेकी जोशीलाई स्वर्गीय नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो ।...


निर्देशनविपरीत काम गर्ने लघुवित्त संस्थालाई छानबिन गरी कारबाहीको दायरामा ल्याउँछौंः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशनविपरीत काम गर्ने लघुवित्त वित्तीय संस्थालाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएको जिज्ञाशाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशन विपरित काम...


सानिमा बैंकको चाडपर्व विशेष योजना सार्वजनिक

काठमाडौं । आफूले इच्छाएको फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएको सानिमा बैंकले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने भएका छन् । यसका...


राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने

काठमाडौं । राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । ‘विकास ऋणपत्र २०८८ “झ” नाम दिइएको उक्त ऋणपत्रको अवधि ८ वर्षको हुनेछ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था बीमा कम्पनी...


सिंगटी हाइड्रोको लकइन अवधि कहिले सकिन्छ ?

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको लकइन समयावधि आगामी चैत २६ गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारि गर्दै यस्तो बताएको हो । कम्पनीको संस्थापक सेयर, कर्मचारीका लागि जारी गरेको सेयर र स्थानीय बासिन्दाका लागि निष्कासन...


निफ्राको १२ करोड कित्ता शेयरको लकइन अवधि आज समाप्त हुने

काठमाडौँ । निफ्रा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लक इन पिरियड आज अर्थात् फागुन २३ गते समाप्त हुने भएको छ । संस्थापक शेयरधनीहरुको लक इनमा रहेको १२ करोड ९६ लाख कित्ता शेयरको अवधि आज सकिने जनाएको हो । लक इन अवधि...


नबिल बैंकका खाताधनीलाई जरुरी सूचना

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना खाताधीलाई खातामा मोबाइल नम्बर अद्यावधिक गर्न सूचना जारी गरेको छ । यस बैंकले खातामा भएको कारोबारहरुको जानकारी मोबाइलमा एसएमएसबाटै प्रदान गर्दै आइरहेको छ । यदि कसैको मोबाइलमा कारोबारको एसएमएस नआएको खण्डमा बैंकले खातामा...


सरकारद्धारा समस्याग्रस्त सहकारी संस्थाका ऋणीलाई ३५ दिनभित्र ऋणको साँवा ब्याज तिर्न निर्देशन

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाका ऋणीलाई ३५ दिनभित्र ऋणको साँवा ब्याज तिर्न निर्देशन दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले सूचना निकालेर आफुले लिएको ऋणको सावा ब्याज ३५ दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको हो । तोकिएको समयमा ऋणको...


सामुदायिक र बीपीडब्लु लघुवित्तको एकीकृत कारोबार आजदेखि, १५ दिन शेयर कारोबार रोक्का

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज भई आज (फागुन २४ गते) देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । कारोबार ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट सुरु हुन लागेको...


कुमारी बैंकको पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको पाँच लाख २५ हजार १८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी रुबिका अग्रवालको नाममा रहेको ७५ हजार १८ कित्ता र बलराम न्यौपानेको नाममा रहेको चार लाख ५०...


कालिका लघुवित्तको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको १४ औं वार्षिक साधारण सभा आज (फागुन २४ गते) बस्दैछ । कम्पनीको सभा होटल टास्क इन्टरनेसनल प्रालिको सभाहल, बुद्धचोक, कास्कीमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै,...


चालु आर्थिक वर्षको ६ महिनामा अन्तरबैंक कारोबार साढे २५ खर्ब माथि

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अन्तर बैंक कारोबार साढे २५ खर्ब माथि रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा ५४ वटा बैंक तथा वित्तीय संस्थाले २५ खर्ब ७४ अर्ब २० करोड रुपैयाँ अन्तर बैंक...


शुक्रबार बाँडफाँट हुँदै सर्वोत्तम सिमेन्टको आइपीओ, साढे ९ लाखको हात रित्तो हुने पक्का

काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओ शुक्रबार (फागुन २५ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओ शुक्रबार बिहान १० बजे बाँडफाँट हुनेछ । आइपीओमा साढे ९ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको...


आइएमएफले नेपालका १० ठूला वाणिज्य बैंकहरुको अडिट किन गराउँदैछ ?

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)सँग लिएको विस्तारित कर्जा सुविधा (ईसीएफ) सर्तहरूमध्ये प्रमुख सर्त नेपालका बैंक वित्तीय संस्थाहरूको लेखापरीक्षण अन्तर्राष्ट्रिय लेखापरीक्षक मार्फत गराउने राष्ट्र बैंकले तयारी गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय विवरण खराब आउन थालेपछि कसरी अगाडि...


प्रति कित्ता १०५ रुपैयाँमा सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनी क्षितिज भुषालको नाममा रहेको ४० हजार २३७.६४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रति कित्ता १०५ रुपैयाँमा शेयर बिक्रीमा ल्याएको हो । यो शेयर बैंकका संस्थापक शेयरधनीले खरिद नगरेपछि...


नेरुडे र मिर्मिरे लघुवित्तले फागुन ३० गतेदेखि एकीकृत कारोबार थाल्ने

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज भएर आउदो फागुन ३० गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् । दुबै कम्पनीलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले फागुन २१ र कम्पनी रजिष्ट्रार...