बीमा समितिद्धारा नव नियुक्त सञ्चालक रिजाललाई स्वागत

काठमाडौं । बीमा समितिले नव नियुक्त संचालक रिजाललाई स्वागत गरेको छ। समितिले आज एक औपचारिक कार्यक्रम मार्फत नेपाल सरकारले बीमा समितिको संचालक पदमा नियुक्त सन्तोष रिजाललाई स्वागत गरेको हो । सरकारले हिजो रिजाललाई बीमितहरुको तर्फबाट सञ्चालक पदमा नियुक्त गरेको...


आरजु राणासँगको सेटिङमा बीमा समितिका अध्यक्ष सिलवाल, पुनर्बीमाबारे अर्थमन्त्रलाई गलत ब्रिफिङ

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले समितिकै उच्च पदस्थ अधिकारीहरु मिलेर अर्थमन्त्री जनार्दन शर्मालाई पुनर्बीमा व्यवसायबारे गलत ब्रिफिङ गरेको खुलेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार हिमालयन रि इन्स्योरेन्स कम्पनीबाट प्राप्त कमिशन पचाउन प्रधानमन्त्री पत्नी आरजु राणासँग मिलेर...


बीमा समितिमा नयाँ सञ्चालक नियुक्तसँगै भ्रष्टाचारका सेटिङ भत्किने विश्वास

काठमाडौं । बीमा समितिमा रिक्त सञ्चालक पद हिजोबाट पूर्ति भएको छ । सरकारले बीमा समितिका सञ्चालकमा दाङका सन्तोष रिजाललाई नियुक्त गरेसँगै बीमा समितिमा भइरहेको भ्रष्टाचार र सेटिङ अन्त्य हुने विश्वास लिइएको छ । दाङ घर भएका सन्तोष रिजाल बीमितको...


बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त

काठमाडौं । सरकारले बीमा समितिको सञ्चाफक समिति सदस्यमा सन्तोष रिजाललाई नियुक्त गरेको छ । बीमा समितिको रिक्त बीमितको कोटामा रिजाल सञ्चालक बनेका हुन् । मन्त्रिस्तरीय निर्णयबाट सञ्चालकमा नियुक्त भएका रिजालले आजै अर्थमन्त्रालयबाट पत्र बुझेका छन् । दाङ घर भएका...


पुनर्बीमा ब्रोकर निर्देशिका जारी भएको वर्षदिनसम्म पनि लाइसेन्स वितरण भएन,२५ फाइल पेन्डिङमै

काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धी ब्रोकर निर्देशिका ल्याएको एक बर्ष बितिसक्दा पनि लाइसेन्स भने दिन सकेको छैन । यस अघि बीमा समितिको बोर्डको बैठकले पूर्णता नपाँउदा र कीर्ते हस्ताक्षरको कारण पछिल्लो समय समितिले कुनै निर्देशिका जारी गरेको छैन...


बीमा समितिद्वारा पुनर्बीमा निर्देशिका संशोधन कार्यदललाई नियुक्ती पत्र दिन ढिलाई

काठमाडौं । सञ्चालक समितिमा समेत आवश्यक प्रक्रिया पुरा नगरिएको, कीर्ते गरिएको माईन्यूटको आधारमा नेपालका सबै बीमा कम्पनीहरुले पुनर्बीमा व्यवसाय नेपालमै दिनुपर्ने निर्णयबारे झण्डै दुई साता अघि गठन गरेको कार्यदलका सदस्यहरुलाई पत्र दिन बीमा समितिले आनाकानी गरेको छ । मंसिर...


बीमा समितिका नव प्रवेशी कर्मचारीहरुलाई युनियनद्वारा स्वागत

काठमाडौं । बीमा समितिका कर्मचारी युनियनले नव प्रवेश गरेका कर्मचारीहरुलाई स्वागत गरेको छ । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख अतिथ्यतामा बिशेष अतिथि समितिका कार्यकारी निर्देशन राजुरमण पौडेल, निर्देशक र कर्मचारी युनियनमा आवद्ध सबैले नव प्रवेश गरेका कर्मचारीलाई स्वागत...


नेपाल आउने र जाने अन्तराष्ट्रिय यात्रुको अनिवार्य कोरोना बीमा गर्ने तयारी हुँदै

काठमाडौं । नेपाल आउने र जाने अन्तराष्ट्रिय यात्रुको अनिवार्य कोरोना बीमा गर्ने तयारी हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षित हवाई उडानका लागि नेपाल भित्रिने र बाहिरिने यात्रुले अनिवार्य कोरोना बीमा सम्बन्धी प्रावधान ल्याउने भएको हो ।...


पाँच वर्षभित्रैमा जोखिममा आधारित पुँजिकोष बनाउन बीमा कम्पनीहरु सहमत !

काठमाडौं । नेपाली बीमा कम्पनीहरुमा जोखिममा आधारित पुँजि निर्माण गरेर अघि बढ्ने विषयमा लगभग सहमति जुटेको छ । आज विश्व बैंकले आयोजना गरेको छलफल कार्यक्रममा नेपालमा जीवन बीमक संघ र नेपाल बीमक संघका अध्यक्षले जोखिममा आधारित पुँजि कोष बनाउन...


भक्तपुरका किसान कृषि बीमा सेवाप्रति हैरान

काठमाडौं । भुक्तपुरको चाँगुनारायण नगपालिकामा बीमा समितिले बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। बीमा समितिका उप नर्देशक सन्तोष कार्कीको नेत्तृवमा आज कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरपालिका मेयर सोम प्रसाद मिश्र उपस्थिती रहेको थियो...


बीमा पोलिसी बनाउँदा बारम्बार सोच्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा पोलिसी बनाउँदा बारम्बार सोच्न बीमा समितिलाई आग्रह गरेको छ । कोरोना बीमाले निम्त्याएको समस्यालाई स्मरण गर्दै बीमा पोलिसी बनाउँदा गर्दा बारम्बार सोच्न अर्थमन्त्री शर्माले आग्रह गरेका हुन् । बीमा समितिको नयाँ बन्ने भवनको...


बीमा समितिमा करार सेवाको लागि ट्रेनी बीमाङ्कीमा दुईजना छनोट

काठमाडौं । बीमा समितिले ट्रेनी बीमाङ्कीमा दुईजना छनोट भएका छन् । त्यस्तै, वैकल्पिकमा एकजना पनि छनोटमा परेका छन् । गणित विज्ञान स्कूलका पहिलो ब्याजका ऋचा ढकाल र रुस्तम लावाजु ट्रेनी बीमाङ्कीमा छनोट भएका हुन् । त्यस्तै, वैकल्पिकमा सन्तोष लामिछाने...


बीमा क्षेत्रलाई अर्थमन्त्री शर्माको आह्वान, जोखिम पहिचान गरी गाउँ वस्तीमा बीमा पुर्याऔं (भिडियोसहित)

काठमाडौं । अत्याधुनिक नयाँ भवन शिलान्यास गर्न बीमा समितिमा पुगेका अर्थमन्त्री जनार्दन शर्माले सिंगो बीमा क्षेत्रलाई गरिब बस्तीहरुमा पुगेर जोखिम पहिचान गरी बीमा योजना अघि बढाउन आह्वान गरेका छन् । बीमा कम्पनीका सिईओ तथा कर्मचारीहरु बीमा समितिका सम्पूर्ण कर्मचारी...


बीमा समितिको भवन शिलान्यास कार्यक्रममा, कसले के भने ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको ललितपुरको कुपण्डोलस्थित जग्गामा नयाँ निर्माण हुन लागेको भवनको आज शिलान्यास गरेका छन् ।समितिको १० रोपनी जग्गामा ४७ करोड ३७ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन भूकम्प प्रतिरोधी हुनाका साथै अपाङ्गमैत्री हुनेछ ।...


राजुरमण पौडेलको अध्यक्षतामा पुनर्बीमा निर्देशनका विषयमा अध्ययन समिति गठन, मन्त्रालयमा समेत अध्ययन हुँदै

काठमाडौं । बीमा समितिले यही मंसिर ९ गते जारी गरेको पुनर्बीमा सम्बन्धी निर्देशनको विषयमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको अध्यक्षतामा अध्ययन समिति गठन गरिएको छ । बीमा समितिले पुष्टि गरेको छ । यसअघि यस्तो ससिति गठन गरिएको जनाए पनि...


नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिनु आवश्यक छैन : अर्थमन्त्री शर्मा

काठमाडौं । नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिन आवश्यक नरहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बीमा समितिको नयाँ भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् । उनले कार्यक्रममा बोल्दै बीमा समितिले अर्थमन्त्रालयमा पठाएको लघुबीमा व्यवसाय सम्बन्धी...


बीमा समितिकाे विवादास्पद पुनर्बीमा सम्बन्धी निर्णय अर्थमन्त्रालयले छानविन गर्दै

काठमाण्डाै । बीमा समितिले यही मंसिर ९ गते गरेकाे विवादास्पद पुनर्बीमा सम्बन्धी निर्णयबारे अर्थ मन्त्रालयले छानविन सुरू गरेकाे छ । अर्थमन्त्री बीमा समितिमा आयाेजित नयाँ भवन शिलान्यास कार्यक्रममा मन्त्री शर्माले भने, ‘पुनर्बीमा बारेमा कुराहरू आएकाे छ । के निर्देशन...


अर्थ मन्त्री शर्मा र शहरी विकाश मन्त्री भाँक्रीद्वारा बीमा समितिकाे नयाँ भवन शिलान्यास

काठमाण्डाैं । बीमा समितिकाे नयाँ भवनकाे आज शिलान्यास सम्पन्न भएकाे छ । अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकाश तथा भवन निर्माण मन्त्री राम कुमारी झाँक्रीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । बीमा समितिमा आयाेजित समाराेहमा भ्याट बाहेक ४१ कराेड...


बीमित हित संरक्षण कोष खडा गर्न बीमा समितिद्धारा अध्ययन समिति गठन गर्ने निर्णय

काठमाडौं । बीमित हित संरक्षण कोष खडा गर्न बीमा समितिले अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा बीमित हित संरक्षण कोष खडा गर्न अध्ययन समिति गठन भएको हो । समितिका कार्यकारी...


८९ करोडको लगानीमा बीमा समितिको नयाँ भवन बन्ने, मंसिर २७ गते अर्थमन्त्री शर्माले शिलान्यास गर्ने

काठमाडौं । बीमा समितिले अन्तरराष्ट्रियस्तरको सुविधासम्पन्न आफनौ नयाँ भवन बनाउने भएको छ । समितिले करीब ८९ करोड रुपैयाँ लगानीमा नयाँ भवन निमार्ण गर्न लागेको हो । समितिले भवन निर्माणका लागि चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममार्फत उक्त रकम विनियोजन गरिसकेको...