३५ दिनभित्र आवश्यक कागजात सहित दाबी भुक्तानी लिन स्टार माइक्रो इन्स्योरेन्सको आह्वान

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले लामो समयदेखि बीमा दाबी फछ्र्यौट हुन बाँकी रहेका बीमित तथा दाबीकर्तालाई आवश्यक कागजातसहित सम्पर्क गर्न आग्रह गरेको छ । कम्पनीले २०८३ असार मसान्तसम्म प्राप्त भएका तर लामो समयदेखि फछ्र्यौट हुन बाँकी रहेका...


आज देशभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा हुनसक्ने

काठमाडौं । देशका अधिकांश भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार मंगलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र...


रिलायबल नेपाल लाइफको कर्मचारी क्षमता अभिवृद्धि तथा टीओटी कार्यक्रम चितवनमा सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारीको व्यावसायिक क्षमता, नेतृत्व कौशल तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको इम्प्लोयी क्यापाबिलिटी इन्हान्समेन्ट एन्ड ट्रेनिङ अफ ट्रेनर्स (टीओटी) कार्यक्रम सम्पन्न गरेको छ । चितवनस्थित कबिलास रिसोर्टमा भदौ २१ र २२...


नापजाँच भएको १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारले पाए जग्गाधनी पुर्जा

काठमाडौं । नापजाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ७३० स्ववासी परिवारले अन्ततः जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । लामो समयदेखि जग्गाधनी पुर्जाको पर्खाइमा रहेका परिवारलाई नापी कार्यालय कपिलवस्तुले जग्गाधनी पुर्जा वितरण गरेको हो । भूमि व्यवस्था, सहकारी,...


भोटेकोशी बाढीपीडितका लागि भक्तपुर नगरपालिकाद्वारा ७५ लाख ७१ हजार आर्थिक सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भक्तपुर नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा ७५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई...


जेनजी आन्दोलनको एक वर्ष पूरा, ज्यान गुमाएकाको सम्झनामा शहीद दिवस मनाइँदै

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झना तथा सम्मानमा सरकारले आज भदौ २३ गते जेनजी शहीद दिवस मनाउँदै देशभर सार्वजनिक बिदा दिएको छ। गत वर्ष यही दिनदेखि शुरु भएको जेनजी आन्दोलनले नेपालको राजनीतिक घटनाक्रममै ठूलो परिवर्तन ल्याएको...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २३ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५०.८८ रुपैयाँ र बिक्रीमूल्य १५१.४८ रुपैयाँ कायम भएको छ। त्यसैगरी यसदिन १० जापानिज येनको खरीददर ९.७६ रुपैयाँ र...


अर्थमन्त्रीले पुँजी बजारको बिषयमा धितोपत्र बोर्ड र राष्ट्र बैंकका प्रमुखलाई डाकेर के भने ?

काठमाडौँ ।अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि कानुनी उपाय पेस गर्न निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै उनले यस्तो निर्देशन...


भोलि बिदामा बैंक बन्द नहुने, अत्यावश्यक सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । सरकारले मंगलबार सार्वजनिक बिदा दिए पनि बैंक तथा वित्तीय संस्थाहरूले अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्ने भएका छन्। नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई भदौ २३...


बाढीपीडितलाई युनिलिभरको राहत प्याकेज : ५ करोड नगद र २६ टन अत्यावश्यक सामग्री

काठमाडौं । नेपालका विभिन्न समुदायहरूमा हालै आएको बाढीबाट प्रभावित भइरहेका बेला, युनिलिभर नेपाल लिमिटेड ले राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड योगदान गरेको छ। उद्धार तथा पुनःस्थापना कार्यहरू निरन्तर भइरहेका अवस्थामा...


बाढीपहिरोको पीडा बोकेर असोज ६ गते न्यूयोर्क जाँदै बालेन

काठमाडौं । बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिकाको न्यूयोर्क जाने भएका छन् । शाहले महासभालाई असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महासभामा उनले नेपालले पछिल्लो समय...


अभिकर्ता सशक्तीकरणमा एशियन लाइफ लम्की शाखाको पहल, तीजसँगै पुनर्ताजगी कार्यक्रम

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखा कैलालीले तीज विशेष कार्यक्रमसँगै अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । शाखाले अभिकर्ताबीच आत्मीयता बढाउँदै उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । भदौ २१ गते आइतबार दिउँसो...


बाढीको १२ दिनपछि मागियो अन्तर्राष्ट्रिय सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार तथा खोजी अभियान जटिल बन्दै गएपछि नेपालले अन्तर्राष्ट्रिय सहयोगका लागि औपचारिक आग्रह गरेको छ। बाढी आएको १२ दिनपछि प्रभावित क्षेत्रको कठिन भूगोल र जलविद्युत् आयोजनाका सुरुङमा बढेको चुनौती सामना गर्न सरकारले...


राष्ट्र बैंकका गभर्नरसहित कर्मचारीले जुटाए बाढीपीडितका लागि १ करोड ३८ लाख

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३८ लाख ८८ हजार ४२५ रुपैयाँ जम्मा गरेको छ । नेपाल राष्ट्र बैंकका...


भोटेकोशी बाढीपछि सामाजिक सञ्जालमा फैलियो अफवाह, १७३ पोस्टमाथि कारबाही

काठमाडौं । नेपाल प्रहरीले भोटेकोशीको बाढीलाई लक्षित गरी सामाजिक सञ्जालमा फैलाइएका १ सय ७३ वटा भ्रामक सूचना तथा अफवाहमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । समाजमा त्रास सिर्जना गर्ने, विभाजन ल्याउने तथा उत्तेजक अभिव्यक्ति दिने खालका सामग्रीमाथि प्रहरीले निगरानी...


‘राति घरमै छिरेर वृद्ध दम्पती बन्धक, गरगहना र नगद लुटेर फरार’

काठमाडौं । वृद्ध दम्पतीलाई बन्धक बनाएर घरमा डकैती गरेको आरोपमा प्रहरीले रामेछापबाट पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान, सोही ठाउँका...


राष्ट्रपति पौडेलको आह्वान : ‘दोषारोपण होइन, राष्ट्रिय एकताको समय हो’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि उत्पन्न कठिन परिस्थितिमा सम्पूर्ण राजनीतिक दल र नागरिकलाई एकताबद्ध हुन आह्वान गरेका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिले दोषारोपण वा राजनीतिक...


नेटटीभीलाई १८ करोड र हिमालयलाई १४ करोड ६४ लाखमा एनपीएल–३ को प्रसारण अधिकार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकारसम्बन्धी बोलपत्र तथा खरिद प्रक्रिया सम्पन्न गरेको छ । क्यानले सोमबार सार्वजनिक गरेको विवरणअनुसार एनपीएलको तेस्रो संस्करणको ओटीटी अधिकार वर्ल्डवाइड रूपमा...


रसुवा, नुवाकोट र धादिङमा स्वास्थ्य बीमा सहभुक्तानी र क्यापिङ हट्यो

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले रसुवा, नुवाकोट र धादिङ जिल्लामा स्वास्थ्य बीमा सेवामा लाग्दै आएको सहभुक्तानी (को-पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको छ । भदौ १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलाबाट आएको अप्रत्याशित बाढीबाट प्रभावित यी तीन जिल्लालाई नेपाल...


यी १० कम्पनीका लगानीकर्ता कमाए आज सर्वाधिक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०७ अकंले बढेर २५६०.८४ बिन्दुका कायम भएको छ । आज ३५२ कम्पनीको ९२ लाख ९८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड १५ लाख रुपैयाँको कारोबार भएको हो । सोमबार १९५...