रोहन कार्कीको संयोजकत्वमा शेयर लगानीकर्ताको ‘महासंघ’ गठनका लागि प्रक्रिया अघि बढ्यो
काठमाडौं । रोहन कार्कीको संयोजकत्वमा शेयर लगानीकर्ताको ‘महासंघ’ गठनका लागि प्रक्रिया अगाडि बढेको छ। हिजो बसेको लगानीकर्ताको भेलाले महासंघको छलफल र वार्ता गर्न समिति गठन गर्ने बिषय अघि सारिएको छ। रोहन कार्कीको संयोजकत्वमा शेयर लगानीकर्ताको ‘महासंघ’ गठनका लागि प्रक्रियाको...
नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य...
तीन शाखाका ऋणीहरुको सम्पत्ति लिलाम गर्दै ग्लोबल आइएमई बैंक
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । बैंकको चैनपुर, इटहरी र कुमारीपाटी शाखा कार्यालयहरुबाट ऋणीहरुले कर्जा लिदाका बखत गरेको लिखत सम्झौता बमोजिम समयमा नै साँवा, ब्याज भुक्तान नगरेकोले बैंकले उक्त ऋणीहरुको...
नयाँ सारथी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन सक्ने
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो । संस्थाका शेयरधनीहरु पुर्ण बहादुर खत्रीको नाममा...
हकप्रद निष्काशन प्रस्तावसहित सिंगटी हाइड्रोले डाक्यो साधारण सभा
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको हो । कम्पनीले असार १३ गते, धुम्रबराह भेन्यु, धुम्बाराही, काठमाडौँमा बिहान ११ बजे बस्नेगरी बाह्रौँ र तेह्रौँ वार्षिक...
एक्सेल डेलभपमेन्ट बैंकले डाक्यो १७औं साधारण सभा, मर्जर सम्बन्धी विशेष प्रस्ताव
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको जेठ २२ गते बसेको संचालक समितिको बैठकले वार्षिक साधारण सभा यहि असार १६ गते बस्ने निर्णय गरेको हो । सभा सिद्धार्थ होटल, विर्तामोड, झापामा...
लक्ष्मी क्यापिटलले जारी गर्यो यस्तो सूचना
काठमाडौैं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले एक सूचना जारी गरेको छ । क्यापिटलले सो सूचना मार्फत हितग्राही खाताको वार्षिक नविकरण शुल्क बुझाउन हितग्राही खातावालालाई आग्रह गरेको हो । लक्ष्मी क्यापिटल मार्फत हितग्राही खाता खोलि धितोपत्रको कारोबार गरिरहेका खातावालामध्ये नविकरण...
नेपाल राष्ट्र बैंकद्वारा कर्जा प्रवाहमा सहजता
काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्यम व्यवसायको लागि कर्जामा सहजता बनाइदिएको छ । केन्द्रीय बैंकले वित्तीय सचेतनाका लागि एक सूचना जारी गर्दै ५ करोडसम्मको कर्जाको लागि अतिरिक्त २० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्न नपर्ने प्रावधान ल्याएको छ । नवप्रवर्तन...
कुमारी क्यापिटलद्वारा हितग्राही खाता नविकरण गर्न आग्रह
काठमाडौैं । कुमारी क्यापिटल लिमिटेडले हितग्राही खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । कुमारी क्यापिटल मार्फत हितग्राही खाता खोलि धितोपत्रको कारोबार गरिरहेका खातावालामध्ये नविकरण गर्न बाकि रहेका हितग्राही खातावालालाई चालु आर्थिक वर्षको असार मसान्तभित्र नविकरण शुल्क बुझाउन...
नबिल बैंकको कम्पनी सचिवमा विश्वप्रकाश पौडेल नियुक्त
काठमाडौं । नबिल बैंक लिमिटेडको कम्पनी सचिवमा विश्वप्रकाश पौडेल नियुक्त भएका छन् । बैंकको जेठ २२ गते बसेको संचालक समितिको बैठकले बैंकको कम्पनी सचिवमा पौडेललाई चयन गरेको हो । बैंकको कम्पनी सचिवालयका प्रबन्धक पौडेललाई असार १ गतेदेखि लागू हुनेगरी...
रिडी पावर कम्पनीको बिशेष साधारणसभा असार ८ गते, हकप्रद प्रस्ताव एजेण्डामा
रिडी पावर कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कोकम्पनी सञ्चालक समितिको बैठकले विशेष साधारणसभा असार ८ गते गर्ने निर्णय गरेको छ। विशेष साधारणसभाले कम्पनीले चुक्तापुँजीको १ः०।५ अनुपात अर्थात ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित...
नेपाल पुनर्बीमा कम्पनीको वित्तीय विवरण सार्वजनिक, निर्जिवनतर्फको मुनाफा बढ्यो जीवनको घट्यो
नेपाल पुनर्बिमा कम्पनीको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक, निर्जिवनतर्फको खुद मुनाफा बढ्यो जीवनको घट्यो काठमाडौं ।नेपाल पुनर्बिमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा निर्जीवन बीमा व्यवसायतर्फ खुद नाफा विस्तार...
नेपाल धितोपत्र बोर्डद्धारा थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स, कुन-कुनले पाए ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । आजै यी कम्पनीहरुलाई बोर्डले लाईसेन्स दिएको हो । नेपाल धितोपत्र वोर्डले आज धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार...
सरकारले लिएको लक्ष्य पूरा गर्ने गरि मौद्रिक नीति ल्याउनेछौं, ब्याजदर घट्ने सम्भावना छः गर्भनर
काठमाडौं । नेपाल राष्ट बैंकका गर्भनर महाप्रसाद अधिकारीले बजेटमा आएको कुरा कार्यन्वयन गर्ने खालको मौद्रिक नीति आउने बताएका छन्। उनले मौद्रिक नीति समग्र आर्थिक क्षेत्रको विकासलाई सहज हुँने खालको ल्याइने बताएका छन्। उनले सोमबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल...
अर्थमन्त्रीले अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेरको बिषयमा संसदमा उठ्यो प्रश्न, रातारात गाडी भित्र्याएको बिषयमा छानविन गर्न माग
काठमाडौं । आगमी आर्थिक बर्षको बजेट बनाउने क्रममा अर्थमन्त्री प्रकाशशरण महतले अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर भएको भन्दै सांसदहरुले प्रतिनिधि सभामा संसदीय छानविन समिति गठन गर्न माग गरेका छन् । यस बिषयमा आज सांसदहरुले कडा रुपमा आफनो अभिव्यक्ति...
पोखरामा नेपाल लाइफको आफ्नै सुविधा सम्पन्न भवन, मुख्य शहरहरुमा पनि घर जग्गा खरिद गर्ने योजना कार्यारम्भ
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोड स्थित आफ्नै सुविधा सम्पन्न भवनको समुद्घाटन गरेको छ ।आज एक भव्य कार्यक्रम बीच यस कम्पनीका संचालक समितिका सदस्यहरु कमलेश अग्रवाल, विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने, यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत...
मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गर्न प्रभु र महालक्ष्मी लाइफको साधारण सभा कहिले बस्दैछ ?
काठमाडौं । मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गर्न प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा यहि जेठ २६ गते छुट्टाछुट्टै बस्दैछ । प्रभु लाइफको पाँचौ साधारण सभा लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजे र महालक्ष्मी लाइफ इन्स्योरेन्सको...
इप्पानको कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी घोषणा, हाइड्रोपावर क्षेत्रमा १५ वर्षको अनुभव
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को कोषाध्यक्षता पदमा युवा उर्जा उद्येमी नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् । इप्पानको आगामी जेठ ३२ गते हुने बार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दैछ । ऊर्जा तथा निर्माण व्यवसायी पन्तले...
हिमाल दोलखा हाइड्रोपावरको हकप्रदमा पहिलो दिनमै साढे ४ लाख कित्ताका लागि आवेदन
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको हकप्रद शेयरमा पहिलो दिनमै ५ हजार २८५ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज साँझ ५ बजेसम्म ४ लाख ४० हजार ३११ कित्ताका लागि आवेदन परेको हो । कम्पनीको हकप्रदमा...
रावा इनर्जीको आइपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ११ लाख ६५ हजार ५२६ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिनसम्म १ करोड २७ लाख ६१ हजार ४८० कित्ताका लागि आवेदन परेको हो । अन्तिम...




















