अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका धेरै हुनेमा अर्थसचिव उपाध्यायको जोड

काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् । अहिलेको अर्थतन्त्रका लागि निजी क्षेत्रको ठूलो सहयोग चाहिएको उनको भनाइ छ । उनले सरकारको पहिलो प्राथमिकता सुशासन, त्यसपछि आर्थिक सुधार र पूर्वाधार विकास रहेको...


एक महीनाभित्र सम्पत्ति विवरण बुझाउन सार्वजनिक पदाधिकारीलाई आयोगको सूचना

काठमाडौं । सम्पत्ति छानबिन आयोगले २०६२/०६३ सालयता सार्वजनिक पदमा बसेका व्यक्तिहरूलाई आफ्नो सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ। आयोगले वडाध्यक्षदेखि राष्ट्रपतिसम्मलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो। एक महीनाभित्र सम्पत्ति विवरण नबुझाएमा कारवाही गरिने चेतावनी समेत आयोगले दिएको...


एनआईएमबि बैंकको निमित्त सीईओको जिम्मेवारी महेश शर्मालाई

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी महेश शर्मा ढकालले पाएका छन्। बैंकको वैशाख ३० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत शर्मालाई निमित्त सीईओको रूपमा...


सुनचाँदीको भाउ बढ्यो, अब प्रतितोला कति?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँ र चाँदी...


जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक: कुनले बढायो, घटायो ?

काठमाडौं । वाणिज्य बैंकहरूले आगामी जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। अघिल्लो महिनाको तुलनामा जेठ महिनामा निक्षेपको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ।औसत ब्याजदरमा कमीः व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम औसत ब्याजदर वैशाखको ४.४ प्रतिशतविन्दुबाट घटेर जेठमा ४.३४३...


प्रतिनिधिसभाको बैठकमा आज पनि बालेन बोल्ने र नबोल्नेमा छैन टुंगो

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज ६ वटा कार्यसूची रहेका छन् । बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने पहिलो कार्यसूची छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा...


बीमा प्राधिकरणको संचालकमा भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव सुशील बाबु ढकाल नियुक्त

काठमाडौं । सरकारले अध्यादेशमार्फत बीमा ऐन, २०७९ मा संशोधन गरेको दुई साता नबित्दै बीमा प्राधिकरणमा भौतिक पूर्वाधार मन्त्रालयका सुशील बाबु ढकाल नियुक्त भएका छन् । भैतिक पूर्वधार तथा यातायात मन्त्रालयका सह–सचिव इन्जिनियर सुशील बाबु ढकाल नियुक्त भएका छन्। हालै...


सर्वाेत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ८ हजार ५०० जनाले पाए शेयर

काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैशाख २१ गतेदेखि २४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल...


रेट्रोसेसनबाहेक दुई महिनाको लागि हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक

नेपाल बीमा प्राधिकरणले दुई महिनाको लागि हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ ।प्राधिकरणले पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्य र यसअघि भएका पुनर्बीमा व्यवसायका लागि रेट्रोसेसन सम्बन्धी कार्य बाहेक आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा...


माउन्ट एभरेष्टको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ भर्ने आज वैशाख ३१ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका कुल २५ लाख...


यूनाइटेड अजोडको हकप्रद शेयर आजदेखि बन्द हुँदै

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत चैत २६ गतेदेखि निष्काशन गरिरहेको हकप्रद शेयर आज वैशाख ३१ गते बेलुकी बैंकिङ्ग समयपश्चात बन्द हुँदैछ। कम्पनीले फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूका लागि १० प्रतिशत अर्थात १० कित्ता शेयर...


सम्पत्ति विवरण नबुझाउने ५ हजारभन्दा बढी सरकारी कर्मचारीमाथि कारबाही हुने

काठमाडौं । सार्वजनिक पदमा रहेका कर्मचारी तथा पदाधिकारीमध्ये आर्थिक वर्ष २०८१/०८२ मा ५ हजारभन्दा बढीले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको आर्थिक वर्ष २०८१/०८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन बुधबार अख्तियार दुरुपयोग अनुसन्धान...


आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशच डा. चण्डिकाप्रसाद भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्।


सुर्खेतमा सटर र जग्गा भाडाबाट उठेको रकममा ३ करोड भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा सटर तथा जग्गा भाडाबाट उठेको राजस्व रकम हिनामिना गरिएको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार समितिको कार्यालयमा आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१...


आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले घटे तापनि एशियन हाइड्रोपावरको शेयरमूल्य ११.४२ प्रतिशतले बढेको छ। त्यस्तै एसवाई प्यानलको मूल्य पनि ४.६२ प्रतिशतले बढेर प्रतिकित्ता १५५८.९० रुपैयाँ कायम भएको छ। यस दिन हिमालयन बैंक लिमिटेड बण्ड २०८६ को ४.३४...


एसवाई प्यानलसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । निति तथा कार्यक्रममा शेयर बजारको सकारात्मक सन्देश नपाएपछि शेयर बजार ओरालो लाग्ने क्रम निरन्तर बढेको छ। शेयर बजारमा ओरालो लाग्दा एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, रिदि पावर, साहस उर्जा, सोलु हाईड्रो, रिलायन्स स्पिङ्ग मिल्स, नेशनल...


झिनो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ८० करोडमै सीमित

काठमाडौं । साता कारोबारको तेस्रो दिन बुधबार नेप्से परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ को विन्दुमा कायम भएको छ। आज जम्मा २ अर्ब ८० करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। नेप्से घटेको कारण आज ११ उपसूचक राताम्मे भएका...


अस्पतालको ३८ लाख हिनामिना गरेको आरोपमा अस्पताल र बैंकका ५ कर्मचारी पक्राउ

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका स्थित आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको रकम हिनामिना गरेको आरोपमा अस्पताल तथा बैंकका पाँच जना कर्मचारी पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालको सेवा शुल्क र फार्मेसीबाट औषधि...


बालेनको सट्टा स्वर्णीम वाग्लेले जवाफ दिने भएपछि संसदमा हंगामा

काठमाडौं । राष्ट्रपतिद्वारा पेश गरिएको नीति तथा कार्यक्रममा उठेको प्रश्नमा प्रधानमन्त्री बालेनको सट्टा अर्थमन्त्री स्वर्णीम वाग्लेले जवाफ दिन खोजेपछि संसदमा हंगामा मच्चिएको छ। सभामुख डोलप्रसाद अर्यालले वाग्लेलाई प्रश्नको जवाफ दिन आह्वान गर्नासाथ विपक्षी दलहरूले टेबल ठटाएर विरोध गरेका छन्।...


युनाइटेड अजोडको आम्दानी बढ्यो, अन्य सूचक कस्ता?

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म ६ करोड ९७ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीले सार्वजनिक...