कालिका लघुवित्तको नाफामा ३०४ प्रतिशतको उछाल, अन्य वित्तीय सूचक कस्ता ?
काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा अत्यन्तै उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो खुद नाफामा सहितका अधिकांश सूचकमा उल्लेख्य वृद्धि हासिल...
काठमाडौं उपत्यकामा आज विभिन्न २३ थरी कार्यक्रम, अनसनदेखि आन्दोलनसम्म
काठमाडौं । काठमाडौं उपत्यकामा आज साउन २५ गते विभिन्न २३ थरी राजनीतिक, सामाजिक तथा पेशागत संघसंस्थाका कार्यक्रम हुँदैछन् । यस दिन आन्दोलन, धर्ना, प्रदर्शन, सभा तथा सम्मेलनदेखि संघीय संसद्का बैठकसम्मका कार्यक्रम तय भएका हुन् । शाही युवा शक्ति नेपालले...
१८ करोडको नोक्सानी व्यहोरेको नेरुडे मिर्मिरे लघुवित्तले कमायो साढे २३ करोड नाफा
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार ल्याउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा निकै ठूलो नोक्सानी व्यहोरेको यस संस्थाले गत वर्ष भने उत्साहजनक रूपमा नाफा आर्जन...
तेह्रथुम पावर कम्पनीको नाफामा उछाल, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो वित्तीय अवस्थामा चामत्कारिक सुधार ल्याउन सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा नाफामा झन्डै चार गुणाले वृद्धि भएको देखिएको छ...
पञ्चकन्या माई हाइड्रोपावरको वित्तीय सुधार, ६ करोड ८५ लाख नोक्सानीबाट ६ करोड ६८ लाख नाफामा
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो वित्तीय अवस्थामा लोभलाग्दो सुधार गर्दै खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ठूलो नोक्सानीमा रहेको यस कम्पनीले समीक्षा अवधिमा आफूलाई नाफाको...
अप्पर सोलु हाइड्रोको नाफामा उत्साहजनक वृद्धि, एक वर्षमै कमायो २० करोड ८७ लाख नाफा
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो नाफामा उल्लेख्य सुधार गर्दै वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले अघिल्लो वर्षको तुलनामा आफ्नो खुद नाफामा...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन २५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरीददर १५२.०४ रुपैयाँ र बिक्रीदर १५२.६४ रुपैयाँ कायम भएको छ । त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर १०७.४६ रुपैयाँ...
नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुँदै निसानको प्रिमियम एसयूभी ‘टेकटन’
काठमाडौं । निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले नयाँ प्रिमियम एसयूभी ‘निसान टेकटन’ नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले आगामी अगस्ट ११ अर्थात् भदौ २७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत टेकटनको नेपालमा...
हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला
काठमाडौँ । कपिलवस्तुको जंगलमा हराएका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत अवस्थामा फेला परेका छन्। कपिलवस्तु नगरपालिका–३ देवनगडियाका अन्दाजी ६५ वर्षीय सिंह गत साउन २२ गते साँझ ५:३० बजेदेखि हराएका थिए। उनी बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित तौलिहवा सडकखण्डको तिलौराकोट सामुदायिक...
इसेवाले ल्यायो ‘श्रावण र शृङ्गार’, महिलाको उत्सवमा थपियो तीजको रौनक
काठमाडौँ । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘श्रावण र शृङ्गार’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम नेपाली महिलाको निम्ति विशेष मानिने साउनको महिनाको अवसरमा साउन २३ र २४ गते सञ्चालन गरिएको...
ग्यास अभावको हल्लाबीच उद्योग संघको आग्रह- ‘सिलिन्डर थुपारेर नराखौं’
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले पछिल्लो समय ग्यासको आयात बढिरहेकाले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद गरी सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ। भारतबाट सहज रूपमा एलपी ग्यास आयात भइरहेको तथा उद्योगहरूले सिलिन्डर रिफिल गरी निरन्तर बजारमा पठाइरहेकाले...
पूर्वीचौकी गाउँपालिकाको मनपरी खर्च, कार्यक्षेत्र बाहिरको सहकारीलाई १ लाख निकासा गरेको खुलासा
काठमाडौँ । डोटी जिल्लामा रहेको पूर्वीचौकी गाउँपालिकाले कानुनको धज्जी उठाउँदै आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको संस्थाका लागि बजेट निकासा गरेको खुलासा भएको छ । आर्थिक वर्ष २०८१।८२ को लेखापरीक्षणका क्रममा महालेखा परीक्षकले पालिकाले आफ्नो कार्यक्षेत्रभन्दा बाहिरका कार्यालय तथा संघ–संस्थाका लागि बजेट...
सप्त कुमार हुमागाईंको अध्यक्षतामा सिटिजन लाइफ पेशागत बीमा अभिकर्ता संघ गठन
काठमाडौं । सफल बीमा व्यवसाय, सक्षम अभिकर्ता र संगठित पेशागत हितलाई मुख्य लक्ष्य बनाउँदै ‘सिटिजन लाइफ पेशागत बीमा अभिकर्ता संघ, नेपाल’ गठन भएको छ। काठमाडौंको सामाखुसीस्थित स्काई रेस्टुरेन्टमा आज साउन २४ गते आइतबार आयोजित प्रथम अधिवेशन भेलाले सप्त कुमार...
कागजी नोट घटाउँदै डिजिटल रूपैयाँ, पाँच वर्षमा साढे चार अर्ब बचतको लक्ष्य
काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल रूपैयाँ कार्यान्वयनतर्फ अघि बढाउने तयारीसँगै मुलुकको मौद्रिक प्रणालीमा नयाँ अध्याय सुरु हुने संकेत गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको अवधारणा पत्रले डिजिटल मुद्रालाई भविष्यको भुक्तानी प्रणालीको महत्वपूर्ण आधारका रूपमा अघि सारेको हो ।...
दोलालघाटबाट बेपत्ता तिलकुमारीको शव सुनकोशीमा फेला, श्रीमान् अझै बेपत्ता
काठमाडौँ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझदेखि हराइरहेकी मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारी पराजुली मृत अवस्थामा फेला परेकी छन्। ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ स्थित सुनकोशी नदी किनारमा उनको शव भेटिएको हो। परिवारसँग गरिएको पहिचान प्रक्रियापछि शव तिलकुमारीकै भएको...
कर्जा दिन पैसा छ, लिने ऋणी छैनन्: खराब कर्जाले थिचिदै बैंक, के भन्छ इक्रा नेपालको प्रतिवेदन?
काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जाको माग कमजोर र खराब कर्जा बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्थामा जोखिम कायमै रहेको एक अध्ययनले देखाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको बैंकिङ क्षेत्रसम्बन्धी...
नीति सुधार र लगानी बढाए ७ प्रतिशत आर्थिक वृद्धि सम्भव छ : गुणाकर भट्ट
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टले विगतमा पनि नीतिगत सुधारसँगै लगानी विस्तार हुँदा...
दुई ‘अटो शो’ ले तताउँदै बजारः ईभीदेखि हाइब्रिडसम्म नयाँ गाडीको लहर
काठमाडौँ । यस वर्षको अटोमोबाइल बजार दुई ठूला प्रदर्शनीका कारण निकै चलायमान हुने देखिएको छ। यस साताबाट सुरु हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो र त्यसपछि भदौमा आयोजना हुने नाडा अटो शोले नेपाली बजारमा नयाँ सवारीसाधनको प्रवेशलाई तीव्र बनाएको हो...
क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने अच्युत दुलाल पक्राउ
काठमाडौं । क्यानडामा रोजगारी दिलाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ का ४२ वर्षीय अच्युत दुलाल रहेका छन् । वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि...
सुरक्षित लगानीको भरोसा बनेको म्युचुअल फण्डमै संकट, जोखिममा लगानीकर्ताको अर्बौं पुँजी
काठमाडौँ । सानो बचतलाई व्यवस्थित रूपमा परिचालन गर्दै शेयर बजारको जोखिमबाट तुलनात्मक रूपमा सुरक्षित प्रतिफल दिने आकर्षक माध्यमका रूपमा रहेको म्युचुअल फण्ड क्षेत्र अहिले आफैं अनिश्चितताको चपेटामा परेको छ । व्यवस्थापन, लगानीको विविधीकरण र दीर्घकालीन प्रतिफलको अपेक्षासहित हजारौँ लगानीकर्ताले...



















