वाणिज्य बैंकका सीईओसँग अर्थमन्त्रीको साढे दुई घण्टा संवाद, ‘बैंकको पैसा उत्पादनमा लगाऔँ, अर्थतन्त्र दौडाऔँ’

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई पुनः चलायमान बनाउने अभियानअन्तर्गत निजी क्षेत्रपछि बैंकिङ क्षेत्रसँग पनि प्रत्यक्ष संवाद थालेका छन्। उनले मंगलबार अर्थ मन्त्रालयमा २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग करिब साढे दुई घण्टा लामो छलफल...


अर्थमन्त्री वाग्लेले बैंकका सीईओसँग भने ‘लगानी र उत्पादन बढाउन अब निर्णयबाट पछि हट्दैनौँ’

काठमाडौँ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सरकारसँग मिलेर आर्थिक रूपान्तरणको साझा अभियानमा सक्रिय हुन आह्वान गरेका छन्। अर्थ मन्त्रालयमा मंगलबार आयोजित वाणिज्य बैंकका सीईओहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले सरकारले निजी क्षेत्रसँगको घनिभूत संवादलाई...


नेपाल लाइफको पाँच प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पाँच प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको पाँच प्रतिशत बोनस शेयरअन्तर्गत ४५,१४,३८१.६० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।


आज कुन-कुन कम्पनीको शेयर मूल्य भयो सबैभन्दा धेरै वृद्धि ?

काठमाडौं । शेयर बजार आज पनि निरन्तर दुई दिनदेखि ओरालो लागेको छ। एभरेष्ट कलरको शेयर मूल्य हिजोको तुलनामा धेरै बढेको छ। त्यस्तै, खानी खोला, जोशी हाईड्रोपावर, छ्याङदी, हिमालयन ८०।२०, छ्याङदी, महिला लघुवित्त, एनआइएमबीको डिभेञ्चर २०९०, बोर्टलर्स नेपाल (तराई) र...


खानी खोला हाईड्रोपावर सहित १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । शेयर बजारमा सुधारको संकेत देखिने आश यो साताको पहिलो कारोबारको दिनदेखि हराएको छ । आज शेयर बजार ओरालो लागेको छ । खानी खोला हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सिद्धार्थ बैंक, नेशनल हाईड्रोपावर, सेन्ट्रल फाइनान्स, रिदि पावर,...


शेयर बजार ओरालो यात्रामा, सबै उपसूचक राताम्मे

काठमाडौं । शेयर बजारमा सुधारको संकेत देखिने आश यो साताको पहिलो कारोबारको दिनदेखि हराएको छ । आज शेयर बजार ओरालो लागेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से २१।१५ अंकले घट्दा २६६३।१८ को विन्दुमा कायम भएको छ। ३४३ सूचीकृत...


आइएमई लाइफ इन्स्योरेन्सको कोशी प्रदेश सहायक प्रदेश प्रमुखमा महेन्द्र तिम्सिना

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले महेन्द्र तिम्सिनालाई कोशी प्रदेशको सहायक प्रदेश प्रमुख पदमा पदोन्नति गरेको छ। कम्पनीले तिम्सिनाको लामो अनुभव, कार्यसम्पादन र संस्थाप्रतिको योगदानलाई मूल्यांकन गर्दै उक्त जिम्मेवारी प्रदान गरेको जनाएको छ। तिम्सिनाले यसअघि कम्पनीका विभिन्न जिम्मेवारी निर्वाह...


एमजी एस५ ईभीमा प्राविधिक त्रुटि, आगलागी जोखिमपछि हजारौँ गाडी रिकल

काठमाडौँ । नेपाली अटो बजारमा समेत बिक्री वितरण भइरहेको एमजी एस५ विद्युतीय गाडी (ईभी) मा आगलागीको जोखिम रहेको तथ्य सार्वजनिक भएको छ । निर्माता कम्पनी एमजीले आफ्नै एस५ विद्युतीय गाडीमा प्राविधिक समस्या रहेको स्वीकार गर्दै विश्वभर उत्पादन भएका ९...


सावधिक जीवन बीमाबाट मात्रै साढे ८२ अर्ब बीमाशुल्क संकलन, अन्य बीमालेखबाट कति?

काठमाडौं । गत आर्थिक वर्षमा जीवन बीमा व्यवसाय गर्ने १४ जीवन बीमा र तीन लघु जीवन बीमा कम्पनीहरूले विभिन्न बीमालेखहरू जारी गरी २ खर्ब ४ अर्ब ५९ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये सबैभन्दा...


राष्ट्र बैंकको संरचना स्थिर राखौँ, अनावश्यक विस्तार नगरौँ: अर्थमन्त्री वाग्ले

काठमाडौँ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक जस्तो स्थापित र संवेदनशील संस्थाको संरचनामा बारम्बार फेरबदल गर्न नहुने बताएका छन्। मंगलबार संघीय संसद्अन्तर्गत अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी छलफलमा बोल्दै उनले संस्थाको कार्यक्षमता, स्थिरता र...


ग्यास आयात नियमित तर बजारमा अभाव, उद्योग संघले खुलायो कारण

काठमाडौँ ।  एल.पि. ग्यास उद्योग संघ नेपालले पछिल्लो समय एल.पि. ग्यासको माग बढेसँगै देशका विभिन्न स्थानमा उपभोक्ताहरू ग्यासका लागि लामो लाइनमा बस्नुपर्ने र लाइन बसेर पनि ग्यास नपाएर भौतारिनुपर्ने अवस्था सिर्जना भएको भन्दै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको...


देवानगञ्ज गोलीकाण्ड: उपचाररत घाइतेको पनि मृत्यु

काठमाडौँ । १० साउनमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको साम्प्रदायिक तनावका क्रममा सुरक्षाकर्मीले चलाएको गोलीबाट घाइते भएका एक युवकको उपचारका क्रममा ज्यान गएपछि उक्त घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। पछिल्लोपटक निधन भएका २१ वर्षीय रवीन्द्रकुमार मेहता काठमाडौंस्थित...


राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आकार हाल कायम रहेको सात सदस्यीय नै राख्न उपयुक्त हुने प्रस्ताव गरेको छ। मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थसचिव डा. घनश्याम उपाध्यायले राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि सांसदहरूले दर्ता गराएका...


१५ दिनमै करिब ११ लाख उपभोक्ता करदाता उपहारका लागि छनोटयोग्य

काठमाडौँ ।  करदाता उपहार प्रोत्साहन कार्यक्रमअन्तर्गत उपहारका लागि योग्य कारोबार संख्या करिब ११ लाख पुगेको छ । आन्तरिक राजस्व विभागका अनुसार सोमबार मध्याह्न १२ बजेसम्म क्युआरमार्फत गरिएको कारोबार र नगद खरिदपछि अपलोड गरिएका बिलसहित योग्य कारोबार संख्या १० लाख...


कोशी प्रदेशका उत्कृष्ट कर्मचारीलाई हिमालयन एभरेष्ट इन्स्योरेन्सको सम्मान

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट प्रदर्शन गर्ने कोशी प्रदेशका ईपीआई एचिभर्सहरूलाई बधाई तथा सम्मान व्यक्त गरेको छ । कम्पनीले उत्कृष्टता हासिल गर्ने कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूको मेहनत, निरन्तर प्रयास र समर्पणको प्रशंसा गर्दै उनीहरूको...


अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वटै वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुसँग छलफल गर्दै छन् । बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सीईओहरुलाई छलफलमा बोलाएका...


घट्यो सुनको मूल्य, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम...


नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा-वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ । हबको सोमबार नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरे...


समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका ३३४ जना बचतकर्ताको बचत फिर्ता गरेको छ भने पशुपति सहकारीका ७ जना बचतकर्ताले पनि आफ्नो बचत फिर्ता पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका...


सरकारले १५ वर्षे विकास ऋणपत्रमार्फत एक अर्ब उठाउँदै

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको एक महिना नपुग्दै आन्तरिक ऋण उठाउने प्रक्रिया अघि बढाएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १५ वर्षे विकास ऋणपत्रमार्फत एक हजार करोड रुपैयाँ आन्तरिक ऋण संकलन गर्न बोलकबोल आह्वान गरेको हो।...