मध्यपूर्व तनावको प्रत्यक्ष असर: घट्यो वैदेशिक रोजगारीमा जाने नयाँ कामदारको संख्या
काठमाडौँ । मध्यपूर्वमा जारी तनावका कारण वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्यामा गिरावट आएको छ । वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्ष ०८२/८३ को चैत मसान्तसम्मको तथ्यांकका आधारमा यस्तो देखाएको हो । फागुन १६ मा...
विष्णुमति खोला किनारमा चार पेस्तोल र ५८ राउण्ड गोली फेला
काठमाडौं । काठमाडौंको विष्णुमति खोला किनारबाट चार थान पेस्तोल र ५८ राउण्ड गोली फेला परेको छ। आइतबार बिहान काठमाडौं महानगरपालिका–१५ स्थित शोभाभगवती क्षेत्रमा खोला सफा गर्ने क्रममा उक्त हतियार तथा गोली भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलबाट टाइप–५४...
उपभोक्ता ठहरै, पिउने पानीकै मूल्य आकासियो
काठमाडौं । सरकारले उपभोक्तामाथि निर्मम ठगी गरेर व्यापार गर्न थालेपछि नयाँ सरकारको नियतको परीक्षा शुरु भएको छ । आम सर्वसाधारणले पिउने पानीमै अत्यधिक मूल्य वृद्धि हुँदा समेत सरकार लाचार जस्तै देखिन पुगेको छ । त्यति मात्रै नभएर सरकारले एकाधिकार...
एसियन बिस्कुटमा रौं भेटिएपछि दुई लाख रुपैयाँ जरिवाना
काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि. ले उत्पादन गरेको बिस्कुटमा रौं भेटिएपछि सरकारले उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार, उद्योगद्वारा उत्पादित डाइजेस्टिभ नट्स बिस्कुटमा रौं भेटिएको...
वित्तीय दबाबमा जगदम्बा इन्टरप्राइजेज: पुँजीको ४.६४ गुणा बढी ऋण, व्यापार साढे १४ अर्बमा सीमित
काठमाडौँ । निजी लगानीमा स्थापना भएको इस्पातजन्य डन्डी तथा पाइप उत्पादन गर्ने जगदम्बा इन्टरप्राइजेजको वित्तीय अवस्था पछिल्ला वर्षहरूमा थप दबाबमा परेको देखिएको छ । कम्पनीको ऋण भार निरन्तर उच्च रहँदै गएको छ भने व्यापार विस्तारको साटो उल्टै खुम्चिने गएको...
प्रिमियम फिचरसहितको सामसङ ग्यालेक्सी ए५७ र ए३७ फाइभ-जी नेपालमा
काठमाडौँ । सामसङ नेपालले नेपाली बजारमा ग्यालेक्सी ए५७ फाइभ–जी र ग्यालेक्सी ए३७ फाइभ–जी स्मार्टफोन सार्वजनिक गरेको छ । ए–सिरिजअन्तर्गत ल्याइएका यी नयाँ मोडलले उन्नत क्यामेरा, स्मार्ट प्रविधि र आकर्षक डिजाइनमार्फत दैनिक प्रयोगलाई अझ सहज बनाउने लक्ष्य राखेका छन् ।...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदी...
विद्युतीय महसुल सङ्कलन सहज बनाउन विद्युत् प्राधिकरणको प्रस्ताव आह्वान
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल सङ्कलन प्रक्रियालाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यसहित इच्छुक सेवा प्रदायक संस्थाबाट प्रस्ताव आह्वान गरेको छ । प्राधिकरणले विद्युतीय माध्यमबाट महसुल सङ्कलन गर्ने वा गराउने क्षमतासम्पन्न फर्म तथा संस्थालाई प्रस्ताव पेस...
फुटपाथमै पार्किङ गरेको प्रहरीको भ्यानलाई ट्राफिकको चिट
काठमाडौँ । ट्राफिक नियम उल्लंघन गर्दै फुटपाथमा पार्किङ गरिएको नेपाल प्रहरीकै भ्यानलाई ट्राफिक प्रहरीले चिट काटेको छ। नियम उल्लंघन गरी फुटपाथमा सवारी साधन पार्किङ गरेको पाइएपछि ट्राफिक प्रहरीले आवश्यक कारबाहीस्वरूप चिट काटेको हो। यस घटनाबारे नेपाल प्रहरीले पनि आफ्नो...
त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा ३५ दिनभित्र खाली गर्न अल्टिमेटम
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गा तथा अचल सम्पत्ति अनधिकृत रूपमा ओगटेर बसेका संघसंस्था, कम्पनी, स्थानीयवासी तथा व्यक्तिहरूलाई ३५ दिनभित्र खाली गर्न अल्टिमेटम दिएको छ। विश्वविद्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै उक्त अवधिभित्र जग्गा फिर्ता नगरे कानुनी...
रोजगार सम्झौता बिना काम लगाउने अभ्यास रोक्न श्रम मन्त्रालयको निर्देशन
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नलगाउन वा नगराउन सबै सरोकारवालालाई अनुरोध गरेको छ। मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफलगायत कर्मचारी तथा...
सरकारी कागजात किर्ते गरेर सम्पत्ति जोगाउने खेल, अख्तियारको जालमा परे कार्की र तिवारी
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात किर्ते गरी गलत लिखत तयार गरेको आरोपमा दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार याम कुमार कार्की र डा. भाइकाजी तिवारीको आपसी मिलेमतोमा नक्कली पत्र तयार गरी प्रयोगमा ल्याइएको...
भरत खड्का सार्वजनिक लेखा समिति सभापतिमा निर्विरोध चयन
काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापतिमा नेपाली कांग्रेसका सांसद भरत खड्का निर्विरोध चयन भएका छन् । उम्मेदवारी दर्ताका क्रममा उनको मात्रै नाम परेपछि प्रक्रिया औपचारिकतामा सीमित भएको हो । शुक्रबार बसेको बैठकले खड्का निर्विरोध निर्वाचित भएको घोषणा...
नौ महिनामा ४१ अर्बभन्दा बढी विदेशी लगानी प्रतिबद्धता, ६१५ परियोजनामा २२ हजारले रोजगारी पाउने
काठमाडौँ । पछिल्लो समय मुलुकभित्र वैदेशिक लगानी प्रतिबद्धता उल्लेखनीय रूपमा बढेको छ। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा मात्रै ४१ अर्ब रुपैयाँभन्दा बढी बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ। साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ६१५ परियोजनाका...
विद्युत प्राधिकरणले उद्योगीलाई बक्यौता तिर्न पठायो पत्र
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको महसुलअन्तर्गत बाँकी बक्यौता तिर्न उद्योगीहरूलाई पत्राचार गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार करिब १९ वटा उद्योगलाई एक साताअघि नै किस्ताबन्दीमार्फत बक्यौता भुक्तानी गर्न आग्रह गर्दै पत्र पठाइएको हो। उनले...
सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी...
हाइब्रिड सवारीसाधन सम्बन्धी प्राविधिक तालिम काठमाडौंमा सम्पन्न
काठमाडौं । काठमाडौंमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा र मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम सम्पन्न भएको छ। नाइमाको समन्वयमा आयोजित उक्त तालिम टोयोटाका नेपालका आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा. लि. को प्राविधिक सहयोगमा केन्द्रीय कार्यालयमा सञ्चालन गरिएको हो। तालिममा प्राविधिक शिक्षा...
गृहमन्त्री गुरुङ र कोरियाली राजदूत भेट: सुरक्षा सहकार्य विस्तारदेखि साइबर ब्यूरो सुदृढीकरणसम्म छलफल
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताय योङबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार गृह मन्त्रालयमा भएको भेटमा राजदूत योङले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिए । सो अवसरमा नेपाल–कोरियाबीचको...
उपत्यका विकास प्राधिकरणका तत्कालीन आयुक्त तिवारीविरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गर्दै तिवारीले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको...
बाइक-स्कुटर साटेर टियागो ईभी चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै नेपालको टाटा मोर्टसका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिंगले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । ‘स्विच टु टियागो इभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर...


















