भ्रष्टाचारमा मुछिएपछि आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा
काठमाडौं । भ्रष्टाचारमा मुछिएपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्नुका साथै उनको बदमासीबारे बीमापोष्टले लगातार समाचार प्रकाशन गरेसँगै मंगलबार उनले उद्योग वाणिज्य तथा आपूर्ति...
वीरगन्ज महानगरपालिकामा मेयर र उपमेयरका समर्थकबीच कुटाकुट
वीरगन्ज । वीरगन्ज महानगरपालिकामा मेयर र उपमेयरका समर्थकबीच कार्यालय मै कुटाकुट भएको छ । कार्यकारी अधिकृतको कार्यालय अर्को भवनमा सरेपछि खाली भएको पुरानो कार्यालय रहेको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा विवाद भएको थियो । महानगर परिसरको...
ग्यासको मूल्य तोकिएकोभन्दा बढी नतिर्न उपभोक्तालाई आग्रह
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास किन्दा तोकिएको भन्दा बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह गरेको छ । संघका अध्यक्ष शिवप्रसाद घिमिरेले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपाल आयल निगमले बजारको माग अनुरूप एलपी ग्यासको पर्याप्त मात्रामा आपूर्ति व्यवस्था...
एनसेलले अझै बुझाएन दूरसञ्चार प्राधिकरणलाई शेयर किनबेचका कागजपत्र
काठमाडौ । कानूनी रूपमा पूर्वस्वीकृति नलिई शेयर स्वामित्व खरिद-बिक्री गरेको विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियटालाई स्पष्टीकरण मागेकामा अहिलेसम्म कुनै काजगपत्र उपलब्ध गराउन सकेको छैन । एनसेलले स्वीकृतिका लागि यथाशीघ्र उपलब्ध गराउने भनेका कागजपत्र अहिलेसम्म नआएपछि प्राधिकरणले पुनः पत्राचार...
अर्थमन्त्रालयले ५ सहसचिवलाई तोक्यो जिम्मेवारी, एक जनाको आन्तरिक सरुवा
काठमाडौं । अर्थ मन्त्रालयले ५ जना सहसचिवलाई जिम्मेवारी तोकेको छ भने एक जनाको आन्तरिक सरुवा गरेको छ । विगत साढे ४ महिनादेखि जिम्मेवारीविहिन रहेका र गत साता मन्त्रालयमा सरुवा भई आएका ३ जना सहसचिवलाई जिम्मेवारी तोकिएको हो । अर्थमन्त्रालयले...
जन्मदिनमा रामग्राम पुगेर प्रचण्डले भने-‘सिंगो विश्वलाई शान्तिको बढी खाँचो छ’
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अहिले सिंगो विश्वलाई शान्तिको बढी खाँचो रहेको बताएका छन् । नवलपरासीको रामग्राममा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बुद्धका सिद्धान्त, विचार र दर्शन अहिलेको सन्दर्भमा झन् बढी औचित्यपूर्ण भएको बताए । राष्ट्र संघका महासचिवले हालै गरेको भ्रमणले...
ललितपुरको झम्सीखेलमा गोली चल्यो, कटुवा पेस्तोलसहित अविनाश राई पक्राउ
काठमाडौं । ललितपुरको झम्सीखेलमा गोली चलेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन ललितपुर महानगरपालिका–३ ठाडो ढुंगामा प्रहरीले गोली चलाएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार उदयपुरका ४५ वर्षीय अविनाश राई छन् । राईको दाहिने...
एमालेको संकल्प यात्रा टोलीलाई रोक्न खोज्दा गोपाल किरातीसहित दर्जन आन्दोलनकारी पक्राउ
काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेको संकल्प यात्रालाई कोशी प्रदेश प्रवेश गर्न रोक्न खोज्ने गोपाल किरातीसहित एक दर्जनभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । नेता किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले पक्राउ गरेको किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले बताए ।...
विवादित ‘रामग्राम’ निर्माणको उदघाटनमा बौद्ध धर्मगुरु र विक्षुहरुलाई यसरी उतारियो (फोटोसहित)
काठमाडौं । पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिका –७ उदैनीका करिब ४०० घर परिवारलाई उठिबास लगाएर ७५ अर्ब रुपैयाँमा बसाउन लागिएको नयाँ शहर निर्माणको उदघाटन हुँदैछ । जसका लागि बौद्ध धर्मगुरु तथा भिक्षुहरुलाई रामग्राम उतारिएको छ । देशैभर ठेक्कापट्टामा कब्जा जमाएर...
आज प्रधानमन्त्री प्रचण्डको जन्मदिन, यस्तो छ उनको राजनीतिक जीवन
काठमाडौं । प्रधानमन्त्री प्रचण्डको आज जन्मदिन परेको छ । प्रधानमन्त्री प्रचण्ड ६९ वर्ष पुगेका छन् । उनको न्वारनको नाउँ छविलाल दाहाल भए पनि उनी पुष्प कमल दाहाल ‘प्रचण्ड’को नामबाट तेस्रो पटक मुलुकको कार्यकारी प्रमुख एवं प्रधानमन्त्री भएका छन् ।...
वाणिज्य बैंकको वरिष्ठ प्रबन्धकमा बढुवाका लागि १५ जना को–को परे सिफारिसमा ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १५ जनलाई वरिष्ठ प्रबन्धकमा बढुवाका लागि सिफारिस गरेको छ । बैंकको पदपूर्ति समितिको निर्णय अनुसार कार्यसम्पादन मूल्याङ्कन, ज्येष्ठता, शैक्षिक योग्यता र भौगोलिक कार्य क्षेत्रबापत प्राप्ताङ्कका आधारमा एक तह मुनिको पदमा कार्यरत उम्मेदवारहरुलाई वरिष्ठ...
महाराजगञ्ज चिकित्सा क्याम्पसमा २८ उपप्राध्यापकका लागि जागिर खुल्यो
काठमाडौं । महाराजगञ्ज चिकित्सा क्याम्पसले १ वर्षको करार अवधिका लागि विभिन्न विषयका २८ जना उपप्राध्यापकको जागिर खोलेको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज चिकित्सा क्याम्पसले सूचना प्रकाशित भएको मितिले २८ दिनभित्र आवेदन दिन भनी मंगलबार सूचना प्रकाशित गरेको...
रामग्राममा ७५ अर्बको घोटाला काण्ड मच्चाइदै, प्राइभेट कम्पनीमार्फत करिब ४०० घर बस्ती उठिबास
काठमाडौं । राज्यसत्तामा पहुँच हुनेले देशका महत्वपूर्ण स्रोत साधन लुटपाट मच्चाउनु नेपालको लागि नयाँ होइन । पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिका वडा नं ७ उदैनी करिब ४०० घर परिवारलाई उठिबास लगाएर ७५ अर्ब रुपैयाँको घोटाला काण्ड मच्चाउन लागिएको तथ्य बीमापोष्टले...
अख्तियारले घिमिरेलाई तोक्यो प्रवक्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ प्रवक्ता तोकेको छ । अख्तियारले प्रवक्ताको जिम्मेवारी आयोगका सहसचिव नरहरि घिमिरेलाई दिएको हो । मंसिर २५ अर्थात् सोमबारबाटै लागू हुनेगरी घिमिरेलाई प्रवक्ता तोकिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ । प्रवक्तासँग सम्पर्क गर्नका लागि...
बीवाईडीद्वारा नेपाल भर फास्ट चार्जिङ्गको विस्तार, पहिलो चरणमा ११ डीसी चार्जरको जडान
काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक सिमेक्स प्राइभेट लिमिटेडले देशका मुख्य मुख्य स्थानहरुमा ११ डिसी फास्ट चार्जर जडान गरि बिद्ध्युतीय साधनको क्षेत्रमा महत्वपूर्ण मार्गचित्र कोर्न सफल भएको छ । नयाँ जडित डीसी फास्ट चार्जर...
माफियाको डिजाइनमा सरकार ढाल्ने खेल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले माफियाको डिजाइनमा सरकार ढाल्ने कसरत भइरहेको बताएका छन् । सत्तारुढ नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा उनले माफियाको डिजाइनमा गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भइरहेको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले...
डिशहोमले आईसीसी टी–२० आई विश्वकप छनोट अन्तर्गत गरेको पुरस्कार घोषणाको रकम खेलाडीहरुलाई प्रदान
काठमाडौं । डिशहोमले आईतबार १० डिसेम्बर, २०२३ मा भैसेँपाटीमा रहेको आफ्नै मुख्य कार्यालय परीसद भित्र कार्यक्रम गरी पुरस्कार जित्ने खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव–पारस खड्का, मुख्य प्रशिक्षक–मोन्टी देसाई, कप्तान–रोहित कुमार पौडेल लगायत...
विदेशी विनिमयको कारोबार गर्न बैंकहरुले एकपल्ट लाइसेन्स लिए पुग्ने, नवीकरण गर्नु नपर्ने
काठमाडौं । बैंकहरुले विदेशी विनिमयको कारोबार गर्न एकपटक इजाजत लिएपछि नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को दोस्रो संशोधनमा यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार अब...
कालोसूचिका ठेकेदार शारदा प्रसाद अधिकारीले सयौं पत्रकारहरुलाई लुम्बिनी लैजाँदै, घरबास उठाउने कार्यक्रमको भव्य उद्घाटन हुँदै
काठमाडौं । विवादित र कालोसूचिका ठेकेदार शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीले पश्चिम नवलपरासीमा निर्माण गर्न लागेको विवादास्पद हाउजिङ प्रोजेक्टको प्रबद्र्धनका लागि आज र भोलि सयौं पत्रकारहरुलाई लुम्बिनी उतारिने भएको छ । काठमाडौंबाट नाम चलेकासहितका र अन्य पत्रकारहरु खाने बस्ने...
लागूऔषध मिसाइने रेडबुललाई उत्पादनको लाइसेन्स दिने तयारीमा खाद्य प्रविधि विभाग
काठमाडौं । मात्राभन्दा बढी क्याफिन, लागूऔषधजन्य पदार्थ समेतको मात्रा भेटिएपछि आयातमा प्रतिबन्ध लागेको रेडबुललाई नेपालमा उत्पादन तथा बिक्री वितरणको अनुमति दिन सेटिङ चलिरहेको तथ्य बाहिरिएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा सरकारले चार...




















