नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

२४ माघ २०७७, शनिबार १६:०७

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण हिजो सार्वजनिक गरेको छ ।
नेपालको सबैभन्दा ठूलो चुक्ता पुँजि भएको बैंकको विवरणमा दोस्रो त्रैमास अवधीमा मुनाफा घटेको देखिएको छ । साथै बैंकको आम्दानी समेत खुम्चिएको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुल मुनाफा घटेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षकोे समीक्षा अवधीको तुलनामा १२.५४ प्रतिशत कम भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यस वर्ष बैंकहरुले ब्याज घटेको कारण मुनाफामा संकुचलन आएको हो ।

बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २७ करोड ६० लाख रूपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७२ प्रतिशत घटेर ५६ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १२.३२ प्रतिशत घटेर ५० करोड ३५ लाख रुपैयाँमा झरेको छ । १२ अर्ब चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ९४ करोड २५ लाखरुपैयाँ सञ्चित छ ।

पुस मसान्तसम्मको समीक्षा अवधिमा बैंकको जगेडा कोषमा ४९.६६ प्रतिशत बढेको छ भने पुस मसान्तसम्ममा बैंकले ३२ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप २९.८० प्रतिशत बढ्दा कर्जा १७७.०५ प्रतिशत बढेको हो ।

पूर्वाधार विकास क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ रुपैयाँ ७१ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ५.८७ रुपैयाँमा मात्रै छ । बैंकको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ १९ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*