एनसीसी बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

२४ माघ २०७७, शनिबार १६:१०

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको ९६ लाख ५ हजार ९९७.३५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ ।

बैंकले गत अर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १०.२७ प्रतिशत बराबरको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । उक्त बोनस शेयर नेप्सेमा सूचिकृत भएसँगै अब दोस्रो बजारमा कारोबार खुल्ला भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १०.२७ प्रतिशत बोनस र बोनस प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*