महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण
काठमाडौँ । महालक्ष्मी विकास बैंकले बैशाख १२ गते बुधबार महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा आगलागिका कारण घरबार विहीन भएका १५० घर परिवारका लगभग ५४५ जनाका लागि राहत सामाग्री वितरण गरेको छ । बैंकले राहत वितरण गर्ने उद्देश्यले...
आशा लघुवित्तको साधारण सभा जेठ ९ गते, के–के छन् एजेण्डा ?
काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ९ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ। सभा काभ्रेपलाञ्चोकको बनेपास्थित होटल उग्रचण्डीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित...
अनलाइन जुवाको अखडा बन्दै इ–सेवा, नियामक निकाय मूकदर्शक हुँदा मौलाउँदै गैर कानुनी धन्दा !
काठमाडौँ । अनलाइन जुवा मार्फत रातारात धनी बन्ने मान्छेको प्रवृत्ति बढ्दै गएको छ । गैर कानुनी भनिएको अनलाइन जुवा खेल्ने नेपालीहरूको सङ्ख्या दिनप्रति दिन बढ्दो क्रममा रहेको छ । नेपाल राष्ट्र बैङ्कले गैर कानुनी भनेको अनलाइन सट्टाबाजी डिजिटल भुक्तानीमार्फत...
एनआईसी एसिया बैंकद्धारा अर्जुन राज खनियालाई डेपुटी सिईओ बनाउने निर्णय
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड व्यवस्थापनले यसअघि सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका अर्जुन राज खनियालाई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिईओ) पदमा बढुवा गर्ने निर्णय गरेको छ । २०६१ सालदेखि नेपालको बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नु भएका खनियाले...
वित्तीय क्षेत्रसहित समष्टिगत आर्थिक स्थायित्वनै राष्ट्र बैंकको प्राथमिकता : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रसहित समष्टिगत आर्थिक स्थायिवलाई राष्ट्र बैंकको प्राथमिकता रहेको बताएका छन् । राष्ट्र बैंकको ६९औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नेपालको समष्टिगत विकासलाई राष्ट्र बैंकले प्राथमिकता दिएको बताएका हुन्...
जनउत्थान सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालकमा दिपक बिक नियुक्त
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रुपन्देहीका दिपक बिकलाई नियुक्त गरेको छ । कम्पनीको बैशाख १३ गते बसेको सञ्चालक समितिको २२१ औं बैठकको निर्णयले बिकलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
फरवार्ड माइक्रोफाइनान्सको नाफामा उछाल, कस्ता छन् अन्य सूचक?
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा १६७ दशमलव १६ प्रतिशतले वृद्धि...
तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले आफ्ना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक शेयर आज (वैशाख १४ गते) देखि लिलामीमा ल्याएका छन् । कम्पनीहरूले विद्यमान संस्थापक शेयरधनीहरू वा जो कोही...
कुमारी बैंकको ५.९९ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी शोभा मिश्रको नाममा रहेको पाँच लाख ९९ हजार १२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन...
सहकारीका बचतकर्ताको समस्या सम्बोधन गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले सहकारीका कारण समस्यामा परेका बचतकर्ताको समस्या सम्बोधन प्रक्रिया तत्काल सुरू गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा सहकारीका कारण बचतकर्तालाई परेको समस्याबारे छलफल भएको हो । सरकारकी प्रवक्ता रेखा शर्माले सहकारी र तिनका कारण...
अर्थ सचिव मरासिनीले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ
काठमाडौं । नव नियुक्त अर्थसचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । मरासिनीलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ दिलाएका हुन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १४ मा अर्थसचिव...
एनआइसी एशिया लघुवित्तद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । संस्थाको मधेश प्रदेश अन्तर्गत खैंरवाना सिराहा शाखा कार्यालयले मृत्यु दावी वापतको बीमा रकम हस्तान्तरण गरेको हो । संस्थाले खैंरवाना सिराहा समुह नम्बर ००२ को सदस्यता...
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण
काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित सूर्यविनायक नगरपालिकाको वडा न. २, बालकोटमा स्थानान्तरण गरिएको छ । त्यसैगरी,...
प्रभु बैंकका सञ्चालक सापकोटाको राजीनामा स्वीकृत
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयरधनी समूहका सञ्चालक रामेश्वर सापकोटाले दिएको राजिनामा स्वीकृत गरेको छ । बैंकको वैशाख १३ गते विहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक सापकोटाले पदबाट दिएको राजिनामा स्वीकृत...
सबैको र साधना लघुवित्तबीच मर्जरको लागि अन्तिम सम्झौता
काठमाडौँ । सबैको र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ । यी दुई संस्थाबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । १ बराबर १ सेयर स्वाप रेसियोमा मर्जर गर्न लागेका हुन् ।
युनिक नेपाल लघुवित्तको १.४० लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ४० हजार ५६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका...
सूर्याेदय वोमी लघुवित्तको ६८ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६८ हजार ८०५ कित्ता शेयर आज (वैशाख १३ गते) देखि लिलामीमा ल्याएको हो । यस शेयरमा विद्यमान संस्थापकहरू वा...
राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ९४ करोड रुपैयाँ लगानी गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेको जानकारी गराएको छ ।...
नौ महिनामा स्वावलम्बन लघुवित्तको मुनाफा साढे ११ करोड, कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । स्वावलम्बन लघुवित्तको नाफा सामान्य ओरालो लागेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो । चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको खुद नाफा १.३५ प्रतिशतले घटेर ११ करोड ८६...
सपोर्ट लघुवित्तको मुनाफा ९४ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा उछाल, खराब कर्जा समेत घट्यो
काठमाडौँ । सपोर्ट लघुवित्तको मुनाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा सुधार देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद नाफा ९४.९१ प्रतिशतले बढेर १...




















