६ महिनामै ३० प्रतिशत प्रगति, क्रुज र पाँचतारे होटलसहित बन्दै मौलाकालिका हाइड्रो–टुरिजम आयोजना
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन् । यो आयोजनाले निर्माण सुरु भएको ६ महिनामै ३० प्रतिशतभन्दा बढी भौतिक प्रगति गरिसकेको छ । तनहुँ र नवलपुर...
भन्सार छलीबाट फिक्सडर्माका उत्पादन बजारमा, भन्सार विभागको भुमिकामाथि प्रश्न
काठमाडौं । नेपालका लागि फिक्सडर्मा इन्डिया प्रालिको आधिकारिक विक्रेता कस्मिटेक इन्टरनेशनल प्रालिले भन्सार छली गरी अनधिकृत रूपमा आयात गरिएका फिक्सडर्मा ब्रान्डका उत्पादन खुलेआम बजारमा बिक्री भइरहेको सार्वजनिक गरेपछि भन्सार विभागको निगरानी र नियन्त्रण प्रणालीमाथि प्रश्न उठेको छ। कम्पनीले सार्वजनिक...
बीमा प्राधिकरण मधेश प्रदेशले भोलि अभिकर्ता परीक्षा सञ्चालन गर्दै
काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले भोलि असार १५ गते सोमबार दिउँसो जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ। बीमा ऐन, २०७९ को दफा ९२ (२) मा उल्लेख गरिएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिम परीक्षा...
‘एएमसी आयो भन्दैमा बैंकका सबै खराब कर्जा गायब हुँदैनन्’ : मनोज ज्ञवाली
काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स म्यानेजमेन्ट कम्पनी (एएमसी) को स्थापना हुँदैमा त्यसले बैंकिङ क्षेत्रका सबै समस्या जादुमयी ढङ्गले समाधान नगर्ने स्पष्ट पारेका छन् । एएमसी आउनेबित्तिकै बैंकहरूको खराब कर्जा (एनपीए) सबै खरिद गरिदिने...
विश्वकप हेर्ने लोभमा साइबर ठगी बढ्यो, निःशुल्क लाइभ स्ट्रिमिङ भन्दै २ करोड २९ लाख चोरी
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू सम्पन्न भएसँगै विश्वभर फुटबलको चर्चा चुलिएको छ। अमेरिका, मेक्सिको र क्यानडामा जारी प्रतियोगिता हेर्न नेपालमा पनि दर्शकको उत्साह बढिरहेका बेला साइबर अपराधीहरूले त्यसैको फाइदा उठाउँदै निःशुल्क लाइभ स्ट्रिमिङको प्रलोभनमा पारेर...
बाग्मती प्रदेशमा मात्रै ७७ अर्बको बीमा व्यवसाय, अन्य प्रदेशमा कति?
काठमाडौं । चालू आर्थिक वर्षको ११ महीनामा जीवन बीमा व्यवसाय गर्ने १४ जीवन बीमा कम्पनी र ३ लघु जीवन बीमा कम्पनीहरूले १ खर्ब ७७ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। कम्पनीहरूले चालू आर्थिक वर्षको साउनदेखि...
प्रस्तावित सम्पत्ति शुद्धीकरण विधेयकमा के–के छन् नयाँ व्यवस्था?
काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी अनुसन्धान तथा अभियोजनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक २०८३ सङ्घीय संसदमा दर्ता गरेको छ। सरकारले प्रस्तुत गरेको विधेयकअनुसार तस्करी, कर छली, धितोपत्र तथा कमोडिटिज...
एमजी ब्रान्डका गाडी बेचेर पारामाउन्ट मोटर्सले ९ महिनामा कमायो २ अर्ब ४० करोड, ऋणको भार अझै उच्च
काठमाडौं । नेपाली बजारमा एमजी ब्रान्डका सवारीसाधन बिक्री गर्दै आएको पारामाउन्ट मोटर्स प्रालिले चालु आर्थिक वर्षको पहिलो नौ महिनामै झण्डै साढे २अर्ब रुपैयाँको कारोबार गरेको छ। कम्पनीका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा दुई अर्ब ४० करोड ७०...
ई–लर्निङ र एआईलाई विद्यालय तहदेखि अनिवार्य गर्नुपर्छः उपराष्ट्रपति यादव
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ई–लर्निङ र एआईलाई विद्यालय तहदेखि विश्वविद्यालयसम्म अनिवार्य गर्नुपर्ने बताएका छन्। काठमाडौंस्थित मदन भण्डारी मेमोरियल कलेजको २५औं वार्षिकोत्सव (रजत जयन्ती) समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले उक्त विचार व्यक्त गरेका हुन्। उपराष्ट्रपति यादवले विगत २५...
१० लाख वृक्षारोपण अभियानमा कुमारी बैंकको साथ, चार जिल्लामा १,८०० बिरुवा रोपण
काठमाडौँ । वातावरण संरक्षण र दिगो विकासका लागि कुमारी बैंक लिमिटेड र लुम्बिनी वर्ल्ड पिस फोरमको संयुक्त साझेदारीमा सर्लाही जिल्ला (मधेस प्रदेश) को हरिवन नगरपालिका वडा नं. ८ स्थित चापनी क्षेत्रमा एक विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। बैंकको...
सरकारको बजेटलाई साथ दिने गरी मौद्रिक नीति आउँछ : राष्ट्र बैंक प्रवक्ता पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले सरकारले ल्याएको बजेटलाई सहयोग हुने गरी मौद्रिक नीति ल्याउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले नबिल बैंकसँगको सहकार्यमा आयोजना गरेको ‘डिकोडिङ मोर्डन बैंकिङ फर इकोनोमिक जर्नालिस्ट्स’ कार्यक्रमलाई...
पेट्रोलियम पदार्थको मूल्य घट्नेवाला छः अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य अबको केही समयपछि घट्ने बताएका छन्। आजको प्रतिनिधि सभामा बोल्दै मूल्य समायोजन भएर आएपछि नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्ने बताएका हुन्। “मध्यपूर्वमा देखिएको समस्याका कारण इन्धनमा भएको मूल्यवृद्धिबाट आम उपभोक्तामा...
कर नउठाई खर्च मात्रै गरेर गम्भीर राष्ट्र बन्न सकिँदैन : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले राज्य सञ्चालनका लागि राजस्व वृद्धि अपरिहार्य रहेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले कर संकलन नगरी खर्च मात्र बढाउँदै जाने प्रवृत्तिले मुलुकलाई जिम्मेवार राष्ट्र बनाउन नसक्ने बताएका हुन्। उनले आम्दानी...
कालिमाटीका लौका, काउली र आलुमा अत्यधिक विषादी, नष्ट गर्न निर्देशन
काठमाडौं । विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला एकाईले कालिमाटी फलफूल तथा तरकारी बजारमा अनुगमन गर्ने क्रममा लौका, काउली र आलुमा अत्यधिक विषादी प्रयोग गरेको भेटिएको छ। प्रयोगशाला एकाइबाट असार १२ गते विषादी अवशेष परीक्षण गर्ने क्रममा उक्त तरकारीमा विषादी...
नेपाल टेलिकमले ल्यायो एकपटक सक्रिय गरेपछि हरेक महिना आफैं नवीकरण हुने प्रिपेड प्याकेज
काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि मासिक रूपमा स्वतः नवीकरण हुने (सब्स्क्रिप्सन–बेस्ड) नयाँ प्रिपेड प्याकेज सार्वजनिक गरेको छ। नयाँ व्यवस्थासँगै ग्राहकले एकपटक प्याकेज सक्रिय गरेपछि हरेक महिना पुनः प्याकेज खरिद गर्नुपर्ने झन्झट हट्ने भएको छ। कम्पनीका अनुसार...
बाह्रबिसे नगरपालिकाद्वारा पदाधिकारी गाडीभाडामै १७ लाख खर्च
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले पदाधिकारी यातायात सुविधाको नाममा १७ लाख ३२ हजार ५०० रुपैयाँ मनपरी ढंगले खर्च गरेको भेटिएको छ। महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदनमा कानून विपरीत मनपरी ढंगले उक्त खर्च गरेको उल्लेख गरिएको छ। स्थानीय...
जनतालाई मात्रै होइन, राज्यलाई पनि जरिवाना तिराउने कानुन बनाऔं: ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा सजाय गर्ने गरी कानुन ल्याउने तयारी गरिरहेकामा राज्यका निकायलाई पनि समान रूपमा जिम्मेवार बनाउने व्यवस्था गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा...
विद्यालयको रकम हिनामिनाको आरोपमा एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन्। उनलाई गत शुक्रबार साँझ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो। उनलाई हात्तीगौंडामा सञ्चालित टुङ्गराम इन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३०...
तीन वर्षदेखि दोहोरिँदै एउटै समस्या: रोकिएन बैंकमा समस्याग्रस्त कर्जा लुकाउने प्रवृत्ति, नियामकमाथि प्रश्न
काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा वर्षौंदेखि विवादको विषय बन्दै आएको ‘लोन इभरग्रिनिङ’ अर्थात् समस्यामा परिसकेको कर्जालाई विभिन्न उपाय अपनाएर नियमितजस्तो देखाउने अभ्यास अझै प्रभावकारी रूपमा रोक्न नसकिएको देखिएको छ। नेपाल राष्ट्र बैंकले लगातार सार्वजनिक गरेका बैंक सुपरिवेक्षणसम्बन्धी वार्षिक प्रतिवेदनहरूले...
११ खर्ब १२ अर्ब राजस्व उठ्यो, पुँजीगत खर्च करिब ३५ प्रतिशत मात्रै
काठमाडौं । चालु आर्थिक वर्ष सकिन १९ दिन बाँकी रहँदा सरकारले राजस्व संकलनमा लक्ष्यको ७५.१७ प्रतिशत मात्रै प्रगति हासिल गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबार (असार १२) सम्म सरकारले ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ...



















