जन्मदिनको अवसरमा धर्मपत्नीलाई २५ लाखको आइएमई लाइफको बीमा पोलिसी उपहार
काठमाडौँ । आफ्नो जीवनसाथीप्रतिको माया, जिम्मेवारी र भविष्यको सुरक्षालाई प्राथमिकता दिँदै आइएमई लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर कृष्ण कुमार श्रेष्ठले आफ्नी धर्मपत्नी पुष्पा श्रेष्ठलाई जन्मदिनको अवसरमा २५ लाख रुपैयाँ बराबरको आइएमई लाइफको जीवन बीमा उपहार प्रदान गरेका छन्। जन्मदिनजस्तो...
पाँच महिनापछि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा पुनः सुरु
काठमाडौं । पाँच महिनादेखि बन्द रहेको स्वास्थ्य बीमा सेवा त्रिवि शिक्षण अस्पतालले सोमबारदेखि पुनः सञ्चालन गर्ने भएको छ। हालका लागि अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतको बहिरङ्ग (ओपिडी) सेवा मात्रै सुरु गर्ने निर्णय गरेको हो। स्वास्थ्य बीमा बोर्डले उपचारबापतको बाँकी रकम...
सरकारी खाद्य कम्पनीमा खाद्य सुरक्षामाथि खेलवाड, मुसाले खाएको चामल नयाँ बोरामा प्याक गर्दै गर्दा फेला
काठमाडौं । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको विराटनगरस्थित गोदाममा गुणस्तरहीन चामल पुनः प्याक गरेर बिक्री वितरण गर्न लागिएको फेला परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको...
म्याद थपका लागि विष्णु पौडेललाई विशेष अदालतमा पेश
काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा पेश गरिएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा असार ८ गते पक्राउ परेका उनलाई असार ९ गते ७ दिनका लागि आज सोमबारसम्म म्याद थप गरिएको थियो।...
६ लघुवित्त राष्ट्र बैंकको कारवाहीमा, पाँचलाई लाभांश घोषणा गर्न प्रतिबन्ध
काठमाडौं । नियामकिय व्यवस्था उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले ६ लघुवित्तलाई कारवाही गरेको छ। राष्ट्र बैंक कारवाहीमा परेका ६ लघुवित्त मध्ये ५ वटा शिघ्र सुधारात्मक कारवाहीमा परेका छन् । शिघ्र सुधारात्मक कारवाहीमा पर्नेमा आरम्भ चौतारी लघुवित्त, गणपति लघुवित्त,...
गैरबैंकिङ सम्पत्तिको चापले छटपटीमा बैंकर: एक वर्षमै थपियो साढे ७ अर्ब, कर्जा नीतिमै प्रश्न
काठमाडौँ । बैंकिङ क्षेत्र अहिले गैरबैंकिङ सम्पत्तिको चपेटामा पर्दै गइरहेको छ । बैंक तथा वित्तीय संस्थाले ऋणीबाट असुल हुन नसकेको कर्जाको धितो आफ्नो स्वामित्वमा लिनुपरेपछि सिर्जना हुने गैरबैंकिङ सम्पत्तिको आकार पछिल्ला वर्षहरूमा निरन्तर बढिरहेको हो । निरन्तर गैरबैंकिङ सम्पत्ति...
आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरी सहित भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज असार १५ गते राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई...
शेयर कारोबारमा १ प्रतिशत शुल्क हल्लामात्र, नियमित कारोबारमा नयाँ कर नलाग्ने : हरि ढकाल
काठमाडौं । प्रतिनिधिसभा सदस्य हरि ढकालले पछिल्लो समय ‘शेयर कारोबारमा १ प्रतिशत कर लाग्ने’ भन्ने विषयमा फैलिएको भ्रमप्रति ध्यानाकर्षण गराउँदै नियमित दोस्रो बजारको शेयर कारोबारमा कुनै नयाँ १ प्रतिशत शुल्क नलाग्ने स्पष्ट पारेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा...
अब अर्थमन्त्रीले हरेक हप्ता पुँजीबजारको ब्रिफिङ लिने
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष गोपालप्रसाद भट्टलाई पुँजीबजारको अवस्थाबारे हरेक हप्ता ब्रिफिङ दिन निर्देशन दिएका छन्। सोमबार अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि अर्थमन्त्री वाग्लेले पुँजीबजार सुधारका योजनालाई स्पष्ट समयसीमासहित...
वैदेशिक रोजगार बीमाबाट ३ अर्ब बीमाशुल्क संकलन, अन्य पोलिसीबाट कति?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले विभिन्न बीमालेख (पोलिसी) बेचेर १ खर्ब ७७ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। जसमध्ये सबैभन्दा धेरै सावधिक जीवन...
ग्रेस फर्मास्युटिकल्सको लिनारेस एम ८५० ट्याब्लेट गुणस्तरहीन, बिक्री–वितरण रोक्न विभागको निर्देशन
काठमाडौं । औषधि व्यवस्था विभागले रुपन्देहीस्थित ग्रेस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित लिनारेस एम ८५० ट्याब्लेट गुणस्तरहीन रहेको पुष्टि गर्दै उक्त औषधिको बिक्री–वितरण तत्काल रोक्न र बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागका अनुसार नियमित बजार अनुगमनका क्रममा सङ्कलन गरिएको नमूनालाई...
आईपीओको तयारी गरेको भोटेकोसी हेली रिसोर्ट अब लिलामीमा, नेपाल बैंकले बेच्दै धितो सम्पत्ति
काठमाडौं । ऋण असुलीको प्रयास पटक–पटक असफल भएपछि नेपाल बैंकले सिन्धुपाल्चोकस्थित भोटेकोसी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडको धितो सम्पत्ति पुनः लिलामीमा राखेको छ। बैंकले तेस्रो पटक सार्वजनिक सूचना जारी गर्दै करिब ३५ रोपनी जग्गा, त्यसमा निर्माण गरिएका भवन तथा...
जेठमा नेपाल प्रहरीद्वारा ८७ करोड राजस्व संकलन, ट्राफिक कारवाहीबाटै १२ करोड
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को जेठ महीनामा मात्रै नेपाल प्रहरीले ८६ करोड ९८ लाख १९ हजार ८४४ रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार छलीको सामानबाट सर्वाधिक ४१ करोड ३७ लाख ३७ हजार ९१३ रुपैयाँ, अदालती फैसला कार्यान्वयनबाट...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता,...
पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न नवनियुक्त बोर्ड अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बोर्डका नवनियुक्त अध्यक्ष डा.गोपालप्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले पद तथा गोपनीयताको शपथ गराएका हुन् । असार ५ गते बसेको...
सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयरधनी लिला देवी शारदाको स्वामित्वमा रहेको २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी ३५ दिने...
हिमालयन लाइफको स्वतन्त्र सञ्चालकमा थानेश्वर गौतम नियुक्त
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालक पदमा थानेश्वर गौतम नियुक्त भएका छन्। कम्पनीले बीमा ऐन, २०७९ को दफा ४९ (२) बमोजिम योग्यता र अनुभव प्राप्त काठमाडौं महानगरपालिका–३१ बस्ने थानेश्वर गौतमलाई असार १२ गतेदेखि लागू हुने...
आज असार १५ गते, देशभर राष्ट्रिय धान दिवस मनाईदै
काठमाडौं । आज असार १५ गते, देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विविध कार्यक्रमका साथ मनाइँदैछ। नेपाली समाजमा परापूर्वकालदेखि नै असार १५ लाई मुख्य रोपाईंको सुरुआत र ‘दही–चिउरा खाने दिन’ का रूपमा हर्सोल्लासका साथ मनाउने परम्परा रहँदै...
रिलायबल नेपाल लाइफका ग्राहकहरुको केवाईसी अपडेट गर्न जरुरी सूचना
काठमाडौं । रिलायबल नेपाल लाइफले ग्राहकहरुको लागि केवाईसी अपडेट गर्ने जरुरी सूचना जारी गरेको छ । कम्पनीले सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलाप तथा आम विनाशकारी हातहतियारको निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी प्रचलित कानुनी व्यवस्था तथा नेपाल बीमा...
पेट्रोलको मूल्य घटाउन सरकारको आनाकानी, महँगो इन्धन बेचेर जनतामाथि ब्रह्मलुट
काठमाडौं । सुशासनको जगमा बनेको सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउन आनाकानी गर्दै आइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घटिसक्दा पनि नेपालमा इन्धनको मूल्य नघटाएर उपभोक्तामाथि अनावश्यक आर्थिक भार थोपरिदै गएको हो । मूल्य बढ्नेबित्तिकै रातारात...




















