बयान फेरेपछि सरकारी साक्षीविरुद्ध अख्तियारको मुद्दा, ५० लाख बिगो दाबी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा विचाराधीन भ्रष्टाचार मुद्दाका सरकारी साक्षी ईश्वरी प्रसाद गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले गौतमले अदालतमा अनुसन्धानका क्रममा दिएको बयानविपरीत बकपत्र गरेको निष्कर्ष निकाल्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो।...
एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । बैंकको जेठ १८ गते सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले उनलाई आगामी चार वर्षको...
हिमालयन रि–इन्स्योरेन्स सहित पाँच इन्स्योरेन्स कम्पनीबाट ४ अर्ब भन्दाबढी रकम अपचलन
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स सहित पाँच इन्स्योरेन्स कम्पनीबाट ४ अर्ब भन्दाबढी रकम अपचलन गरेको प्रहरीको अनुसन्धानले निष्कर्ष निकालेको छ । साथै बीमा कम्पनीको रकम निकालेर धितोपत्रमा लगानी गरेको समेत पाइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपक भट्ट र...
मंगलबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजार दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.२१ अकंले बढेर २७७७.५८ बिन्दुमा कायम भएको हो । कारोबार रकम भने केहि खुम्चिएको छ । आज ३४६ कम्पनीको १ करोड १३ लाख ८३ हजार कित्ता...
पुँजी बजार दोहोरो अकंले बढ्योः फाइनान्सका लगानीकर्ताले कमाए सर्वाधिक, अझै किन छ त्रसित अवस्था ?
काठमाडौँ । आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक भएपछि राताम्य भएको शेयर बजारमा आज भने सुधार देखिएको छ । हिजो राताम्य भएको बजार आज दोहोरो अंकले बढ्दै हरियालीतर्फ फर्किएको हो । पहिलो कारोबार दिनमै देखिएको गिरावटपछि लगानीकर्ताको मनोबल कमजोर...
आँखु खोलासहित यी कम्पनीम झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको तेस्रो कारोबारको दोस्रो दिन नेप्सेमा हरीयाली छाएको छ। आज आँखु खोलाको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, रिदि पावर, नेपाल पुनर्बीमा, सेन्ट्रल फाइनान्स, हिमालयन रि, शिवम सिमेन्टस, अपी पावर, रिलायन्स स्पिङ्गस मिल्स, एनआरएन इन्फ्रास्टक्चर र सोलु...
बार एशोसिएशनद्वारा प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति गम्भीर आपत्ति, राष्ट्रिय हितविपरीत भएको ठहर
काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानमन्त्री बालेन शाहले हालै प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एशोसिएशनले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्री शाहले व्यक्त गरेको अभिव्यक्तिप्रति चिन्ता व्यक्त गरेको छ। जेठ...
नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट
काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाण्डौं दरवारमार्गमा रहेको मेधर्म क्लिनिक्स् प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता...
प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्दै सरकारका प्रवक्ता, ‘नेपालले भारतको भूमि मिचेको भन्नुभएको होइन’
काठमाडौँ । प्रधानमन्त्रीको अभिव्यक्तिमाथि उठेको विवादबारे सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको बचाउ गरेका छन्। मन्त्रिपरिषद् बैठकपछि आयोजित प्रेस ब्रिफिङमा उनले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने आशय व्यक्त नगरेको दाबी गर्दै उनको भनाइलाई गलत ढंगले...
मन्त्रिपरिषद् बैठकका निर्णयहरू यस्ता छन्
काठमाडौं । आज बसको सरकारको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार बसेको बैठकका ४ वटा मुख्य निर्णयहरू सार्वजनिक गरेको हो । मन्त्रिपरिषद् बैठकका निर्णयहरू –युनाइटेड नेसन इन्भाइरमेन्ट प्रोग्राम ९यूएनडीपी० बाट वजन...
शिखर नगरपालिकाले एक वर्षमा अतिथि सत्कारमा मात्रै खर्चियो २७ लाख
काठमाडौँ । डोटीको शिखर नगरपालिकाले एक वर्षको अवधिमा अतिथि सत्कारमा मात्रै ठूलो रकम खर्च गरेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले नगरपालिकाले विकास निर्माण, सेवा प्रवाह र जनमुखी कार्यक्रमभन्दा प्रशासनिक तथा स्वागत सत्कारजन्य शीर्षकमा उल्लेखनीय...
मोबाइल बैंकिङ र वालेट बने ठगीको मुख्य हतियार, पछिल्लो ९ महिनामै झण्डै २६ करोड रुपैयाँ गायब
काठमाडौं । नेपालमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग तीव्र रूपमा बढिरहेको छ । बैंकमा लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति, घरमै बसेर रकम पठाउन सकिने सुविधा, मोबाइलबाटै बिल भुक्तानी गर्न सकिने सहजता र नगदरहित कारोबारको विस्तारले मोबाइल बैंकिङ तथा डिजिटल वालेटहरू दैनिक...
तीन करोडको गरगहना, १५ लाख रुपैयाँ र पैसा गन्ने मेसिन सहित एकजना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर, सुर्खेतले तीन करोड रुपैयाँ बराबरको गरगहना र स्रोत नखुलेको १५ लाख रुपैयाँ सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर...
हिमालयन रिइन्स्योरेन्सले भृकुटी स्टक ब्रोकिङलाई पेश्की रकम दिएको जानकारी छैनः पूर्व अध्यक्ष गोल्छा
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लि. मा अध्यक्ष बन्ने बेला तत्कालिन अध्यक्ष शेखर गोल्छाको करिब २ प्रतिशत जति शेयर रहेको थियो । प्राधिकरणदेखि अख्तियारसम्म यस बिषयमा छानविन भईरहेको छ। नेपाल बीमा प्राधिकरणको प्रतिवेदन अनुसार हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भृकुटी स्टक...
बैदेशिक रोजगारीमा जाने श्रमिकसँग कर असुल गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले यही जेठ १५ गतेदेखि बैदेशिक रोजगारीमा जाने श्रमिकहरुसँग १ प्रतिशत कर लिने निर्णय गरेको छ । सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकको बुँदा नं ५ मा बैदेशिक रोजगारीमा जाने हरेक नेपालीहरुले सम्बन्धित म्यानपावर कम्पनीमा तिरेको पैसाको...
बीमा प्राधिकरण अध्यक्षका लागि विज्ञ र नियामकदेखि सिईओसम्मको आवेदन
काठमाडौं। नेपाल बीमा प्राधिकरण अध्यक्षका लागि दुई दर्जनले आवेदन दिएका छन्। बीमा प्राधिकरण अध्यक्षमा प्राधिकरणका उच्च तहका कर्मचारीलेखि बीमा विज्ञ र बीमा कम्पनी र पुनर्बीमा कम्पनीसँग र बीमकसँग लामो समयसम्म काम गरिसकेका सिईओ कआवेदकहरुले आवेदन दिएका छन् । राष्ट्रिय...
भृकुटीमण्डपमा फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत्, ऊर्जा र प्रविधिको महाकुम्भ जेठ २२ देखि
काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औं संस्करण आयोजना गर्ने भएको छ । नेपालको विद्युतीय, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास र प्रविधि हस्तान्तरण गर्ने उद्देश्यका...
बढ्यो सुनको मूल्य, एक तोला किन्न कति चाहिन्छ ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदीको मूल्य पनि...
आन्तरिक ऋण परिचालनका लागि १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै सरकार
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ‘११ वर्षे विकास ऋणपत्र–२०९४’ बिक्री गर्ने भएको छ। नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको कार्यालयका अनुसार उक्त विकास ऋणपत्र बोलकबोल (अक्सन) प्रक्रियामार्फत बिक्री गरिनेछ। ऋणपत्रको बोलकबोल जेठ २० गते सञ्चालन हुने...
नेरुडे मिर्मिरे लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसार कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई कुनै लाभांश वितरण नगर्ने र...




















