अप्पर स्याँङ्गे हाइड्रोपावरको लकइन अवधि सकिंदै
काठमाडौं । अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडको संस्थापक, आयोजना प्रभावित र कर्मचारीको १५ लाख ६३ हजार कित्ता शेयरको लकइन अवधि असार २१ गतेबाट समाप्त हुने भएको छ। कम्पनीको संस्थापकतर्फको १३ लाख ३० हजार कित्ता, आयोजना प्रभावितको २ लाख २० हजार...
मुस्ताङमा बरामद भेपको मुख्य तस्करीलाई खोजी गर्न सरकारकै आनाकानी, कसले गर्यो सेटिङ !
काठमाडौं । नेपालमा प्रतिबन्धित भेप तस्करीको मुख्य जालो पत्ता लगाउन सरकार असफल देखिएको छ । यही जेठ १ गते मुस्ताङको कोरोला नाकाबाट नेपाल प्रवेश गरेको दुई ट्रक भेपको वास्तविक आयातकर्ता र तस्करीमा संलग्न मुख्य योजनाकारसम्म पुगेर अनुसन्धान गर्न तथा...
समस्याग्रस्त सहकारीका सञ्चालकको नामावली सार्वजनिक, लुकाइएको सम्पत्तिबारे सूचना माग
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित २३ सहकारी संस्थाका सञ्चालकहरूको नामावली सहितको विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएका सञ्चालकहरूको सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी...
भ्रष्टाचारका आरोपीलाई रसुवा भन्सारको प्रमुख बनाइयो, सुशासनकै धज्जी
काठमाडौं । सरकारले रसुवा भन्सार कार्यालयको प्रमुखमा राजेन्द्र प्रसाद ढुंगानालाई सरुवा गर्ने निर्णय गरेको छ । यही जेठ १८ गते अर्थ मन्त्रालयका उप सचिव ढुंगानालाई रसुवा भन्सारको तालाचाबी सुम्पने निर्णय सरकारले गरेको हो । त्यहाँ रहेको तुलसी प्रसाद भट्टराईलाई...
आज सुनको भाउ स्थिर, चाँदीको भने घट्यो
काठमाडौं । नेपाली बजारमा आज जेठ २० गते सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो...
सिद्धार्थ प्रिमियरले माग्यो ६ वटा प्रदेशमा कर्मचारी, कति चाहिन्छ योग्यता?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ६ वटा प्रदेशका विभिन्न कार्यालयहरूमा जुनियर असिन्टेन्टदेखि मार्केटिङ अफिसर पदमा कर्मचारी माग गरेको छ। कम्पनीले कोशी प्रदेशका ९ शाखामा १२ जना, मधेश प्रदेशका ७ शाखामा ९ जना, बाग्मती प्रदेशका १० शाखामा २४ जना,...
माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड
काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख १७ गतेदेखि वैशाख ३१ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका कुल २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल...
हिमालयन पावरको हकप्रद बाँडफाँड, ४६ हजार ७६९ जनाले पाए शेयर
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले गत चैत ९ गतेसम्म कायम शेयरधनीहरूका लागि १ः०.५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५३...
एकदिनमै २३ सय चालक कारवाहीमा, २४ लाख जरिवाना असुल
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकामा एकदिनमै २ हजार २९९ जना सवारी चालक कारवाहीमा परेका छन् भने उनीहरूबाट २३ लाख ७१ हजार रुपैयाँ जरिवाना असुल भएको छ। ट्राफिक कार्यालयका अनुसार मापसेमा ११९ जना, राइड शेयरिङमा...
एशियन लाइफको बीमालेख नवीकरणमा १०० प्रतिशतसम्म छुट
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। कम्पनीका अनुसार २०८२ वैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महीना नाघेका (पूर्ण व्यतित भएका) बीमालेखहरू आज जेठ २० गतेदेखि...
यस्तो छ आज तरकारीको भाउ
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ २० गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ३० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, लोकल घिउ सिमी ८०...
निफ्राको ११ लाख कित्ता शेयर बिक्रीमा, मूल्य प्रतिकित्ता १०० रुपैयाँ
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक शेयरधनी आइएमई लिमिटेडको स्वामित्वमा रहेको १० लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिनु पर्ने भएकोले हाल निफ्राकै विद्यमान संस्थापक...
प्रतिकित्ता १०० रुपैयाँमै हिमालयन पावरको अवितरित हकप्रद लिलामीमा, सबैले किन्न पाउने
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म बिक्री खुला गरी बाँडफाँड गर्दा बाँकी बसेको ४ लाख ६८ हजार ७४० कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयरको मूल्य प्रतिकित्ता न्यूनतम १००...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २० गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज सार्वजनिक दरअनुसार एक अमेरिकी डलरको खरिद दर १५२.१३ रुपैयाँ र बिक्री दर १५२.७३ रुपैयाँ तोकिएको छ। राष्ट्र बैंकका अनुसार युरोपियन यूरोको...
चेम्बर अफ कमर्सको मिश्रित प्रतिक्रिया: ‘महत्वाकांक्षी बजेट स्वागतयोग्य, तर ४ कर नीतिप्रति कडा असन्तुष्टि’
काठमाडौँ । समग्रमा महत्वाकांक्षी भए पनि प्रभावकारी कार्यान्वयन हुन सके अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गर्दै नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८३/८४ को बजेटलाई अधिकांश पक्षमा निजी क्षेत्रमैत्री र सकारात्मक भएको जनाएको छ। चेम्बरले बजेटमा आफूले दिएका अधिकांश...
भारतले भन्यो: ‘नेपाल–भारत सीमा विवादमा तेस्रो पक्ष स्वीकार्य छैन’
काठमाडौं । भारतले नेपाल–भारत सीमा विवादलगायत द्विपक्षीय विषयमा कुनै पनि तेस्रो पक्षको संलग्नता स्वीकार्य नहुने स्पष्ट गरेको छ। भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै सीमा सम्बन्धी विषयहरू समाधानका लागि दुई...
माछापुच्छ्रे बैंकको ३ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाडौं । माछापुच्छ्रे बैंकको ३ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। बैंकको ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । ८.२५% ब्याजदरको सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । अविमोच्य असञ्चिति अग्राधिकार...
भुक्तानी सेवा प्रदायकमा राष्ट्र बैंकको कडाइः स्वामित्व र व्यवस्थापनमाथि कडा निगरानी, के छन् नयाँ ब्यवस्था ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त (बैंक तथा वित्तीय संस्था बाहेक) संस्थाका लागि जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन तथा थप गरेको छ । भुक्तानी तथा फस्यौट ऐन, २०७५ को दफा ४५ ले दिएको...
बीमा प्राधिकरणको अध्यक्षमा ५० जनाको आवेदन, डेपुटी गभर्नर मिश्र, बीमाविज्ञ डा. घिमिरेदेखि रायमाझीसम्म मैदानमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि अन्तिम दिन आज अपरान्ह ५ बजेसम्म ५० जनाले आवेदन दर्ता गराएका छन् । स्रोतका अनुसार आज अपरान्ह ५ बजेसम्म इच्छुक उम्मेदवारहरुले अर्थमन्त्रालय पुगेर आवेदन दर्ता गराएका छन् । हालसम्म ५० जनाको...
बीमा सचेतनाका लागि सानिमा जिआईसी र वाइज याक सोलुसन्सबीच सम्झौता
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र वाइज याक सोलुसन्स प्रा.लि. का बीच कृषी तथा पशुपन्छी बीमा र लघु बीमा सचेतना कार्यक्रम संचालनका लागि सम्झौता भएको छ । कृषी तथा पशुपन्छी बीमा र लघु बीमा सम्बन्धमा सिराह, सप्तरी, धनुषा...



















